काठमाडौं,२८ असार । काठमाडौंको काडाघारीस्थित पुरानो फोर्स पार्कबाट चिया खान भन्दै घरबाट निस्किएका एक व्यक्ति सम्पर्कविहीन हुनु भएको छ । डोटी जिल्लाको केआइसिंह गाउँपालिकाको वडा नम्बर ६ घर हुनु भएका करिब ५० देखि ५५ वर्षका राम वाहादुर बलायर सम्पर्कविहीन हुनु भएको छ । उहाँ बोल्न र सुन्न समेत सक्नु हुन्न।
उहाँ यही असार २६ गते बिहान करिब ५ बजे चिया खान भन्दै घरबाट निस्किनु भएको थियो । उहाँ घर नफर्के पछि आफ्न्तहरुले खोजी कार्यसुरु गरेका थिए । तर उहाँको हालसम्म कुनै पनि खबर नआए पछि नजिकैको प्रहरी चैकीमा पनि खबर गरे । खोजी कार्य भए पनि उहाँको कुनै खबर पाएको छैन।
उहाँले कालो टोपी, हल्का निलो टिसर्ट, कालो ट्राउजर तथा कालो जुत्ता लगाउनु भएको थियो । उहाँलाई कसैले देखेमा वा भेटिएमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराइदिन तथा परिवारलाई ९७०७६३१२४६ वा ९७०७६३१२४८ नम्बरमा सम्पर्क गराइदिन परिवारले अनुरोध गरेको छ ।








