जंगली हात्तीको आतंक २५ जनाको मृत्यु , स्थानीय त्रासमा

काठमाडौं,२१ असार । चितवनको भरतपुर महानगरपालिका(२३ बेलहट्टामा जंगली हात्तीको आक्रमणबाट एकै परिवारका दुई जनाको मृत्यु भएको छ । शनिबार राति करिब ११ बजे हात्तीको आक्रमणबाट आमा २१ वर्षीया अशिका बोटे र उहाँका छोरा ४ वर्षीया भरत बोटेको मृत्यु भएको हो ।

हात्तीले घरभित्र सुतिरहेको बेला आशिका र ४ वर्षीया छोरा भरतमाथि आक्रमण गरेको थियो । हात्तीको गम्भीर प्रहारबाट दुवै जनाको घटनास्थलमै मृत्यु भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी)चन्द्रभूषण यादवले जानकारी दिनु भयो ।

घटनाका क्रममा हात्ती धपाउन खोज्दा थप क्षति भएको छ । आशिका श्रीमान पूर्ण बोटेले हात्तीलाई भगाउने प्रयासमा आगो बाल्दा आफ्नै कच्ची घरमा आगलागी भएको थियो ।

घटनाको जानकारी पाउनासाथ नेपाली सेना र इलाका प्रहरी कार्यालय गीतानगरबाट सुरक्षाकर्मीको टोली घटनास्थल पुगेको थियो । सुरक्षाकर्मी र स्थानीयको प्रयासमा घरमा लागेको आगो नियन्त्रणमा लिइएको छ ।

जंगली हात्ती गाउँबस्तीमा प्रवेश गरेर मानवीय क्षति पु¥याउन थालेपछि चितवन आसपासका स्थानीय बासिन्दा वर्षौंदेखि त्रासपूर्ण जीवन बिताइ रहेका छन् ।

विशेषगरी ‘ध्रुवे’ नामले परिचित जंगली हात्तीले वर्षेनी मानवीय क्षति पु¥याउँदै आएको छ ।

चितवन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण कार्यालयका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार ‘ध्रुवे’ हात्तीको आक्रमणबाट २०६६ सालदेखि हालसम्म २५ जनाको मृत्यु भइसकेको छ । उहाँका अनुसार ‘ध्रुवे’ले आक्रमण गरेका अधिकांश घटनामा मानिस बाँच्न सकेका छैनन् ।

उक्त हात्तीले २०६६ सालदेखि मानवमाथि आक्रमण गर्न थालेको हो । विशेषगरी ०६९ सालमा यसले धेरै मानवीय क्षति पु¥याएपछि हात्तीलाई नियन्त्रण गर्न र मार्ने आदेशसमेत जारी गरिएको थियो । त्यस क्रममा हात्तीमाथि गोली प्रहार गरे पनि ‘ध्रुवे’ बाँच्न सफल भएको सूचना अधिकारी थापा मगरले जानकारी दिनु भयो ।

गोली प्रहारपछि केही वर्षसम्म ‘ध्रुवे’बाट कुनै मानवीय क्षतिको घटना भएनन् । त्यसपछि पुनः आक्रमणका घटनाहरू दोहोरिन थालेका हुन् ।

‘ध्रुवे’को आक्रमणबाट २०७४ सालमा नेपाली सेनाका एक मेजरको समेत ज्यान गएको थियो । मानवीय क्षतिसँगै उक्त हात्तीले घर, बाली तथा अन्य सम्पत्तिमा समेत ठूलो क्षति पु¥याउने गरेको सूचना अधिकारी थापा मगरले जानकारी दिनु भयो ।

जंगली हात्तीबाट हुने मानवीय तथा भौतिक क्षतिका विषय पटक–पटक संसदमा कुरा उठाइए पनि समस्या समाधानतर्फ सरकारको प्रभावकारी ध्यान भने जान सकेको छैन् ।

विशेषगरी ‘ध्रुवे’नामले परिचित जंगली हात्तीको आतंक वर्षौंदेखि हुदै आए पनि यसको नियन्त्रण भने हुन सकेको छैन् । सरकारले समयमै आवश्यक कदम चाल्न नसक्दा चितवनका विभिन्न स्थानीबासीहरु त्रासपूर्ण वातावरणमा बस्न बाध्य छन् ।

हात्तीको आवतजावत नियन्त्रण, जोखिमयुक्त क्षेत्रमा सुरक्षित बासस्थानको व्यवस्थापन गर्न आवश्यक छ । यस्तो समस्या वर्षौंदेखि दोहोरिँदै आए पनि सम्बन्धित निकायबाट पर्याप्त पहल हुन नसक्दा स्थानीयबासिन्दाले यसको प्रत्यक्ष मार खेप्नुपरेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विश्वविद्यालयहरूलाई राजनीतिमुक्त बनाउने उपकुलपतिहरूको साझा प्रतिबद्धता

काठमाण्डौ,३० असार । विभिन्न विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरूले प्राज्ञिक थलोलाई दलीय राजनीतिमुक्त बनाउने र सुशासन कायम गर्ने सवालमा साझा प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री वालेन्द्र शाहको

११ महिनामै नेपालमा २१ खर्बभन्दा बढी रेमिट्यान्स भित्रियो

काठमान्डौं ,३० असार । चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा विदेशबाट आउने रेमिट्यान्स २१ खर्ब रुपैयाँभन्दा बढी पुगेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले पठाएको रकम

११ महिनामै नेपालमा २१ खर्बभन्दा बढी रेमिट्यान्स

काठमान्डौं ,३० असार । चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा विदेशबाट आउने रेमिट्यान्स २१ खर्ब रुपैयाँभन्दा बढी पुगेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले पठाएको रकम

प्रदेशमै उत्पादन कच्चा पदार्थबाट कोशी प्रदेशमा पोशाक

विराटनगर,३० असार । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२ / ०८३ देखि प्रदेशको उत्पादनलाई प्रोत्साहन गर्ने गरी कर्मचारीहरूलाई दिइने पोशाक भत्ता कार्यान्वयनमा ल्याएको छ। कोशी

सामाजिक सञ्जालमा युवा कानुन व्यवसायी : मर्यादा र आचारसंहिताको लक्ष्मणरेखा

दमक,३० असार । वकालत अत्यन्त मर्यादित, संवेदनशील र प्रतिष्ठित पेशा हो। कानुनको व्याख्या गर्ने तथा न्याय निरूपणमा अदालतलाई सहयोग गर्ने गुरुत्तर जिम्मेवारी बोकेको हुनाले नै

उपराष्ट्रपति यादव कतार प्रस्थान

काठमाडौं,३० असार । उपराष्ट्रपति रामसहाय प्रसाद यादव कतारका पूर्व अमिर शेख हमाद बिन खलिफा अल थानीको निधनमा समवेदना व्यक्त गर्न मंगलबार कतार प्रस्थान गरेर्नु भएको