’नेपालमा मानसिक स्वास्थ्य परिषद् गठन गरियोस्’ : सांसद खनाल

काठमाडौं,३१ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनालले पछिल्लो समय देशमा बढिरहेका आत्मदाहका घटनाले गम्भीर चिन्ता पैदा गरेको भन्दै मानसिक स्वास्थ्यलाई राष्ट्रिय प्राथमिकतामा राखेर नयाँ नीति निर्माण गर्न सरकारसँग माग गर्नु भएको छ्। बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद खनालले आत्मदाहका घटनाले मानसिक स्वास्थ्यको अवस्था र त्यससँग सम्बन्धित सरकारी संयन्त्रबारे गम्भीर समीक्षा आवश्यक रहेको बताउनु भएको छ।

 

उहाँले विज्ञान र प्रविधिको क्षेत्रमा उल्लेखनीय विकास भए पनि मानसिक स्वास्थ्यको क्षेत्रमा अपेक्षा अनुसार काम हुन नसकेको उल्लेख गर्दै अहिले बढ्दो डिप्रेसन, चिन्ता र आत्मदाहका घटनाले समाजलाई थप संवेदनशील बनाएको बताउनु भएको छ। ‘पछिल्लो समय आत्मदाहका अप्रिय घटना घटिरहेका छन्। यसले मलाई गहिरो चिन्तित बनाएको छ । अब हामीले मानसिक स्वास्थ्यको विषयमा गहिरो चिन्तन र व्यापक छलफल गर्ने समय आएको छ।’ सांसद खनालले मानसिक स्वास्थ्य सेवा अझै पनि सीमित, असमान र राजधानी केन्द्रित रहेको टिप्पणी गर्दै यसले देशभरका नागरिकलाई सहज रूपमा सेवा पुग्न नसकेको बताउनु भएको छ।

 

उहाँका अनुसार मानसिक स्वास्थ्य केवल रोगसँग सम्बन्धित विषय मात्र नभई जैविक, मनोवैज्ञानिक र सामाजिक पक्षको सन्तुलनसँग जोडिएको विषय भएकाले यसलाई समग्र दृष्टिकोणबाट सम्बोधन गर्न आवश्यक छ।  स्वास्थ्य सम्बन्धी नीतिमा समयानुकूल परिमार्जन गर्दै नयाँ नीति निर्माण गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले सरकारले यस क्षेत्रमा संस्थागत सुधार अघि बढाउनुपर्ने बताउनु भएको छ।

 

सांसद खनालले मानसिक स्वास्थ्य सेवा प्रभावकारी बनाउन ’मेन्टल हेल्थ काउन्सिल’ स्थापना गर्न सरकारसँग आग्रह गर्नु भएको छ। उहाँले सरकारसँगै प्रतिपक्षी दलहरूलाई पनि मानसिक स्वास्थ्यलाई साझा राष्ट्रिय एजेन्डाका रूपमा लिएर आवश्यक कानुनी तथा नीतिगत व्यवस्था गर्न सहयोग गर्न आग्रह गर्नु भएको छ। ‘नेपालमा मानसिक स्वास्थ्य परिषद् गठन गरियोस्। योग्य र दक्ष मनोवैज्ञानिकको सहभागितामा मानसिक स्वास्थ्य सेवाको प्रभावकारी अनुगमन र व्यवस्थापन हुने संयन्त्र निर्माण गर्न आवश्यक छ,’ उहाँले भन्नु भयो।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

प्रधानमन्त्रीलाई संसद प्रति उत्तरदायी बन्न सांसद गुरुङको आग्रह

काठमाडौं,३१ असार । नेपाली कांग्रेसकी सांसद गीता गुरुङले प्रतिनिधिसभामा प्रधानमन्त्रीलाई संसदप्रति उत्तरदायी बन्न आग्रह गर्दै सदनमा उपस्थित भएर सांसदहरूको प्रश्नको जवाफ दिनुपर्ने माग गर्नु भएको

इलामका जीर्ण सडक तत्काल मर्मत गर्न सांसद निष्कल राईको माग

काठमाडौं, ३१ असार । नेपाली कांग्रेसका सांसद निष्कल राईले इलाम जिल्लाको सडक पूर्वाधारको दयनीय अवस्थाप्रति सरकारको ध्यानाकर्षण गराउँदै तत्काल मर्मत तथा पुनर्निर्माण गर्न माग गर्नुभएको

२०८३/८४ लाई ‘कानुन सुधार तथा निर्माण वर्ष’ घोषणा

काठमाडौं,३१ असार ।  कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा संघीय संसदमा १६६ वटा विधेयक पेश गर्ने तयारी

युवाहरूमा आशा जगाउन र कर्मचारीको माग सम्बोधन गर्न सांसद शर्माको आग्रह

काठमाडौं,३१ असार । नेपाल कम्युनिस्ट पार्टीकी सांसद बलावती शर्मा ले पछिल्लो समय देशमा लगातार भइरहेका आत्मदाहका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यस्ता घटना रोक्न सरकारले

इटहरीको लाइसेन्स कार्यालयको सेवा अवरुद्ध

काठमाडौं,३१ असार । श्रम संस्कृति पार्टीका सांसद पूर्णप्रसाद लिम्बुले यातायात व्यवस्था विभागको केन्द्रीय सर्भरमा आएको समस्याका कारण इटहरीस्थित सवारी चालक अनुमति पत्र कार्यालयको सेवा प्रभावित

सदनको अन्योल अन्त्य गर्न सभामुखलाई सांसद भाटको आग्रह

काठमाडौं,३१ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अली भाटले प्रधानमन्त्रीको अभिव्यक्ति सम्बन्धी विवादमा सभामुखले यथाशीघ्र निर्णय लिनुपर्ने माग गर्नु भएको छ। बुधबार