नेपालमा खेल पर्यटनको उच्च सम्भावना, पूर्वाधार निर्माणमा जोड

काठमाडौं,२९ असार । नेपालमा खेल पर्यटन (स्पोट्र्स टुरिजम) को सम्भावना उच्च रहेपनि यसको विकासका लागि अझै धेरै आधार निर्माण गर्नुपर्ने आवश्यकता देखिन्छ । खेलकुद र पर्यटनलाई जोडेर अघि बढाउन सके यसले नेपालको अर्थतन्त्र, गन्तव्य प्रवद्र्धन र रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान पुर्याउन सक्ने सरोकारवालाहरुको भनाइ छ । नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाले पर्यटनलाई कुनै एउटा क्षेत्रसँग मात्र सीमित गरेर बुझ्न नहुने बताउनु भएको छ । उहाँले पर्यटन विभिन्न उद्देश्य, प्रेरणा र गतिविधिसँग जोडिने भएकाले खेलकुदसँग पनि यसको गहिरो सम्बन्ध रहेको उल्लेख गर्नु भएको छ।

 

उहाँका अनुसार सामान्यतया पर्यटन भन्नाले घुम्न, बिदा मनाउन वा नयाँ ठाउँको अनुभव लिन आउने यात्रुलाई बुझिन्छ । तर पछिल्लो समय पर्यटनका विभिन्न आयाम विकास भइरहेका छन् । नेपालमा पदयात्रा, पर्वतारोहण, राष्ट्रिय निकुञ्ज भ्रमण, सांस्कृतिक पर्यटनसँगै खेल पर्यटनको सम्भावना पनि विस्तार हुँदै गएको उहाँले बताउनु भयो । ‘नेपालको सन्दर्भमा खेल पर्यटन अहिले विकासको सुरुवाती चरणमा छ । यसको आधार तयार हुँदैछ । पछिल्ला वर्षहरूमा राष्ट्रिय खेलकुद प्रतियोगिता, क्रिकेट, फुटबल, भलिबललगायत खेलका लागि बनेका पूर्वाधारहरूले खेल पर्यटनको सम्भावनालाई बलियो बनाउँदै लगेका छन्,’ उहाँले भन्नु भयो।

 

 

उहाँले खेल पर्यटनलाई दुई मुख्य पक्षबाट बुझ्नुपर्ने बताउनु भयो । पहिलो, खेलाडी र खेलसँग प्रत्यक्ष जोडिएका व्यक्तिहरूको यात्रा र दोस्रो, खेलले प्रेरित गर्ने दर्शक तथा पर्यटकहरूको यात्रा। कुनै ठूलो खेल प्रतियोगिता आयोजना हुँदा खेलाडी मात्र नभई दर्शक, समर्थक र पर्यटकसमेत सम्बन्धित स्थानमा पुग्ने भएकाले त्यसले पर्यटन क्षेत्रमा प्रत्यक्ष प्रभाव पार्ने उहाँको भनाइ छ । विश्वस्तरमा खेल पर्यटनको सबैभन्दा ठूलो उदाहरण फिफा विश्वकप रहेको उहाँले बताउनु भयो । विश्वकप आयोजना हुँदा लाखौँ मानिस विभिन्न देशबाट आयोजक राष्ट्र पुग्ने र त्यसले होटल, यातायात, रेस्टुरेन्ट, व्यापार तथा अन्य सेवा क्षेत्रमा ठूलो आर्थिक गतिविधि सिर्जना गर्ने उहाँले उल्लेख गर्नु भयो।

 

‘विश्वकप जस्ता ठूला प्रतियोगिताले खेल पर्यटनको शक्ति देखाउँछन् । मानिसहरू खेल हेर्नकै लागि हजारौँ किलोमिटर यात्रा गर्छन्। यसले स्थानीयदेखि अन्तर्राष्ट्रिय अर्थतन्त्रसम्म प्रभाव पार्छ,’ उहाँले भन्नु भयो। नेपालमा पनि नेपालीहरू विदेशमा आयोजना हुने ठूला खेल प्रतियोगिता हेर्न जाने क्रम बढेको उहाँले बताउनु भयो। अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना भइरहेको फिफा विश्वकपका खेल हेर्न नेपालीहरू समेत पुगेको उदाहरण दिँदै उहाँले नेपालीहरू पनि खेल पर्यटक बन्न थालेको उल्लेख गर्नु भयो। थपलियाका अनुसार खेल पर्यटन केवल ठूला अन्तर्राष्ट्रिय प्रतियोगितामा मात्र सीमित हुँदैन। स्थानीय स्तरमा आयोजना हुने फुटबल, भलिबल, क्रिकेटलगायत प्रतियोगिताहरू पनि खेल पर्यटनकै स्वरूप भएको उहाँले बताउनु भयो।

 

‘दशैं, तिहार वा अन्य चाडपर्वका समयमा गाउँ–गाउँमा हुने खेल प्रतियोगिता हेर्न टाढा–टाढाबाट मानिसहरू पुग्छन्। उनीहरूले यात्रा गर्छन्, बस्छन्, खानपान गर्छन् र स्थानीय बजारमा खर्च गर्छन्। यसले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउँछ,’ उहाँले भन्नु भयो। नेपालको साहसिक खेल पर्यटनको सम्भावना अझै बलियो रहेको थपलियाले बताउनु भयो । नेपाल भौगोलिक विविधता, प्राकृतिक स्रोत र दक्ष जनशक्तिका कारण साहसिक खेलका लागि उत्कृष्ट गन्तव्य बन्न सक्ने उहाँको भनाइ छ ।उहाँले बन्जी जम्प, प्याराग्लाइडिङ, माउन्टेन बाइकिङ, ट्रेकिङ, ¥याफ्टिङ, पर्वतारोहण, क्लाइम्बिङ, स्किइङ, स्काई डाइभिङलगायत गतिविधिले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सहयोग गरिरहेको बताउनु भयो।

 

‘साहसिक खेल पर्यटनमा नेपालसँग ठूलो सम्भावना छ । हाम्रो भूगोल, उचाइ र दक्ष जनशक्ति यसको मुख्य आधार हुन्। हिमाली क्षेत्रमा काम गर्ने नेपाली जनशक्ति अन्तर्राष्ट्रियस्तरमै परिचित छन्,’ उहाँले भन्नु भयो । तर खेल पर्यटन विकासका लागि सबैभन्दा महत्वपूर्ण कुरा पूर्वाधार भएको उहाँले बताउनु भयो । खेल खेल्न सक्ने संरचना, व्यवस्थित व्यवस्थापन र अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता आयोजना गर्ने क्षमता विकास गर्नुपर्ने उहाँको भनाइ छ । उहाँका अनुसार कुनै पनि खेल प्रतियोगितालाई पर्यटनसँग जोड्न खेलकुद संघ–संस्था, पर्यटन क्षेत्र, निजी क्षेत्र र सरकारबीच सहकार्य आवश्यक हुन्छ । ‘खेल भइरहेको ठाउँमा मानिसहरू पर्यटकका रूपमा आउन सक्ने वातावरण बनाउनुपर्छ । खेल र पर्यटनलाई प्याकेजका रूपमा विकास गर्न सके त्यसले ठूलो आर्थिक मूल्य सिर्जना गर्न सक्छ,’ थपलियाले भन्नु भयो।

 

नेपालमा पछिल्लो समय क्रिकेटको नेपाल प्रिमियर लिग, नेपाल सुपर लिग, भलिबल तथा अन्य खेलका लिगहरूले खेल पर्यटनको आधार तयार गरिरहेको उहाँले बताउनु भयो । यस्ता प्रतियोगितालाई अझ व्यवस्थित रूपमा प्रवद्र्धन गर्न सके घरेलु तथा विदेशी पर्यटक आकर्षित गर्न सकिने उहाँको भनाइ छ । उहाँका अनुसार खेल पर्यटन विकासमा राज्य, पर्यटन बोर्ड, खेलकुद संघ–संस्था र निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुन्छ । पर्यटन बोर्डले विभिन्न खेल संघहरूसँग सहकार्य गर्दै आएको र प्रतियोगिताको स्तर तथा प्रभाव हेरेर प्रवद्र्धनमा सहयोग गर्दै आएको उहाँले जानकारी दिनु भयो । थपलियाले आगामी ८ देखि १० वर्षमा नेपालले खेल पर्यटनको क्षेत्रमा उल्लेखनीय प्रगति गर्न सक्ने बताउनु भएको छ । उहाँका अनुसार अहिले खेल पर्यटनका आधारहरू निर्माण भइरहेका छन् र सबै पक्षको सहकार्य भए नेपालले अन्तर्राष्ट्रियस्तरमा आफ्नो पहिचान बनाउन सक्छ ।

‘पूर्वाधार, खेल क्षमता र सबै सरोकारवालाको सहकार्य भयो भने नेपालमा खेल पर्यटनको राम्रो सम्भावना छ । अहिले हामी सुरुवाती चरणमा छौँ, तर भविष्यमा यसले ठूलो आकार लिन सक्छ,’ उहाँले भन्नु भयो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापाको मेचीनगरमा ५५७ किलो अवैध गाँजा बरामद

झापा,२० कार्तीक । झापाको मेचीनगरमा प्रहरीले ठूलो परिमाणमा अवैध गाँजा बरामद गरेको छ। मेचीनगर नगरपालिका–५ स्थित सिर्जना चोकको चिया बगानमा लुकाएर राखिएको अवस्थामा प्रहरीले शुक्रबार

एमाले उपाध्यक्ष बादल दमकमा, के भने सार्वजनिक कार्यक्रममा ?

दमक । २० कार्तिक । नेकपा एमालेको दमक नगर कमिटीको नवनिर्मित कार्यालय भवन उद्घाटन कार्यक्रममा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ सहित पार्टीका केन्द्रीय तथा प्रदेश

मोरङमा धर्म प्रचार गरेको आरोप, अमेरिका, ब्राजिल र क्यानडाका १० नागरिक नेपालबाट निष्कासित

मोरङ,२० कात्तिक । निष्कासित हुनेमा अमेरिकाका पाँच, ब्राजिलका दुई र क्यानडाका तीन जना नागरिक रहेका छन् ।   उनीहरूमध्ये एक जना नाबालकसमेत छन् । नाबालकलाई भने

दमक नेशनल स्कुलका विद्यार्थीले देखाए यस्ता प्रतिभा

दमक, २० कार्तिक । झापाको दमक–५ स्थित दमक नेशनल तथा दमक मन्टेश्वरी स्कुलले अभिभावक भेटघाट कार्यक्रमका अवसरमा विद्यार्थीभित्र लुकेका विभिन्न प्रतिभा प्रस्फुटन गराएको छ। कक्षा

गृहमन्त्रीको गृहजिल्लाममा ३० रुपैयाँ पर्ने नुन २०० रुपैयाँ

गोरखा ,२० कात्तिक । हिमालपारिको चुमनुब्री गाउँपालिकाका सामागाउँ, साम्दो, छेकम्पार, बिही र चुम्लिङलगायतका बस्तीमा नुनको मूल्य बजारभन्दा कैयौँ गुणा बढी छ। सरकारले विकट हिमाली क्षेत्रका

धर्म प्रचार गरेको आरोप, जनही ५० हजार सहित मोरङबाट १० विदेशी पक्राउ

मोरङ,२० कात्तिक । अध्यागमन विभागले धर्म प्रचार गरेको आरोपमा १० जना विदेशी नागरिकलाई नेपालबाट निष्कासन गरेको छ । विभागले उनीहरूलाई जनही ५० हजार रुपैयाँ जरिबाना

दानबहादुर कार्कीरिट कात्तिक ३० गते पेशी

काठमान्डौ,२० कात्तिक । प्रहरी महानिरीक्षकबाट हटाइएका दानबहादुर कार्कीको रिट शुक्रबार सर्वाेच्च अदालतमा दर्ता भएको छ । आफूलाई गैरकानुनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको दाबीसहित उनले हिजो