ठूला पूर्वाधार क्षेत्रमा लगानी बढाउन एनआरएनए पूर्वअध्यक्ष आचार्यको आग्रह

लन्डन ,२१ असार। गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष कुल आचार्यले नेपालका ठूला पूर्वाधार, जलविद्युत र पर्यटन क्षेत्रमा लगानी भित्र्याउन बेलायतस्थित नेपाली डायस्पोरा र विदेशी लगानीकर्ताहरूलाई आह्वान गर्नु भएको छ ।

लन्डनस्थित नेपाली दूतावासमा आयोजित व्यापार तथा लगानी प्रवद्र्धन सम्मेलनमा एक कार्यपत्र प्रस्तुत गर्दै आचार्यले त्यस्तो आह्वान गर्नु भएको हो ।

आफू एनआरएनएको नेतृत्वमा रहँदा नेपालमा गैरआवासीय नेपाली नागरिकता सुनिश्चित गर्न लामो संघर्ष गरेको उहाँले स्मरण गर्नु भयो । लामो संघर्षपछि पहिलो एनआरएन नागरिकता लिने अवसर पाएको सम्झना गर्दै उहाँले नागरिकताको कानुनी झन्झट अन्त्य भएपछि सबैले निर्धक्क भएर लगानी गर्ने वातावरण बन्ने बताउनु भयो ।

दुई ठूला आर्थिक महाशक्ति र विशाल जनसंख्या भएका छिमेकी मुलुक चीन र भारतको बीचमा रहेकाले नेपालमा बजार र विकासको प्रचुर सम्भावना रहेको उहाँले प्रष्ट पार्नु भयो ।

बेलायतमा सुरुवाती दिनमा संघर्ष गर्दै ‘होली काउ’ व्यवसायमार्फत अहिलेको स्थितिमा पुगेको उनले आफ्नो अनुभव सुनाए ।

आचार्यले सन् २०१२ मा संयुक्त लगानीको अवधारणा अघि सारिएको र सोही पहलस्वरूप सन् २०१७ मा ‘एनआरएनए इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनी’ स्थापना भएको जनाउनु भयो ।

उक्त कम्पनी सन् २०२० मा नेपालको सेयर बजार ९नेप्से० मा समेत सूचीकृत भइसकेको छ । उक्त कम्पनीले लगानीकर्ताहरूलाई राम्रो मुनाफा वितरण गरिरहेको जानकारी दिँदै उहाँले गैरआवासीय नेपालीहरूको सामूहिक लगानीमा नेपालका विभिन्न जलविद्युत आयोजना र अन्य क्षेत्रमा तीव्र गतिमा काम भइरहेको बताउनु भयो ।

नेपालमा सुरक्षित लगानीका लागि त्यहाँका स्थापित र विश्वसनीय व्यावसायिक घरानाहरूसँग रणनीतिक साझेदारी भइरहेको पनि आचार्यले बताउनु भयो ।

नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्वको आईएमई ग्रुपसँग मिलेर हिमालय पावर पार्टनरु लगायतका हाइड्रो प्रोजेक्टमा सहकार्य भइरहेको उहाँले उल्लेख गर्नु भयो।

यसैगरी, रुसमा रहेका नेपाली उद्यमीहरूद्वारा स्थापित सानिमा ग्रुपसँग मिलेर विभिन्न हाइड्रो र बैंकहरूमा लगानी गरिएको र बेलायतका केही कम्पनीहरूले पनि नेपालमा लगानी विस्तार गरिरहेको उहाँले बताउनु भयो ।

आचार्यले नेपालको पूर्वाधार र जलविद्युत क्षेत्रको अर्को ठूलो लगानीकर्ता ‘केसी ग्रुप’ सँगको सहकार्यबारे पनि प्रकाश पारे । उक्त ग्रुपसँग मिलेर जलविद्युत, सर्भिस सेन्टर, पर्यटन र हस्पिटालिटी तथा अपार्टमेन्ट परियोजनाहरू सञ्चालन गर्न लागिएको जानकारी दिँदै उनले भने, ‘आउनुहोस्, सँगै बसेर छलफल गरौँ । हामी नेपालमा जलविद्युत, होटल लगायतका क्षेत्रमा थप लगानी गर्न पूर्ण रूपमा तयार छौँ ।’

यसैगरी, विभिन्न चुनौतीका बाबजुद भैरहवा (लुम्बिनी) मा रहेको ‘टाइगर प्यालेस रिसोर्ट’ लाई सफलतापूर्वक सञ्चालन गरिरहेको पनि उहाँले उल्लेख गर्नु भयो ।

नेपालकै सबैभन्दा ठूलो क्यासिनो र आकर्षक स्विमिङ पुल भएको रिसोर्टमा हाल ११ सयभन्दा बढीले रोजगारी पाएका छन् । यसमा बेलायत र अमेरिकाका गैर आवासीय नेपाली व्यवसायीहरूको संयुक्त साझेदारी रहेको उहाँले स्पष्ट पार्नु भयो ।

आचार्यले नेपालमा उद्यमशीलता र लगानी प्रवद्र्धनका लागि अहोरात्र खटिने युवा अनुसन्धानकर्ता तथा नेपाली दूतावासका अधिकारीहरूलाई धन्यवाद दिनु भयो ।

साथै, बेलायतमा रहेका नेपालीहरूलाई छिट्टै एउटा गोलमेच बैठक ९राउन्ड टेबल० मा बसी बृहत् लगानीको प्रतिबद्धता जनाउन र मातृभूमिको आर्थिक रूपान्तरणमा साझेदार बन्न पनि उहाँले अपिल गर्नु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विश्वविद्यालयहरूलाई राजनीतिमुक्त बनाउने उपकुलपतिहरूको साझा प्रतिबद्धता

काठमाण्डौ,३० असार । विभिन्न विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरूले प्राज्ञिक थलोलाई दलीय राजनीतिमुक्त बनाउने र सुशासन कायम गर्ने सवालमा साझा प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री वालेन्द्र शाहको

११ महिनामै नेपालमा २१ खर्बभन्दा बढी रेमिट्यान्स भित्रियो

काठमान्डौं ,३० असार । चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा विदेशबाट आउने रेमिट्यान्स २१ खर्ब रुपैयाँभन्दा बढी पुगेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले पठाएको रकम

११ महिनामै नेपालमा २१ खर्बभन्दा बढी रेमिट्यान्स

काठमान्डौं ,३० असार । चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा विदेशबाट आउने रेमिट्यान्स २१ खर्ब रुपैयाँभन्दा बढी पुगेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले पठाएको रकम

प्रदेशमै उत्पादन कच्चा पदार्थबाट कोशी प्रदेशमा पोशाक

विराटनगर,३० असार । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२ / ०८३ देखि प्रदेशको उत्पादनलाई प्रोत्साहन गर्ने गरी कर्मचारीहरूलाई दिइने पोशाक भत्ता कार्यान्वयनमा ल्याएको छ। कोशी

सामाजिक सञ्जालमा युवा कानुन व्यवसायी : मर्यादा र आचारसंहिताको लक्ष्मणरेखा

दमक,३० असार । वकालत अत्यन्त मर्यादित, संवेदनशील र प्रतिष्ठित पेशा हो। कानुनको व्याख्या गर्ने तथा न्याय निरूपणमा अदालतलाई सहयोग गर्ने गुरुत्तर जिम्मेवारी बोकेको हुनाले नै

उपराष्ट्रपति यादव कतार प्रस्थान

काठमाडौं,३० असार । उपराष्ट्रपति रामसहाय प्रसाद यादव कतारका पूर्व अमिर शेख हमाद बिन खलिफा अल थानीको निधनमा समवेदना व्यक्त गर्न मंगलबार कतार प्रस्थान गरेर्नु भएको