बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, भ्रामक समाचारप्रति परिवारको आपत्ति

काठमाडौँ, २७ असार । काठमाडौँको बुद्धनगरमा शनिबार बिहान आत्मदाहको प्रयास गरेका ४५ वर्षीय अश्विन राउतको उपचारका क्रममा निधन भएको छ। वीर अस्पतालमा उपचारका क्रममा उनको निधन भएको जानकारी भाइ दीपक राउतले दिएका छन्।

शनिबार बिहान करिब ६ बजे घरमा सोह्र श्राद्धको तयारी भइरहेका बेला राउतले घरबाहिर पार्किङ गरिएको स्कुटरबाट पेट्रोल निकालेर आफ्नै शरीरमा खन्याई आगो लगाएका थिए। आगो लागेको थाहा पाउनासाथ परिवारका सदस्य, छिमेकी तथा नजिकैको होस्टेलमा बस्ने युवाहरूले तत्काल आगो निभाएर उनलाई उद्धार गरी वीर अस्पताल पुर्‍याएका थिए। चिकित्सकहरूको अथक प्रयासका बावजुद उनको ज्यान जोगाउन नसकिएको परिवारले जनाएको छ।

 

पारिवारिक स्रोतका अनुसार राउतको करिब एक वर्षअघि स्पाइनल कर्ड मेरुदण्ड को शल्यक्रिया गरिएको थियो। शल्यक्रियापछि पनि स्वास्थ्यमा अपेक्षित सुधार नआएका कारण उनी केही समयदेखि गम्भीर मानसिक तनावमा थिए। उनको थप उपचारको तयारी भइरहेकै अवस्थामा यो दुःखद घटना घटेको परिवारको भनाइ छ।

 

यसैबीच, घटनालाई लिएर केही सञ्चारमाध्यममा आएका कपोलकल्पित र भ्रामक समाचारप्रति राउत परिवारले गम्भीर आपत्ति जनाएको छ। घटनालाई पारिवारिक विवादसँग जोडेर अनुमानका भरमा समाचार सम्प्रेषण गरिएको भन्दै परिवारले दुःख व्यक्त गरेको छ।

मृतकका भाइ दीपक राउतले शोकमा डुबेको परिवारलाई थप आघात पुग्ने गरी आधारहीन समाचार प्रकाशन नगर्न आग्रह गर्नुभयो। प्रत्येक घटनाको प्रकृति र पृष्ठभूमि फरक हुन्छ। त्यसैले घटनाको वास्तविकता बुझेर र तथ्य पुष्टि गरेर मात्र समाचार सम्प्रेषण गरिदिनुहुन हामी सञ्चारमाध्यमहरूसँग आग्रह गर्दछौँ, उहाँले भन्नुभयो।

राउत परिवारले यस्ता संवेदनशील र दुःखद घटनाहरूमा जिम्मेवार, संयमित र मर्यादित पत्रकारिता अपनाउन तथा प्रकाशित भ्रामक समाचारहरू तत्काल सच्याउन समेत सम्बन्धित सञ्चारमाध्यमहरूसँग अनुरोध गरेको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, भ्रामक समाचारप्रति परिवारको आपत्ति

काठमाडौँ, २७ असार । काठमाडौँको बुद्धनगरमा शनिबार बिहान आत्मदाहको प्रयास गरेका ४५ वर्षीय अश्विन राउतको उपचारका क्रममा निधन भएको छ। वीर अस्पतालमा उपचारका क्रममा उनको

कृषि सामग्रीमा कालोबजारी र कृत्रिम अभाव सिर्जना गरे कडा कारबाही हुने: मन्त्री चौधरी

चितवन, २७ असार । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कृषि क्षेत्रमा कालोबजारी गर्ने, कृत्रिम अभाव सिर्जना गर्ने तथा कृषि सामग्री लुकाएर मूल्यवृद्धि गर्नेमाथि कडा

तोकिएको समयमा नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको लाइसेन्स खारेज

काठमाडौँ, २७ असार ।भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तोकिएको समयभित्र इजाजतपत्र (लाइसेन्स) नवीकरण नगर्ने ४४ वटा निर्माण कम्पनीहरूको लाइसेन्स खारेज गरिदिएको छ। मन्त्रालय अन्तर्गतको निर्माण

धनुषामा उपमेयर सवार गाडी र एम्बुलेन्स ठोक्किँदा ८ जना घाइते

जनकपुरधाम, २७ असार ।धनुषाको मिथिला नगरपालिका–९ बडहरीस्थित पूर्व–पश्चिम राजमार्गमा शनिबार बिहान उपमेयर सवार सरकारी गाडी र एम्बुलेन्स एकआपसमा ठोक्किँदा आठ जना घाइते भएका छन्। नेपाल

धमाधम पाउन थाले शिव शिखर बचतकर्ताले बचत फिर्ता

काठमाडौं,२७ असार । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना बचतकर्ताको बचत फिर्ता गर्नु भएको छ । समितिका अनुसार शिव शिखर सहकारीका ९६ जना पीडितले

वाइवाइ लाई पिरो स्वादका चाउचाउले दियो टक्कर

काठमाडौं,२७ असार । दशकौँदेखि नेपाली चाउचाउ बजारमा एकछत्र राज गर्दै आएको ‘वाइवाइ’ लाई पछिल्लो समय बजारमा भित्रिएका पिरो स्वादका चाउचाउले कडा टक्कर दिन थालेका छन् ।