कोशी सरकारले बजेट खर्च कति गर्यो?

विराटनगर, २९ असार । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२÷८३ मा जम्मा २६ अर्ब २५ करोड बजेट खर्च गरेको छ । प्रदेश लेखा नियन्त्रक कार्यालय, विराटनगरले सार्वजनिक गरेको प्रारम्भिक विवरण अनुसार प्रदेश सरकारले २६ अर्ब २५ करोड २५ लाख ४८ हजार २२१ रुपैयाँ खर्च गरेको हो । चालु आर्थिक वर्षका लागि प्रदेश सरकारले ३६ अर्ब ९ करोड ८५ लाख रुपैयाँको बजेट विनियोजन गरेको थियो । स्रोत व्यवस्थापन र खर्चको अवस्थालाई हेर्दै मध्यावधि समीक्षा बजेटलाई घटाएर ३२ अर्ब ४५ करोडमा झारिएको थियो ।

 

सरकारले चालु तर्फ १३ अर्ब ८२ करोड १२ लाख रुपैयाँ खर्च गरेको थियो । पुँजीगत तर्फ १२ अर्ब ३८ करोड ५८ लाख रुपैयाँ खर्च गरेको थियो । पुँजीगत खर्च तर्फ ७२.२४ प्रतिशत बजेट खर्च भएको छ । पुँजीगत तर्फ १७ अर्ब १४ करोड ६५ लाख बजेट विनियोजन भएको थियो । मन्त्रालयगत तर्फ १० अर्ब ६४ करोड ४३ लाख बजेट भएको भौतिक पूर्वाधार विकास मन्त्रालयले ७ अर्ब ४५ करोड ३३ लाख खर्च गरेको छ ।

खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयले ४ अर्ब ९ करोड ८७ लाख खर्च गरेको छ । स्वास्थ्य मन्त्रालयले २ अर्ब ५० करोड,आर्थिक मामिला तथा योजना मन्त्रालयले १ अर्ब ८९ करोड , उद्योग, कृषि तथा सहकारी मन्त्रालयले १ अर्ब १९ करोड ७९ लाख, पर्यटन, वन तथा वातावरण मन्त्रालयले २ अर्ब १२ करोड ४३ लाख, सामाजिक विकास मन्त्रालयले ८९ करोड ९६ लाख, आन्तरिक मामिला तथा कानून मन्त्रालयले ६४ करोड ६७ लाख लाख बजेट खर्च गरेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाढी प्रभावित रसुवा र नुवाकोटमा २० थान स्याटेलाइट फोन उपलब्ध

काठमाडौं , १४ भदौ। रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार प्राधिकरणले २० थान स्याटेलाइट फोन उपलब्ध गराएको छ । प्राधिकरणले

११ जलविद्युत् आयोजनाका ९७७ जना सम्पर्कविहीन, सुरुङमा फसेकाहरूको उद्धार तीव्र

काठमाडौं,१४ भदौ । जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको अझै उद्धार हुन नसकेपछि सकुशलको सम्भावना क्षीण हुँदै गएको छ । रसुवाको भोटेकोसी नदीमा भदौ १० गते आएको

बाढीबाट परिवार जोगाए, घर र २३ लाखको ऋणको बोझ बोकेर बसे सन्तमान

बेत्रावती , १४ भदौ।  भदौ १० गते बिहान ८ बजे बेत्रावतीका सन्तमान लामा आफ्ना छोरा र छोरीलाई विद्यालय पुर्‍याउन गए।दुई सन्तानलाई विद्यालय पुर्‍याउनु उनको दैनिकी

१९ हजार सुरक्षाकर्मी फिल्डमा खटिँदा पनि उद्धारमा ४ मुख्य चुनौती

काठमाडौं ,१४ भदौ। भोटेकोसी नदीमा आएको भीषण बाढीमा परेकाको उद्धार कार्य तीनवटै सुरक्षा निकायले तीव्रताका साथ जारी नै राखेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण

अस्थायी चिहानमा शव १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा वस्ती

काठमाडौं , भदौ १४ । प्राकृतिक विपद्का बेला ठूलो संख्यामा मानिसको मृत्यु वा बेपत्ता हुँदा उद्धारसँगै मृतकको पहिचान र शव व्यवस्थापन अर्को ठूलो चुनौती बन्ने

नेपालीपन झल्किने डिजाइनमा हेलमेट उत्पादन गर्दै ‘कोहिनूर समूह’

काठमाडौं , भदौ १४ । दुई पाँग्रे सवारी चालकले आफ्नो सुरक्षाका लागि प्रयोग गर्ने हेलमेट अधिकांश विदेशी बजारबाटै आयात हुन्छ । तर पछिल्लो समय केही