वाइवाइ लाई पिरो स्वादका चाउचाउले दियो टक्कर

काठमाडौं,२७ असार । दशकौँदेखि नेपाली चाउचाउ बजारमा एकछत्र राज गर्दै आएको ‘वाइवाइ’ लाई पछिल्लो समय बजारमा भित्रिएका पिरो स्वादका चाउचाउले कडा टक्कर दिन थालेका छन् ।

उपभोक्ताहरुको रुचि विशेषगरी पिरो र नयाँ स्वादतर्फ मोडिएसँगै चौधरी समूहअन्तर्गतको सीजी फुड्स नेपाल लिमिटेडको सञ्चालन आम्दानीमा संकुचन देखिएको हो । रेटिङ एजेन्सी इक्रा नेपालको हालैको रेटिङ प्रतिवेदनअनुसार, नयाँ स्वदेशी तथा विदेशी ब्रान्डहरूले पिरो स्वादका चाउचाउमार्फत आक्रामक बजार विस्तार गर्दा त्यसको प्रत्यक्ष असर सीजी फुड्सको व्यापारमा परेको हो ।

तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८०÷८१ मा ११ अर्ब ६७ करोड ३० लाख रुपैयाँ रहेको कम्पनीको समेकित सञ्चालन आम्दानी गत आर्थिक वर्ष २०८१÷८२ मा २।७२ प्रतिशतले घटेर ११ अर्ब ३५ करोड ५० लाख रुपैयाँमा झरेको छ । इक्रा नेपालले उपभोक्ताको प्राथमिकतामा आएको परिवर्तन र विशेषगरी पिरो चाउचाउको बढ्दो क्रेजले नयाँ प्रतिस्पर्धीहरूलाई बजारमा चाँडो स्थापित हुन सहयोग पु¥याएको उल्लेख गरेको छ ।

यसले गर्दा लामो समयदेखि बजारको नेतृत्व गरिरहेको वाइवाइको बजार हिस्सा र नाफा कमाउने क्षमतामा दबाब सिर्जना भएको छ । पिरो चाउचाउको बढ्दो प्रतिस्पर्धा र कच्चा पदार्थको मूल्यमा भएको उतारचढावका कारण कम्पनीको सञ्चालन नाफा मार्जिनमा समेत भारी गिरावट देखिएको छ । आर्थिक वर्ष २०८०÷८१ मा १२।१ प्रतिशत रहेको समेकित सञ्चालन नाफा मार्जिन गत आर्थिक वर्षमा घटेर ६।६ प्रतिशतमा सीमित भएको छ । यद्यपि, कम्पनीको कुल आम्दानीमा अझै पनि चाउचाउकै हिस्सा ७४ प्रतिशतभन्दा बढी रहेकाले बदलिँदो बजार मागअनुसार प्रतिस्पर्धा गर्नु कम्पनीका लागि मुख्य चुनौती बनेको छ । कम्पनीले हालैका दिनमा आफ्ना उत्पादनमा विविधीकरण गर्ने र नयाँ स्वादहरू भित्र्याउने प्रयास गरे पनि नयाँ ब्रान्डहरूको तीव्र विस्तारले बजारमा ’प्राइस वार’ र ’ब्रान्ड वार’ दुवै बढाएको छ ।

कम्पनीले चुनौतीलाई चिर्नका लागि निर्यात बिक्री बढाउने र स्न्याक्स तथा पेय पदार्थ जस्ता अन्य क्षेत्रमा लगानी विस्तार गर्ने रणनीति लिएको छ । चालु आर्थिक वर्षको पहिलो नौ महिनामा कम्पनीको नाफा मार्जिनमा केही सुधार देखिए पनि इक्रा नेपालले पिरो चाउचाउका कारण उत्पन्न प्रतिस्पर्धालाई दीर्घकालीन रूपमा निगरानी गर्नुपर्ने जोखिमका रूपमा औँल्याएको छ । बजारमा उपभोक्ताको स्वाद फेरिएसँगै वाइवाइले आफ्नो विरासत जोगाउन अब नयाँ प्रतिस्पर्धी ब्रान्डहरूसँग कडा संघर्ष गर्नुपर्ने देखिएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, भ्रामक समाचारप्रति परिवारको आपत्ति

काठमाडौँ, २७ असार । काठमाडौँको बुद्धनगरमा शनिबार बिहान आत्मदाहको प्रयास गरेका ४५ वर्षीय अश्विन राउतको उपचारका क्रममा निधन भएको छ। वीर अस्पतालमा उपचारका क्रममा उनको

कृषि सामग्रीमा कालोबजारी र कृत्रिम अभाव सिर्जना गरे कडा कारबाही हुने: मन्त्री चौधरी

चितवन, २७ असार । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कृषि क्षेत्रमा कालोबजारी गर्ने, कृत्रिम अभाव सिर्जना गर्ने तथा कृषि सामग्री लुकाएर मूल्यवृद्धि गर्नेमाथि कडा

तोकिएको समयमा नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको लाइसेन्स खारेज

काठमाडौँ, २७ असार ।भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तोकिएको समयभित्र इजाजतपत्र (लाइसेन्स) नवीकरण नगर्ने ४४ वटा निर्माण कम्पनीहरूको लाइसेन्स खारेज गरिदिएको छ। मन्त्रालय अन्तर्गतको निर्माण

धनुषामा उपमेयर सवार गाडी र एम्बुलेन्स ठोक्किँदा ८ जना घाइते

जनकपुरधाम, २७ असार ।धनुषाको मिथिला नगरपालिका–९ बडहरीस्थित पूर्व–पश्चिम राजमार्गमा शनिबार बिहान उपमेयर सवार सरकारी गाडी र एम्बुलेन्स एकआपसमा ठोक्किँदा आठ जना घाइते भएका छन्। नेपाल

धमाधम पाउन थाले शिव शिखर बचतकर्ताले बचत फिर्ता

काठमाडौं,२७ असार । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना बचतकर्ताको बचत फिर्ता गर्नु भएको छ । समितिका अनुसार शिव शिखर सहकारीका ९६ जना पीडितले

वाइवाइ लाई पिरो स्वादका चाउचाउले दियो टक्कर

काठमाडौं,२७ असार । दशकौँदेखि नेपाली चाउचाउ बजारमा एकछत्र राज गर्दै आएको ‘वाइवाइ’ लाई पछिल्लो समय बजारमा भित्रिएका पिरो स्वादका चाउचाउले कडा टक्कर दिन थालेका छन् ।