अतिक्रमण हटाएर जग्गा संरक्षणमा कोशी अस्पताल

विराटनगर,३१ असार । देशकै दोस्रो ठुलो सहर विराटनगरस्थित कोशी अस्पतालले अतिक्रमित सरकारी जग्गा फिर्ता ल्याएर संरक्षण गर्ने अभियानलाई तीव्र बनाएको छ । सोही अभियानअन्तर्गत गत सोमबार अस्पताल परिसरभित्र निर्माण गरिएका अवैध संरचनामा डोजर चलाइएपछि अस्पतालले अब खाली भएको जग्गामा तत्काल पर्खाल निर्माण गरेर संरक्षण गर्ने तयारी गरेको जनाएको छ ।

अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा। चन्द्रभाल झाले अस्पतालको दीर्घकालीन गुरुयोजना कार्यान्वयन तथा स्वास्थ्य सेवा विस्तारका लागि ती संरचना हटाउनु आवश्यक रहेको बताउनु भयो । अस्पतालको स्वामित्वमा त्यहाँ पाँच बिघाभन्दा बढी जग्गा रहेको छ ।

डा। झाले अतिक्रमण हटाइएका क्षेत्रमा अब ढिलाइ नगरी पर्खाल लगाएर अस्पतालको जग्गा सुरक्षित गरिने जानकारी दिनु भयो । ‘अस्पतालको जग्गा सुरक्षित राख्न हामी घेराबन्दी गर्छौं । त्यसपछि गुरुयोजनाअनुसार व्यवस्थित रूपमा पूर्वाधार विकासका काम अघि बढाइनेछ,’ उहाँले भन्न्ुा भएको छ ।

उहाँका अनुसार अस्पतालको विस्तार योजना कार्यान्वयनका लागि मन्त्रालय र सम्बन्धित मन्त्रीको समेत सक्रिय सहयोग रहेको छ । अस्पतालले भविष्यमा विशेषज्ञ सेवा विस्तार, नयाँ भवन निर्माण तथा आधुनिक स्वास्थ्य पूर्वाधार विकासका लागि उक्त जग्गा उपयोग गर्ने लक्ष्य लिएको छ ।

डोजर चलाएर अधिकांश व्यावसायिक सटर हटाइए पनि नेपाल क्षयरोग निवारण संस्था, नेपाल रेडक्रस सोसाइटीअन्तर्गतको ब्लड बैंक, देवकोटा पुस्तकालय तथा गणेश मन्दिरका मूल संरचना भने तत्कालका लागि यथावत राखिएको डा। झाले बताउनु भयो ।

उहाँका अनुसार ती संरचनामध्ये केही अस्पतालको आपतकालीन तथा अत्यावश्यक सेवासँग प्रत्यक्ष जोडिएका भएकाले तत्काल हटाइएको छैन । यद्यपि अस्पतालको गुरुयोजना कार्यान्वयनका क्रममा अन्ततः ती संरचनाको व्यवस्थापन तथा स्थानान्तरण गरी अस्पतालको सम्पूर्ण जग्गा खाली गरिने उहाँले स्पष्ट पार्नु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मन्त्री पुनद्वारा गैरआवासीय नेपाली विज्ञहरूलाई आह्वान

काठमाडौं,३१ असार । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले विश्वभर रहेका नेपाली विज्ञ, अनुसन्धानकर्ता र पेशाकर्मीहरूलाई नेपालको नवप्रवर्तन यात्रामा सक्रिय योगदान गर्न आह्वान गर्नु

कर्णाली प्रदेश सरकारबाट बाहिरियो काँग्रेस

सुर्खेत, ३१ असार । कर्णाली प्रदेश सरकार मन्त्री परिषद् बैठकमा गएका मन्त्रीहरु राजिनामा दिएर सरकारबाट बाहिरिएका छन् । बुधबार कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले मन्त्रीपरिषदको बैठक

अतिक्रमण हटाएर जग्गा संरक्षणमा कोशी अस्पताल

विराटनगर,३१ असार । देशकै दोस्रो ठुलो सहर विराटनगरस्थित कोशी अस्पतालले अतिक्रमित सरकारी जग्गा फिर्ता ल्याएर संरक्षण गर्ने अभियानलाई तीव्र बनाएको छ । सोही अभियानअन्तर्गत गत

पुँजी बजार सुधारका लागि धितोपत्र बोर्डको नयाँ योजना र प्राथमिकता सार्वजनिक

काठमाडौं,३१ असार । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आगामी आर्थिक वर्ष २०८३ / ८४ का लागि आफ्नो नीति तथा कार्यक्रमका प्राथमिकताहरू सार्वजनिक गर्दै पुँजी बजारमा

ग्यास सिलिन्डरको एकीकृत डिजिटल अभिलेख राख्न सरकारलाई संसदीय समितिको आग्रह

काठमाडौं,३१ असार । उद्योग तथा वाणिज्य तथा श्रम एवं उपभोक्ता हित समितिका सभापति रहबर अन्सारीले देशभरका घरधुरीमा रहेका एलपी ग्यास सिलिन्डरको एकीकृत डिजिटल अभिलेख (डाटाबेस)

आजदेखि देशभर भरी ग्यास सिलिन्डर बिक्री सुरु

काठमाडौं,३१ असार । नेपाल आयल निगम लिमिटेडले आज (असार ३१ गते) देखि देशभर पुनः १४.२ केजीको भरी एलपी ग्यास सिलिन्डर बिक्री–वितरण सुरु गरेको छ ।