चर्का भाषण र पपुलिजमबाट देश रूपान्तरण असम्भव छः पोखरेल

काठमाडौं,२९ असार । नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशको वर्तमान संकटको समाधान सस्तो लोकप्रियतावाद (पपुलिजम) वा क्षणिक उत्तेजनाबाट सम्भव नहुने बताउनु भएको छ। सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै उहाँले देश रूपान्तरणका लागि वैचारिक स्पष्टता, स्पष्ट गन्तव्य र राजनीतिक इमानदारी अपरिहार्य रहेको बताउनु भएको छ।

 

पोखरेलले देशको विकृति, विसङ्गति र बेथिति हटाउने जिम्मेवारी गलत नेतृत्वलाई सुम्पनु नेपाली समाजको ठूलो भूल भएको उल्लेख गर्नु भएको छ। आफैँभित्रका विकृति र आचरणगत कमजोरीहरू सुधार्न नसकेको नेतृत्वलाई विकृति अन्त्य र राजनीति सुधारको जिम्मा सुम्पनु नै हाम्रो सबैभन्दा ठूलो भूल थियो भन्ने कुरा नेपाली समाजले विस्तारै महसुस गर्न थालेको पोखरेलले बताउनु भएको छ।

 

उहाँले चर्का भाषण र सस्तो लोकप्रियताको भरमा देश बदल्ने दाबी गर्नेहरूको व्यवहार नै विरोधाभासपूर्ण देखिएको उल्लेख गर्नु भएको छ। चर्का भाषण र सस्तो लोकप्रियताको भरमा देश बदल्ने दाबी गर्नेहरूको कार्यशैली पूर्णतः विरोधाभासपूर्ण देखिएपछि उनीहरूबाट देश रूपान्तरण सम्भव छैन भन्ने कटु यथार्थ आज छर्लङ्ग भइसकेको पोखरेलको भनाइ छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

प्रेस स्वतन्त्रता र सञ्चारकर्मीको सुरक्षाको पक्षमा रास्वपा

काठमाडौं,२९ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विभिन्न सञ्चारमाध्यमका कार्यालय बाहिर पहिचान नखुलेका सवारीसाधनहरू ‘शंकास्पद’ रूपमा राखिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

कोशी प्रदेश सरकारद्वारा ‘प्रदेश सञ्चार प्रतिष्ठान’ गठन

विराटनगर,२९ असार । कोशी प्रदेश सरकारले ’प्रदेश सञ्चार प्रतिष्ठान’ गठन गरेको छ। कोशी प्रदेश सरकारको आज बसेको मन्त्रीपरिषद् बैठकले प्रतिष्ठानको अध्यक्ष, रजिस्ट्रार र सदस्यहरु नियुक्त

कोशी सरकारले बजेट खर्च कति गर्यो?

विराटनगर, २९ असार । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२÷८३ मा जम्मा २६ अर्ब २५ करोड बजेट खर्च गरेको छ । प्रदेश लेखा नियन्त्रक कार्यालय,

कोशी प्रदेश प्रेस रजिस्ट्रारमा इटहरीका लिलाराज नियुक्त

विराटनगर २९ असार । कोशी प्रादेशिक सञ्चार प्रतिष्ठानको अध्यक्षमा दीपक दाहाल र प्रेस रजिष्टारमा लिलाराज भट्टराई नियुक्त हुनु भएको छ । कोशी प्रदेश मन्त्रिपरिषद्को आज

दमकमा आदिकवी भानुभक्तको रामायण र कविता वाचनको प्रतियोगिता सम्पन्न

दमक,२९ असार । दमकमा २१३ औँ भानु जयन्तीको अबसरमा भानुभक्तको रामायण स्लोक र कविता वाचन प्रतियोगिता सम्पन्न भएको छ । जेष्ठ नागरिक सम्मान प्रतिस्ठान दमकले