धान उत्पादन घट्दै, कृषि क्षेत्रमा सामान्य वृद्धि

काठमाडौं ,२२ असार। नेपालको अर्थतन्त्रमा सबैभन्दा ठूलो योगदान गर्ने कृषि क्षेत्र चालु आर्थिक वर्ष २०८२।८३ को तेस्रो त्रैमासमा सुस्त देखिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको त्रैमासिक राष्ट्रिय लेखा तथ्याङ्कअनुसार कृषि, वन तथा मत्स्य क्षेत्रको वृद्धिदर १।५८ प्रतिशतमा सीमित भएको छ ।

धान उत्पादनमा आएको गिरावटले कृषि क्षेत्रको समग्र वृद्धिलाई कमजोर बनाएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार धानबालीको उत्पादन घटे पनि पशुपन्छी, तरकारीबाली, फलफूल तथा वन पैदावारको उत्पादनमा भएको सामान्य वृद्धिले कृषि क्षेत्रलाई सकारात्मक अवस्थामा कायम राख्न सहयोग गरेको छ । यी उपक्षेत्रको योगदानका कारण कृषि क्षेत्र ऋणात्मक हुनबाट जोगिएको प्रतिवेदनमा उल्लेख छ ।

तेस्रो त्रैमासमा मुलुकको समग्र आर्थिक वृद्धिदर ३।५१ प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको भए पनि कृषि क्षेत्रको कमजोर विस्तारले अर्थतन्त्रलाई अपेक्षित गति दिन सकेन । तथ्याङ्क कार्यालयले निर्माण सामग्रीको आयातमा आएको कमी, धान उत्पादनमा गिरावट तथा केही वस्तुको स्वदेशी उत्पादन घटेका कारण समग्र आर्थिक वृद्धि सामान्य रहेको जनाएको छ ।

यस अवधिमा अर्थतन्त्रका १८ औद्योगिक वर्गीकरणमध्ये १६ क्षेत्रमा सकारात्मक वृद्धि देखिएको छ । विद्युत् तथा ग्यास क्षेत्र २४।८८ प्रतिशतको वृद्धिसहित सबैभन्दा तीव्र गतिमा विस्तार हुँदा वित्तीय तथा बीमा क्षेत्र १०।२७ प्रतिशत, यातायात तथा भण्डारण ७।८३ प्रतिशत र थोक तथा खुद्रा व्यापार ५।२५ प्रतिशतले बढेका छन् । तर, सबैभन्दा ठूलो आर्थिक हिस्सा ओगटेको कृषि क्षेत्रको वृद्धि न्यून रहँदा समग्र अर्थतन्त्रमा यसको प्रत्यक्ष प्रभाव परेको देखिन्छ ।

अर्थशास्त्रीहरूका अनुसार नेपालको आर्थिक संरचनामा कृषि क्षेत्रको योगदान अझै सबैभन्दा बढी रहेकाले यस क्षेत्रमा हुने सामान्य उतारचढावले पनि समग्र आर्थिक वृद्धिमा उल्लेखनीय प्रभाव पार्ने गर्छ । तेस्रो त्रैमासको तथ्याङ्कले ऊर्जा, वित्तीय सेवा र व्यापार क्षेत्रमा सुधार देखिए पनि कृषि उत्पादनको स्थायित्व अझै चुनौतीकै रूपमा रहेको संकेत गरेको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विश्वविद्यालयहरूलाई राजनीतिमुक्त बनाउने उपकुलपतिहरूको साझा प्रतिबद्धता

काठमाण्डौ,३० असार । विभिन्न विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरूले प्राज्ञिक थलोलाई दलीय राजनीतिमुक्त बनाउने र सुशासन कायम गर्ने सवालमा साझा प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री वालेन्द्र शाहको

११ महिनामै नेपालमा २१ खर्बभन्दा बढी रेमिट्यान्स भित्रियो

काठमान्डौं ,३० असार । चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा विदेशबाट आउने रेमिट्यान्स २१ खर्ब रुपैयाँभन्दा बढी पुगेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले पठाएको रकम

११ महिनामै नेपालमा २१ खर्बभन्दा बढी रेमिट्यान्स

काठमान्डौं ,३० असार । चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा विदेशबाट आउने रेमिट्यान्स २१ खर्ब रुपैयाँभन्दा बढी पुगेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले पठाएको रकम

प्रदेशमै उत्पादन कच्चा पदार्थबाट कोशी प्रदेशमा पोशाक

विराटनगर,३० असार । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२ / ०८३ देखि प्रदेशको उत्पादनलाई प्रोत्साहन गर्ने गरी कर्मचारीहरूलाई दिइने पोशाक भत्ता कार्यान्वयनमा ल्याएको छ। कोशी

सामाजिक सञ्जालमा युवा कानुन व्यवसायी : मर्यादा र आचारसंहिताको लक्ष्मणरेखा

दमक,३० असार । वकालत अत्यन्त मर्यादित, संवेदनशील र प्रतिष्ठित पेशा हो। कानुनको व्याख्या गर्ने तथा न्याय निरूपणमा अदालतलाई सहयोग गर्ने गुरुत्तर जिम्मेवारी बोकेको हुनाले नै

उपराष्ट्रपति यादव कतार प्रस्थान

काठमाडौं,३० असार । उपराष्ट्रपति रामसहाय प्रसाद यादव कतारका पूर्व अमिर शेख हमाद बिन खलिफा अल थानीको निधनमा समवेदना व्यक्त गर्न मंगलबार कतार प्रस्थान गरेर्नु भएको