देशभर धान रोपाइँ सुस्त

असार २२ सम्म ३२.३८ प्रतिशत मात्रै सम्पन्न

काठमाडौं,२३ असार । देशभर चालु आर्थिक वर्ष २०८३÷८४ को असार २२ गतेसम्म कुल धान रोपाइँ ३२.३८ प्रतिशत मात्रै सम्पन्न भएको छ । यो गत वर्षको सोही अवधिको ४५ प्रतिशत रोपाइँको तुलनामा १२.६२ प्रतिशत बिन्दुले कम हो । कृषि, वन तथा पर्यावरण मन्त्रालयको तथ्यांक अनुसार हालसम्म १३ लाख ७ हजार ६२ हेक्टर धान खेतीयोग्य क्षेत्रमध्ये ४ लाख ४३ हजार ५५९.०९ हेक्टर क्षेत्रमा धान रोपाइँ सम्पन्न भएको छ ।

 

प्रदेशगत रूपमा हेर्दा सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी ५७.९ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । त्यसपछि गण्डकी प्रदेशमा ४१ प्रतिशत, कर्णाली प्रदेशमा ४०.५ प्रतिशत, लुम्बिनी प्रदेशमा ३७.३ प्रतिशत र बागमती प्रदेशमा ३३.२ प्रतिशत रोपाइँ भएको छ । यस्तै, कोशी प्रदेशमा ३१.५ प्रतिशत धान रोपाइँ भएको छ भने मधेश प्रदेशमा सबैभन्दा कम १५.६ प्रतिशत मात्रै रोपाइँ सम्पन्न भएको तथ्यांकले देखाएको छ । गत वर्षको सोही अवधिसम्म भने सुदूरपश्चिममा ६२.८ प्रतिशत, कर्णालीमा ६७.७ प्रतिशत, गण्डकीमा ५५.६ प्रतिशत, लुम्बिनीमा ५२.१ प्रतिशत, बागमतीमा ५१.९ प्रतिशत, कोशीमा २९.५ प्रतिशत र मधेशमा २५.१ प्रतिशत धान रोपाइँ सम्पन्न भएको थियो ।

 

यस वर्ष अधिकांश प्रदेशमा रोपाइँको गति सुस्त देखिएको छ । विशेषगरी मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा गत वर्षको तुलनामा रोपाइँको प्रतिशत घटेको छ । यद्यपि, कोशी प्रदेशमा भने गत वर्षको तुलनामा सामान्य सुधार देखिएको छ ।कृषि विज्ञहरूका अनुसार पर्याप्त वर्षा ढिलो हुनु, कतिपय क्षेत्रमा सिँचाइको अभाव तथा रोपाइँका लागि अनुकूल मौसम समयमै नबन्नुका कारण यस वर्ष धान रोपाइँ अपेक्षाअनुसार अघि बढ्न नसकेको हुन सक्ने अनुमान गरिएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रेडक्रसका सवारी र चिन्ह दुरुपयोग गरे कारबाही हुने

काठमाडौं,२३ असार । नेपाल रेडक्रस सोसाइटीले संस्थाका सवारी साधन, एम्बुलेन्स तथा रेडक्रस चिन्हको अनधिकृत प्रयोग नगर्न चेतावनी दिएको छ। रेडक्रसका सवारी साधन व्यक्तिगत, पारिवारिक, व्यावसायिक

२.४ अर्ब डलर सहयोग गर्ने एडिबीको घोषणा,६० वर्षे साझेदारी थप सुदृढ बनाइने

काठमाडौं,२३ असार । एसियाली विकास बैंक (एडिबी) ले सन् २०२९ सम्म नेपालमा आफ्नो सहयोग बढाउँदै कुल २।४ अर्ब अमेरिकी डलर पुर्‍याउने भएको छ। नेपाल भ्रमणमा

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा।देवेन्द्र खत्री नियुक्त

काठमाडौं,२३ असार । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा।देवेन्द्र खत्री नियुक्त भएका छन् । प्रधानमन्त्री तथा आयोगका अध्यक्ष बालेन शाहले डा।खत्रीलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेका हुन्

विराटनगर कांग्रेसका नेता अभिषेक गिरी सीआईबीको घेरामा ,किन लगियो रातारात काठमाडौं?

विराटनगर २३ असार । जिल्ला अदालत मोरङले हाजिरी जमानीमा छाड्न आदेश दिए पनि विराटनगरका कांग्रेस नेता अभिषेक गिरी थुनामुक्त हुन पाएनन्। अदालतको आदेशपछि सोमबार राति

काँकडभिट्टा तस्करी प्रकरण स् दुई डीएसपीसहित ११ प्रहरी अनुसन्धानमा

काँकडभिट्टा ,२३ असार । गृहमन्त्री सुदन गुरुङले झापाको काँकडभिट्टा सीमा नाका र मेची भन्सार कार्यालयको निरीक्षणका क्रममा तस्करीबारे गुनासो सुनेपछि दुई डीएसपीसहित ११ जना प्रहरी

सार्वजनिक लेखा समितिमा महिला नेतृत्वको माग

काठमाडौं ,२३ असार। प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा समितिको आन्तरिक कार्यविधि पारित तथा बेरुजु छलफल उपसमिति गठनबारे छलफलका क्रममा महिला सांसदले उपसमितिको संयोजकमा महिलाको सुनिश्चित