भारतले अतिक्रमण गरेको भूमि फिर्ता लिन कूटनीतिक पहलको माग

काठमाडौं,३० असार । नेकपा (एमाले) का सांसद गणेश सिंह ठगुन्नाले नेपाल–भारत सीमा विवादका विषयमा प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउनु भएको छ। मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद ठगुन्नाले देशको सार्वभौमसत्ता, राष्ट्रिय स्वाभिमान र भौगोलिक अखण्डताको रक्षा गर्नु सरकारको प्रमुख दायित्व भएको बताउनु भएको छ । उहाँले भन्नु भयो, ‘देशको स्वाभिमान सार्वभौमसत्ता र भौगोकिक अखण्डताको रक्षा गर्ने दायित्व सरकारको हुन्छ । सबै देशको सरकारले आफ्नो देशको स्वविमानको रक्षा गर्दै भौगोलिक अखण्डताको रक्षा गर्ने कार्यलाई प्राथमिकतामा राखिएको हुन्छ ।’

 

उहाँले नेपाली पुर्खाहरूको संघर्षबाट नेपालको भौगोलिक अखण्डता र राष्ट्रिय अस्तित्व कायम भएको उल्लेख गर्नु भएको छ । उहाँले कालापानी, लिपुलेक र लिम्पियाधुरा सहित करिब चारसय वर्ग किलोमिटर नेपाली भूमि भारतले अतिक्रमण गरेको दाबी गर्नु भएको छ। उहाँले उक्त क्षेत्रमा भारतीय सुरक्षा बलको उपस्थिति, सडक निर्माण तथा कैलाश–मानसरोवर यात्रा र तिब्बतसँगको व्यापार सञ्चालन भइरहेको बताउनु भएको छ।

 

उहाँले सीमा विवाद जस्तो संवेदनशील विषयमा सरकारको धारणा स्पष्ट, तथ्यमा आधारित र राष्ट्रिय हितअनुकूल हुनुपर्नेमा जोड दिनु भएको छ। सांसद ठगुन्नाले सीमा अतिक्रमणको विषय समाधानका लागि नेपालले विशेष कूटनीतिक पहल गर्नुपर्ने बताउनु भएको छ । उहाँले सीमा विवादजस्तो संवेदनशील विषयमा सरकारको धारणा स्पष्ट, तथ्यमा आधारित र राष्ट्रिय हितअनुकूल हुनुपर्नेमा जोड दिनु भयो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विश्वविद्यालयहरूलाई राजनीतिमुक्त बनाउने उपकुलपतिहरूको साझा प्रतिबद्धता

काठमाण्डौ,३० असार । विभिन्न विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरूले प्राज्ञिक थलोलाई दलीय राजनीतिमुक्त बनाउने र सुशासन कायम गर्ने सवालमा साझा प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री वालेन्द्र शाहको

११ महिनामै नेपालमा २१ खर्बभन्दा बढी रेमिट्यान्स भित्रियो

काठमान्डौं ,३० असार । चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा विदेशबाट आउने रेमिट्यान्स २१ खर्ब रुपैयाँभन्दा बढी पुगेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले पठाएको रकम

११ महिनामै नेपालमा २१ खर्बभन्दा बढी रेमिट्यान्स

काठमान्डौं ,३० असार । चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा विदेशबाट आउने रेमिट्यान्स २१ खर्ब रुपैयाँभन्दा बढी पुगेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले पठाएको रकम

प्रदेशमै उत्पादन कच्चा पदार्थबाट कोशी प्रदेशमा पोशाक

विराटनगर,३० असार । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२ / ०८३ देखि प्रदेशको उत्पादनलाई प्रोत्साहन गर्ने गरी कर्मचारीहरूलाई दिइने पोशाक भत्ता कार्यान्वयनमा ल्याएको छ। कोशी

सामाजिक सञ्जालमा युवा कानुन व्यवसायी : मर्यादा र आचारसंहिताको लक्ष्मणरेखा

दमक,३० असार । वकालत अत्यन्त मर्यादित, संवेदनशील र प्रतिष्ठित पेशा हो। कानुनको व्याख्या गर्ने तथा न्याय निरूपणमा अदालतलाई सहयोग गर्ने गुरुत्तर जिम्मेवारी बोकेको हुनाले नै

उपराष्ट्रपति यादव कतार प्रस्थान

काठमाडौं,३० असार । उपराष्ट्रपति रामसहाय प्रसाद यादव कतारका पूर्व अमिर शेख हमाद बिन खलिफा अल थानीको निधनमा समवेदना व्यक्त गर्न मंगलबार कतार प्रस्थान गरेर्नु भएको