सरकारको नीति र सुकुम्बासी दमनविरुद्ध अखिल नेपाल युवक संघको प्रदर्शन

काठमाडौं,२८ असार । अखिल नेपाल युवक संघ काठमाडौंले सरकारको जनविरोधी नीति तथा सुकुम्बासी माथि भएको व्यवहारको विरोध गर्दै आइतबार माइतीघरमण्डलामा प्रदर्शन गरेको छ । प्रदर्शनका क्रममा सहभागीहरूले ‘हत्यारा सरकार मुर्दावाद’,‘सुकुम्बासीमाथि अमानवीय व्यवहार बन्द गर’, ‘मलाई बोल्न दे सरकार’, ‘बालेन–सुधनको अराजकताले सुकुम्बासी जनताको उठीबास’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर विरोध जनाएका थिए । संघले सरकारका जनविरोधी निर्णय फिर्ता लिन, सुकुम्बासी माथि भइरहेको दमन रोक्न तथा नागरिकको अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न माग गर्दै विरोध कार्यक्रम गरेको जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

स्वतन्त्र छानबिन गर्न सहयात्रा इन्टरनेसनलको माग

टोरन्टो,२८ असार । सहयात्रा–इन्टरनेसनल एलायन्स फर सोसल जस्टिसले २५ वर्षीय गणेश नेपालीको दुःखद निधनप्रति गहिरो दुःख व्यक्त गर्दै घटनाको परिस्थितिबारे स्वतन्त्र, पारदर्शी र निष्पक्ष छानबिन

सरकारको नीति र सुकुम्बासी दमनविरुद्ध अखिल नेपाल युवक संघको प्रदर्शन

काठमाडौं,२८ असार । अखिल नेपाल युवक संघ काठमाडौंले सरकारको जनविरोधी नीति तथा सुकुम्बासी माथि भएको व्यवहारको विरोध गर्दै आइतबार माइतीघरमण्डलामा प्रदर्शन गरेको छ । प्रदर्शनका

लोकतन्त्रमा जनादेश स्वेच्छाचारिताका लागि होइन : एमाले नेता निरज आचार्य

काठमाडौं,२८ असार । नेकपा एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले लोकतन्त्रमा जनादेशलाई स्वेच्छाचारिताको रुपमा बुझ्नु नहुने बताउनु भएको छ । वर्तमान सरकारका गतिविधिप्रति

दुर्गा प्रसाईँ विमानस्थलबाट नियन्त्रणमा, निवास पुर्याएर छाडियो

काठमाडौं,२८ असार। राजावादी अभियन्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई झापाबाट काठमाडौं फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले नियन्त्रणमा लिएर भक्तपुरस्थित निवास पु¥याएको छ । आइतबार

कमल खेतीले बदलियो चिनियाँ सहर सुजाउको अर्थतन्त्र

काठमाडौं,२८ असार । पूर्वी चीनको सुजाउ सहरमा कमल खेतीले कृषि, पर्यटन र स्थानीय व्यापारलाई जोड्दै बहुआयामिक उद्योगको रूप लिएको छ । गर्मीयाममा फुल्ने कमल अहिले

३ प्रतिशत ’समता शिक्षा सेवा शुल्क’ खारेज गर्न निजी विद्यालयहरूको माग

काठमाडौं,२८ असार । निजी विद्यालयका चार प्रमुख संगठनले सरकारले आर्थिक वर्ष २०८३ / ८४ को बजेटमार्फत प्रस्ताव गरेको ३ प्रतिशत समता शिक्षा सेवा शुल्क खारेज