इन्धनको मूल्य घटेपछि बजार मूल्य समायोजन गर्न विभागको आग्रह

काठमाडौं,२० असार । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादवको निर्देशनपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले इन्धनको मूल्य घटेको प्रभाव उपभोग्य वस्तु तथा सेवाको मूल्यमा पनि देखिनुपर्ने भन्दै व्यवसायीलाई मूल्य समायोजन गर्न आग्रह गरेको छ। विभागले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार मध्यपूर्वको तनावका कारण बढेको इन्धनको मूल्य सामान्य अवस्थामा फर्किएपछि नेपाल आयल निगम ले असार १६ गतेदेखि लागू हुने गरी इन्धनको मूल्य घटाएको छ। त्यसअनुसार उपभोक्ताले प्रत्यक्ष राहत पाउने गरी बजारमा वस्तु तथा सेवाको मूल्य पनि घटाउन विभागले अनुरोध गरेको हो।

 

मन्त्री यादवले इन्धनको मूल्य घटेको लाभ आम उपभोक्तासम्म पुग्नुपर्ने भन्दै कृत्रिम मूल्यवृद्धि रोक्न तथा अत्यावश्यक वस्तु र सेवा सुपथ मूल्यमा उपलब्ध गराउन विभागलाई आवश्यक पहल गर्न निर्देशन दिनु भएको छ। सोही निर्देशनअनुसार विभागले खाद्यान्नलगायत सबै उपभोग्य वस्तु तथा सेवा उचित मूल्यमा उपलब्ध गराउन विक्रेता, व्यवसायी, ढुवानी व्यवसायी तथा सेवा प्रदायकलाई आग्रह गरेको छ। विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार उपभोक्ताको अधिकार संरक्षण गर्नु सबै सरोकारवालाको साझा दायित्व भएको उल्लेख गर्दै इन्धनको मूल्य घटेको प्रभाव बजार मूल्यमा समेत देखिने गरी जिम्मेवार भूमिका निर्वाह गर्न सबै पक्षसँग अनुरोध गरेको छ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कनकाई नदीबाट बालकको जीवितै उद्धार, अवस्था गम्भीर

झापा,२० असार।झापाको कनकाई नदीमा बग्दै गरेका एक बालकको स्थानीयवासी र प्रहरीको सक्रियतामा उद्धार गरिएको छ। शनिबार दिउँसो २ बजे कनकाई नगरपालिका–२ भुरुङ्गास्थित नदीमा बग्दै गरेका

बालेन शाह नेतृत्वको सरकारको १०० दिनः उपलब्धिहरू सार्वजनिक

काठमाडौं,२० असार । बालेन्द्र शाह नेतृत्वको सरकार गठनपछिका एकसय दिनका उपलब्धिहरु सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले एक

सरकारले सार्वजनिक गर्यो शासकीय सुधारका १०० कार्य सूचीको प्रगति विवरण

काठमाडौं,२० असार । सरकारले शासकीय सुधारका १०० कार्यसूचीअन्तर्गत हालसम्म भएका कामहरु सार्वजनिक गरेको छ । सरकारले सेवा प्रवाह, सूचना प्रविधि, डिजिटल शासन तथा नेपाल टेलिकमको

प्रतिबद्धता एकातिर, व्यवहार अर्कोतिर– सुदन किराँती

काठमाडौं,२० असार । सरकारले सार्वजनिक गरेको एकसय बुँदे कार्ययोजना कार्यान्वयनको प्रभावकारिता माथि विभिन्न प्रश्न उठिरहेको छ । योजनाका धेरै बुँदामा अपेक्षित प्रगति नदेखिएको भन्दै जनता

सरकारको १०० दिन निराशाजनक र विवादास्पदः महर

काठमाडौँ,२० असार । चैत १३ गते गठित सरकार १०० दिन पूरा गर्ने संघारमा रहँदा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का प्रमुख सचेतक ऐन बहादुर महरले

इन्धनको मूल्य घटेपछि बजार मूल्य समायोजन गर्न विभागको आग्रह

काठमाडौं,२० असार । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादवको निर्देशनपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले इन्धनको मूल्य घटेको प्रभाव उपभोग्य वस्तु तथा सेवाको