असार २७ गते ,दमक । साहित्यकला सङ्गम दमक झापाले एक भव्य कार्यक्रमका बिच पुस्तक लोकार्पण कार्यक्रम सम्पन्न गरेको छ ।
साहित्य कला सङ्गमका आजीवन सदस्य समेत रहेका साहित्यकार त्रिलोचन रेग्मीको कृति, स्मृतिमा आइरहने दिनहरु ,को लोकार्पण कार्यक्रम आज पृथ्वी मा वि दमक ७ को हलमा भव्य रूपमा सुसम्पन्न गरिएको छ । उक्त कार्यक्रम संस्थाका अध्यक्ष बिन्दु दहाल मूकदर्शकको अध्यक्षतामा र दमक प्रज्ञा प्रतिष्ठानका अध्यक्ष प्रा डा गोपालप्रसाद भण्डारीको प्रमुख आतिथ्यमा सुसम्पन्न भएको थियो । कृतिको विषयमा साहित्यकारहरु शिव रेग्मी प्रणत र लीलाराम निरौला ले समिक्षात्मक टिप्पणी गर्नु भएको थियो ।
कार्यक्रममा दमक प्रज्ञा प्रतिष्ठानका पूर्व अध्यक्ष तथा सल्लाहकार हेम अधिकारी , संस्थाका पूर्व अध्यक्ष तथा सल्लाहकार नरपती पाण्डे , दमक क्याम्पसका पूर्व क्याम्पस प्रमुख ,साहित्य कला सङ्गमका सल्लाहकार डा उत्तम भट्टराई ,संस्थाका सल्लाहाकार सदस्य पुस्ता राई ,प्रतिभा निकेतनका अध्यक्ष कमलराज भट्टराई , द लिटरेरी भुटानका अध्यक्ष तिलक राई , मिक्लाचोङ साहित्य समाज अध्यक्ष इन्द्र घिमिरे , ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठानका अध्यक्ष दुर्गा पौडेल , नवनासो प्रतिष्ठान धरमपुरका अध्यक्ष दिलिप घिमिरेको गरिमामय उपस्थिति रहेको थियो । वहाँहरूले शुभकामना मन्तव्य सहित रचना वाचन गर्नु भएको थियो ।
यसरी नै साहित्यकारहरु दिल भुटानी , रुद्र प्रभात ,हरि पराजुली , रेवती घिमिरे , विवेक दुलाल क्षेत्री ,टंक पाठक ,विरेन्द्र थोक्लिहाङ,दिलिप सगर राईलगायतले रचना वाचन गर्नु भएको थियो । कार्यक्रममा पाठकप्रतिक्रियाका रूपमा लक्ष्मी वाग्ले रेग्मी र मेघबन्धु खनालले आफ्ना धारणा राख्नुभएको थियो । कार्यक्रममा एक सय भन्दा बढी साहित्यकार , साहित्यानुरागीहरूको उपस्थित रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य संस्था उपाध्यक्ष यादव प्रसाद अधिकारी झाक्रीखोलेले राख्नु भएको थियो भने स्वागत गीत र साङ्गीतिक प्रस्तुति सुरवीर श्रेष्ठ र वहाँका टिमले प्रस्तुत गरेको थियो । कार्यक्रमको सन्चालन साहित्य कला सङ्गमका महासचिव ओमप्रसाद खनालले गर्नुभएको थियो ।









