नेपालीको मृत्यु प्रकरणको निष्पक्ष छानबिन गर्न सांसद राईको माग

काठमाडौं,२६ असार । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले गणेश नेपालीको आत्मदाहपछि भएको मृत्युको घटनाको निष्पक्ष छानबिन गर्न सरकारसँग माग गर्नु भयो ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै राईले २५ वर्षीय युवाले आत्मदाह गर्नुपर्ने अवस्था किन सिर्जना भयो भन्ने विषयमा सरकार गम्भीर हुनुपर्ने बताउनु भयो । उहाँले उक्त घटनाको सत्यतथ्य छानबिन गरी आवश्यक कदम चाल्न सरकारको ध्यानाकर्षण गराउनु भयो ।

उहाँले भन्नु भयो, ‘ २५ वर्षका एउटा युवाले आत्मदाह गर्नुपर्ने अवस्था कसरी सिर्जना भयो सभामुख महोदय रु यस सम्बन्धी सरकार गम्भीर भएर लाग्नुपर्छ । र यो घटनालाई सरकारले गम्भीर ढंगले छानबिन गर्नुपर्छ ।’

राईले पठाओलगायत राइड–सेयरिङ सेवामा आबद्ध श्रमिकहरूको अवस्था पनि सदनमा उठाउनु भयो । दिनभर मेहनत गरेर पाँच सयदेखि एक हजार रुपैयाँसम्म आम्दानी गर्ने श्रमिकलाई पटक–पटक जरिवाना गरिनु उचित नभएको उहाँको भनाइ थियो । ट्राफिक नियम कार्यान्वयनसँगै सडक पूर्वाधारको अवस्था सुधार गर्नुपर्ने आवश्यकता औंल्याउँदै उहाँले काठमाडौंका सडक र गल्लीहरूको वास्तविक अवस्था मन्त्रीहरूले स्वयं अवलोकन गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्न्ुा भयो, ‘ आज एउटा पठाओ राइडरले दिनमा कति कमाउँछ रु ५ सय, ७ सय, हजार र अनि उनलाई हजार रुपैयाँको चाहिँ फाइन लाइदिछ, उसलाई पटक–पटक फाइन काट्यो भन्ने छ । र हामीले उनलाई कारबाही गराउँदाखेरि, ट्राफिक नियम हामीले चाहिँ कडाई गरिराख्दा खेरि आज हाम्रो बाटोघाटोको अवस्था के छ त ? र म सरकारलाई आग्रह गर्न चाहन्छु, एकचोटी काठमाडौंको गल्ली–गल्ली र रिङरोड सबै सरकारका चाहिँ मन्त्रीहरु घुम्नको निम्ति म अनुरोध गर्न चाहन्छु ।’

उहाँले पर्याप्त पूर्वाधार निर्माण नगरी कानुनको कडाइ मात्र गरिनु उचित नहुने धारणा राख्नु भयो । साथै, ग्रामीण क्षेत्रमा रोजगारी, शिक्षा र स्वास्थ्य सेवाको अभावका कारण युवाहरू अवसरको खोजीमा काठमाडौं आउन बाध्य भएको उल्लेख गर्दै यस्ता समस्याको दीर्घकालीन समाधानमा सरकार केन्द्रित हुनुपर्ने बताउनु भयो ।

सांसद राईले गणेश नेपालीको घटनालाई एक व्यक्तिको मात्र नभई संघर्षरत हजारौं युवाको प्रतिनिधि घटनाका रूपमा व्याख्या गर्दै श्रमिकको आम्दानी र राज्यका उच्च पदाधिकारीहरूको खर्चबीचको असमानताप्रति पनि प्रश्न उठाउनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकको बेला क्याफेमा महिला कर्मचारीमाथि यौन दुर्व्यवहारको आरोप, यस्तो छ घटनाको फेहरिस्त

  दमक । २६ असार । झापाको दमक–५ स्थित ट्राफिक प्रहरी कार्यालयको उत्तरतर्फ रहेको बेला क्याफेमा कार्यरत एक महिला कर्मचारीमाथि सोही क्याफेका व्यवस्थापकले यौन दुर्व्यवहार

नेपालीको मृत्यु प्रकरणको निष्पक्ष छानबिन गर्न सांसद राईको माग

काठमाडौं,२६ असार । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले गणेश नेपालीको आत्मदाहपछि भएको मृत्युको घटनाको निष्पक्ष छानबिन गर्न सरकारसँग माग गर्नु भयो । शुक्रबार प्रतिनिधिसभाको

गणेश नेपालीको परिवारलाई क्षतिपूर्ति तथा भरणपोषणको व्यवस्था गर्न माग

काठमाडौं,२६ असार । प्रहरी प्रशासनको दबाबको प्रतिरोधका क्रममा आत्मदाह गरेका राइड शेयरिङ श्रमिक गणेश नेपालीको उपचारका क्रममा वीर अस्पतालमा निधन भएको छ । नेपालीको निधनप्रति

गणेश नेपालीको मृत्युबारे छानबिन समिति गठन, ३ नगर प्रहरी नियन्त्रणमा

काठमाडौं, २५ असार ।गृहमन्त्री सुधन गुरुङले काठमाडौंको त्रिपुरेश्वरमा महानगरपालिकाका नगर प्रहरीसँगको विवादपछि आत्मदाह गरेका गणेश नेपालीको मृत्युबारे छानबिन अघि बढाइएको जानकारी दिनुभएको छ। शुक्रबार प्रतिनिधिसभाको

एसिया प्यासिफिक जेरियाट्रिक्स नेटवर्कको अध्यक्षमा डा.क्षेत्री नियुक्त

काठमाडौं,२६ असार । एसिया प्यासिफिक जेरियाट्रिक्स नेटवर्क (एपीजीएन) को नयाँ अध्यक्षमा नेपालका वरिष्ठ जेरियाट्रिसियन डा.जगदीशकुमार क्षेत्री नियुक्त हुनु भएको छ । एपीजीएनले क्षेत्रीय संस्थाको नेतृत्व

आत्मदाह घटनाबारे छानबिन गर्न रास्वपा सांसद खरेलको माग

काठमाडौं,२६ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदिश खरेलले गणेश नेपालीको आत्मदाहपछि भएको मृत्युको घटनालाई सरकारले गम्भीर रूपमा लिएर निष्पक्ष छानबिन गर्नुपर्ने बताउनु