गौरीशंकर लाल दासको योगदान भावी पुस्तासम्म पु¥याउनु पर्छ : गगन थापा

काठमाडौं ,२१ असार। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले समाजसेवा र स्वास्थ्य क्षेत्रमा दीर्घकालीन योगदान पु¥याएका दिव्य शताब्दी पुरुष गौरीशंकर लाल दासको योगदानलाई भावी पुस्तासम्म पु¥याउनुपर्ने बताउन भएको छ ।

गौरीशंकर लाल दासको रथारोहण एव सुवार्णपुरा सम्मानमा समारोहमा बोल्दै उहाँले गौरीशंकर लाल दासको दीर्घायुको कामना गर्दै स्वास्थ्य सेवामार्फत समाजलाई पु¥याएको योगदान सधैं स्मरणीय रहने बताउनु भयो ।

उहाँले भावी पुस्ताले पनि आफ्नो गाउँ र समाजलाई गौरीशंकर लाल दासजस्ता समाजसेवी व्यक्तित्वको कर्मभूमिका रूपमा चिन्ने वातावरण बनाउनुपर्ने बताउनु भयो ।

उहाँले सिराहाबाट स्वास्थ्य सेवामार्फत लामो समयसम्म समाजको सेवा गर्दै सकारात्मक सोच र प्रेरणादायी जीवन बिताएका दासको योगदानलाई संरक्षण र सम्मान गर्न सबैले भूमिका खेल्नुपर्ने बताउनु भयो ।

यसैगरी, काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले वरिष्ठ चिकित्सक तथा समाजसेवी गौरीशंकर लाल दासले नेपालको स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदान ऐतिहासिक रहेको बताउनु भएको छ ।

डंगोलले वीर अस्पतालमा चिकित्सकीय सेवासँगै प्रशासनिक नेतृत्वसमेत सम्हालेर उहाँले स्वास्थ्य क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेलेको बताउनु भयो ।

उहाँले नेपालको पहिलो दीर्घकालीन स्वास्थ्य सेवा योजना (लङ टर्म हेल्थ केयर) गौरीशंकर लाल दासकै नेतृत्वमा भएको उल्लेख गर्नु भयो । उहाँले अहिलेको स्वास्थ्य सेवा विस्तार त्यही योजनाको आधारमा अघि बढिरहेको बताउनु भयो।

डंगोलले चिकित्सा क्षेत्रसँगै मानव अधिकार, नेपाल रेडक्रसलगायत विभिन्न सामाजिक संस्थामार्फत गौरीशंकर लाल दासले योगदान पु¥याएको बताउनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विश्वविद्यालयहरूलाई राजनीतिमुक्त बनाउने उपकुलपतिहरूको साझा प्रतिबद्धता

काठमाण्डौ,३० असार । विभिन्न विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरूले प्राज्ञिक थलोलाई दलीय राजनीतिमुक्त बनाउने र सुशासन कायम गर्ने सवालमा साझा प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री वालेन्द्र शाहको

११ महिनामै नेपालमा २१ खर्बभन्दा बढी रेमिट्यान्स भित्रियो

काठमान्डौं ,३० असार । चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा विदेशबाट आउने रेमिट्यान्स २१ खर्ब रुपैयाँभन्दा बढी पुगेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले पठाएको रकम

११ महिनामै नेपालमा २१ खर्बभन्दा बढी रेमिट्यान्स

काठमान्डौं ,३० असार । चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा विदेशबाट आउने रेमिट्यान्स २१ खर्ब रुपैयाँभन्दा बढी पुगेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले पठाएको रकम

प्रदेशमै उत्पादन कच्चा पदार्थबाट कोशी प्रदेशमा पोशाक

विराटनगर,३० असार । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२ / ०८३ देखि प्रदेशको उत्पादनलाई प्रोत्साहन गर्ने गरी कर्मचारीहरूलाई दिइने पोशाक भत्ता कार्यान्वयनमा ल्याएको छ। कोशी

सामाजिक सञ्जालमा युवा कानुन व्यवसायी : मर्यादा र आचारसंहिताको लक्ष्मणरेखा

दमक,३० असार । वकालत अत्यन्त मर्यादित, संवेदनशील र प्रतिष्ठित पेशा हो। कानुनको व्याख्या गर्ने तथा न्याय निरूपणमा अदालतलाई सहयोग गर्ने गुरुत्तर जिम्मेवारी बोकेको हुनाले नै

उपराष्ट्रपति यादव कतार प्रस्थान

काठमाडौं,३० असार । उपराष्ट्रपति रामसहाय प्रसाद यादव कतारका पूर्व अमिर शेख हमाद बिन खलिफा अल थानीको निधनमा समवेदना व्यक्त गर्न मंगलबार कतार प्रस्थान गरेर्नु भएको