काठमाडौं,२९ असार । त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाह प्रयासपछि निधन हुनु भएका गणेश नेपालीको पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । उपचारका क्रममा शुक्रबार निधन भएको गणेशको परिवार र सरकार बीच आइतबार सम्झौता भएपछि परिवारले आज (सोमबार) शव बुझेसँगै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको हो ।
असार २५ गते राहदानी विभागअगाडि महानगर प्रहरीले गणेशको मोटरसाइकलमा ह्लील लक लगाएका थिए । त्यसपछि आत्मदाह प्रयास गर्नु भएको उहाँको वीर अस्पतालमा उपचार क्रममा शुक्रबार मृत्यु भएको थियो ।









