राहदानी विभागमा नयाँ प्रणाली सुरु

काठमाडौं,२९ असार । राहदानी विभागले नेपालको इतिहासकै सबैभन्दा ठूलो डेटा माइग्रेसन सफलतापूर्वक सम्पन्न गरी नयाँ राहदानी उत्पादन तथा व्यवस्थापन प्रणाली मार्फत सेवा सञ्चालनमा ल्याएको जनाएको छ । परराष्ट्र मन्त्रालय अन्तर्गत रहेको राहदानी विभागले सोमबार एक सूचना जारी गर्दै २)८३ साल असार २( गतेदेखि नयाँ प्रणाली कार्यान्वयनमा ल्याइएको जानकारी दिएको हो । विभागका अनुसार करिब एक करोड नेपाली नागरिकका राहदानी सम्बन्धी विवरण सुरक्षित रूपमा नयाँ प्रणालीमा स्थानान्तरण गरिएको छ ।

 

विभागले नयाँ सूचना प्रविधि प्रणाली सञ्चालनमा आएपछि प्रारम्भिक चरणमा केही प्राविधिक चुनौती, प्रणालीमा सुस्तता तथा राहदानी वितरणमा सामान्य ढिलाइ हुन सक्ने जनाएको छ । यस्तो अवस्था नयाँ प्रणाली सञ्चालनको सुरुवाती चरणमा स्वाभाविक भएको विभागको भनाइ छ । सम्भावित समस्यालाई ध्यानमा राख्दै विभागका प्राविधिक टोली, कर्मचारी तथा प्रणाली विकास गर्ने कम्पनीका विशेषज्ञहरू चौबीसै घण्टा तयारी अवस्थामा रही प्रणालीको अनुगमन, परीक्षण र सुधारमा खटिरहेको जनाएको छ । विभागले देखिएका समस्याहरूको शीघ्र तथा दीर्घकालीन समाधान गर्न आफूहरू पूर्ण रूपमा सक्षम र प्रतिबद्ध रहेको बताएको छ ।

 

नयाँ प्रणालीको सुरुवाती चरणमा राहदानी अत्यावश्यक भएका सेवाग्राहीलाई मात्र आवेदन दिन विभागले अनुरोध गरेको छ । सेवाग्राहीको सहयोगले नयाँ प्रणालीलाई थप स्थिर र प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुग्ने विभागको विश्वास छ । साथै, राहदानी सेवासम्बन्धी सूचना तथा जानकारीका लागि विभाग वा परराष्ट्र मन्त्रालयका आधिकारिक माध्यमबाट प्रकाशित सूचना र समाचारलाई मात्र आधार बनाउन विभागले सेवाग्राहीलाई आग्रह गरेको छ । राहदानी विभागले नेपाली नागरिकलाई चुस्त, छरितो र विश्वसनीय सेवा प्रदान गर्न आफू सदैव प्रतिबद्ध रहेको जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

प्रेस स्वतन्त्रता र सञ्चारकर्मीको सुरक्षाको पक्षमा रास्वपा

काठमाडौं,२९ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विभिन्न सञ्चारमाध्यमका कार्यालय बाहिर पहिचान नखुलेका सवारीसाधनहरू ‘शंकास्पद’ रूपमा राखिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

कोशी प्रदेश सरकारद्वारा ‘प्रदेश सञ्चार प्रतिष्ठान’ गठन

विराटनगर,२९ असार । कोशी प्रदेश सरकारले ’प्रदेश सञ्चार प्रतिष्ठान’ गठन गरेको छ। कोशी प्रदेश सरकारको आज बसेको मन्त्रीपरिषद् बैठकले प्रतिष्ठानको अध्यक्ष, रजिस्ट्रार र सदस्यहरु नियुक्त

कोशी सरकारले बजेट खर्च कति गर्यो?

विराटनगर, २९ असार । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२÷८३ मा जम्मा २६ अर्ब २५ करोड बजेट खर्च गरेको छ । प्रदेश लेखा नियन्त्रक कार्यालय,

कोशी प्रदेश प्रेस रजिस्ट्रारमा इटहरीका लिलाराज नियुक्त

विराटनगर २९ असार । कोशी प्रादेशिक सञ्चार प्रतिष्ठानको अध्यक्षमा दीपक दाहाल र प्रेस रजिष्टारमा लिलाराज भट्टराई नियुक्त हुनु भएको छ । कोशी प्रदेश मन्त्रिपरिषद्को आज

दमकमा आदिकवी भानुभक्तको रामायण र कविता वाचनको प्रतियोगिता सम्पन्न

दमक,२९ असार । दमकमा २१३ औँ भानु जयन्तीको अबसरमा भानुभक्तको रामायण स्लोक र कविता वाचन प्रतियोगिता सम्पन्न भएको छ । जेष्ठ नागरिक सम्मान प्रतिस्ठान दमकले