‘घर बलियो भए सदन पनि बलियो हुन्छ’ : आङदेम्बे

काठमाडौं,२९ असार । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले घर बलियो भए सदन पनि बलियो हुने बताउनु भएको छ । सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकमा बोल्दै उहाँले पार्टीभित्रबाट प्रभावकारी आवाज उठ्न सके संसद् अझ प्रभावकारी बन्ने धारणा राख्नु भएको छ। उहाँले भन्नु भयो, ‘घरबाट बलियो आवाज आयो भने सदन पनि बलियो हुन्छ । कहीँ न कहीँ घरकै सदस्य कमजोर परिरहेका छन् । घरको सदस्यको ऊर्जा र विवेक घरबाटै आउने हो ।’

 

आङदेम्बेले कांग्रेसले प्रतिपक्षको भूमिकामा निर्वाह गरेको जिम्मेवारी निराशाजनक नभए पनि त्यसमा थप प्रभावकारिता र उज्यालो ल्याउन आवश्यक रहेको बताउनु भएको छ । उहाँले संसद् र सञ्चारमाध्यम बीचको सम्बन्ध अझ सुदृढ हुनुपर्नेमा जोड दिनु भएको छ । पत्रकारहरूले संसद्लाई नजिकबाट नियाल्ने भएकाले उनीहरूको दृष्टिकोण, सुझाव र आलोचनाले संसदीय अभ्यासलाई मजबुत बनाउन सहयोग पुग्ने उहाँको भनाइ थियो । ‘संसद् हेर्ने पत्रकार साथीहरूको भूमिका तेस्रो आँखाजस्तै हुन्छ । उहाँहरूले हामीले नदेखेका धेरै कुरा देखिरहनुभएको हुन्छ,’ उहाँले भन्नु भयो।

 

संसदीय समितिहरू छलफल र निर्णयका महत्वपूर्ण थलो भए पनि कतिपय अवस्थामा समितिहरू प्रभावहीन बन्ने अवस्था देखिएको उहाँले बताउनु भयो । समितिलाई छलफलको माध्यम बनाउनुपर्नेमा जोड दिँदै उहाँले संसदीय अभ्यासलाई कमजोर बनाउने गतिविधि स्वीकार्य नहुने बताउनु भयो। आङदेम्बेले प्रतिपक्षले मुलुकलाई केन्द्रमा राखेर भूमिका निर्वाह गरिरहेको दाबी गर्नु भयो। विगतका राजनीतिक अभ्यासको समीक्षा इतिहासले गर्ने भन्दै उहाँले वर्तमान अवस्थामा पार्टीभन्दा माथि उठेर राष्ट्रिय हितलाई केन्द्रमा राख्नुपर्ने बताउनु भयो।

 

उहाँले भन्नु भयो,‘ संसदीय समितिहरू नै गम्भीर छलफल र निर्णयका मुख्य थलो हुन्। तर कतिपय अवस्थामा समितिहरूलाई प्रभावहीन बनाउने प्रयास भएको अनुभूति हुन्छ। संसद् र समितिको गरिमा कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्छ। प्रतिपक्षले पार्टीभन्दा माथि उठेर मुलुकको हितलाई केन्द्रमा राखेर भूमिका निर्वाह गरिरहेको छ। विगतका अभ्यासको समीक्षा इतिहासले गर्नेछ, तर अहिलेको आवश्यकता राष्ट्रिय हितमा केन्द्रित भएर अघि बढ्नु हो। सभामुखले पनि पार्टीभन्दा माथि उठेर निष्पक्ष भूमिका निर्वाह गर्नुपर्छ । सभामुख पार्टीको हुनुहुन्न, उहाँले आफ्नो भूमिकालाई बुझेर काम गर्नुपर्छ ।’

 

कांग्रेस संसदीय दलका नेताले आगामी दिनमा प्रतिपक्षको आवाजलाई थप प्रभावकारी बनाउने र सत्तापक्षलाई जिम्मेवार बनाउन भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नु भयो। उहाँले पार्टीका पदाधिकारीहरूले सञ्चारमाध्यमलाई समय दिएर संस्थागत धारणा सार्वजनिक गर्नुपर्ने आवश्यकता औंल्याउनु भयो । व्यक्तिगत अभिव्यक्तिभन्दा दलको आधिकारिक धारणा प्रमुख सचेतक, सचेतक र नेतृत्व मार्फत आउनुपर्ने उहाँको भनाइ थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

प्रेस स्वतन्त्रता र सञ्चारकर्मीको सुरक्षाको पक्षमा रास्वपा

काठमाडौं,२९ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विभिन्न सञ्चारमाध्यमका कार्यालय बाहिर पहिचान नखुलेका सवारीसाधनहरू ‘शंकास्पद’ रूपमा राखिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

कोशी प्रदेश सरकारद्वारा ‘प्रदेश सञ्चार प्रतिष्ठान’ गठन

विराटनगर,२९ असार । कोशी प्रदेश सरकारले ’प्रदेश सञ्चार प्रतिष्ठान’ गठन गरेको छ। कोशी प्रदेश सरकारको आज बसेको मन्त्रीपरिषद् बैठकले प्रतिष्ठानको अध्यक्ष, रजिस्ट्रार र सदस्यहरु नियुक्त

कोशी सरकारले बजेट खर्च कति गर्यो?

विराटनगर, २९ असार । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२÷८३ मा जम्मा २६ अर्ब २५ करोड बजेट खर्च गरेको छ । प्रदेश लेखा नियन्त्रक कार्यालय,

कोशी प्रदेश प्रेस रजिस्ट्रारमा इटहरीका लिलाराज नियुक्त

विराटनगर २९ असार । कोशी प्रादेशिक सञ्चार प्रतिष्ठानको अध्यक्षमा दीपक दाहाल र प्रेस रजिष्टारमा लिलाराज भट्टराई नियुक्त हुनु भएको छ । कोशी प्रदेश मन्त्रिपरिषद्को आज

दमकमा आदिकवी भानुभक्तको रामायण र कविता वाचनको प्रतियोगिता सम्पन्न

दमक,२९ असार । दमकमा २१३ औँ भानु जयन्तीको अबसरमा भानुभक्तको रामायण स्लोक र कविता वाचन प्रतियोगिता सम्पन्न भएको छ । जेष्ठ नागरिक सम्मान प्रतिस्ठान दमकले