शेयर धितो कर्जामा राष्ट्र बैंकको नयाँ व्यवस्था

काठमाडौं,३२ असार । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको व्यवस्था बमोजिम शेयर धितो कर्जा (मार्जिन लेन्डिङ) प्रवाहमा नयाँ र लचिलो व्यवस्था लागू गरेको छ । केन्द्रिय बैंकले एक निर्देशन जारी गर्दै अब बैंक तथा वित्तीय संस्थाहरुले सम्बन्धित कम्पनीको सबलताका आधारमा शेयर धितो कर्जाको सीमा निर्धारण गर्नुपर्ने व्यवस्था गरेको हो । राष्ट्र बैंकले संस्थाको सबलता मूल्याङ्कनका लागि विभिन्न स्पष्ट आधारहरु तय गरेको छ । नयाँ निर्देशन अनुसार, कुनै पनि सूचीकृत कम्पनीको सबलता मापन गर्दा उक्त संस्थाको चुक्ता पुँजीको आकार, धितोपत्र सूचीकरण भएको न्यूनतम अवधि, संस्था नाफामा रहेको अवस्था र लाभांश वितरणको इतिहासलाई मुख्य आधार बनाउनुपर्नेछ ।

 

यसका साथै, कम्पनीको क्रेडिट रेटिङ, नियामकीय व्यवस्थाको पालना तथा नियमित रूपमा साधारणसभा सम्पन्न गरे÷नगरेको अवस्थालाई समेत मूल्याङ्कनको आधार बनाउनु पर्ने व्यवस्था गरिएको छ । यसरी गरिएको मूल्याङ्कनमा उच्च अंक प्राप्त गर्ने अर्थात् वित्तीय रूपमा सबल देखिएका कम्पनीहरूको शेयर धितोमा प्रदान गरिने कर्जाको कर्जा–मूल्य अनुपातमा थप सहुलियत दिइनेछ । राष्ट्र बैंकका अनुसार यस्ता कम्पनीको हकमा विद्यमान सीमाभन्दा अधिकतम १० प्रतिशत बिन्दुसम्म कर्जाको सीमा बढाउन सकिनेछ । यसले राम्रो वित्तीय विवरण भएका र सुशासन कायम गरेका कम्पनीका शेयरधनीलाई थप कर्जा प्राप्त गर्न सहज हुनेछ ।

 

यो प्रक्रियालाई पारदर्शी र व्यवस्थित बनाउन राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई विशेष निर्देशन समेत दिएको छ । अब बैंकहरूले शेयर धितो कर्जा प्रवाह गर्दा अपनाइने मूल्याङ्कन विधि र प्रोडक्ट पेपर अनिवार्य रूपमा आफ्नो आधिकारिक वेबसाइटमा सार्वजनिक गर्नुपर्नेछ । यसले गर्दा लगानीकर्ताहरूले कुन आधारमा कर्जाको सीमा तय भएको हो भन्ने स्पष्ट जानकारी पाउनेछन् । हालको विद्यमान व्यवस्था अनुसार, शेयर धितोमा कर्जा प्रवाह गर्दा नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले प्रकाशित गरेको पछिल्लो १८० कार्यदिनको अन्तिम मूल्यको औसत वा शेयरको प्रचलित बजार मूल्यमध्ये जुन कम हुन्छ, त्यसैलाई आधार मान्ने गरिएको छ ।

 

यसरी कायम गरिएको मूल्यको अधिकतम ७० प्रतिशतसम्म मात्र शेयर धितो कर्जा प्रवाह गर्न पाउने व्यवस्था छ । नयाँ व्यवस्थाले यही ७० प्रतिशतको सीमामा सबल कम्पनीका हकमा थप १० प्रतिशतसम्मको लचकता प्रदान गरेको हो । राष्ट्र बैंकको यो नयाँ कदमले शेयर बजारमा सुशासन कायम गरेका र वित्तीय रूपमा बलिया कम्पनीहरूलाई प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ । साथै, यसले शेयर धितो कर्जालाई थप सुरक्षित बनाउनुका साथै जोखिमका आधारमा कर्जाको मूल्य निर्धारण गर्ने प्रणालीलाई संस्थागत गर्ने विश्वास लिइएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापाको मेचीनगरमा ५५७ किलो अवैध गाँजा बरामद

झापा,२० कार्तीक । झापाको मेचीनगरमा प्रहरीले ठूलो परिमाणमा अवैध गाँजा बरामद गरेको छ। मेचीनगर नगरपालिका–५ स्थित सिर्जना चोकको चिया बगानमा लुकाएर राखिएको अवस्थामा प्रहरीले शुक्रबार

एमाले उपाध्यक्ष बादल दमकमा, के भने सार्वजनिक कार्यक्रममा ?

दमक । २० कार्तिक । नेकपा एमालेको दमक नगर कमिटीको नवनिर्मित कार्यालय भवन उद्घाटन कार्यक्रममा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ सहित पार्टीका केन्द्रीय तथा प्रदेश

मोरङमा धर्म प्रचार गरेको आरोप, अमेरिका, ब्राजिल र क्यानडाका १० नागरिक नेपालबाट निष्कासित

मोरङ,२० कात्तिक । निष्कासित हुनेमा अमेरिकाका पाँच, ब्राजिलका दुई र क्यानडाका तीन जना नागरिक रहेका छन् ।   उनीहरूमध्ये एक जना नाबालकसमेत छन् । नाबालकलाई भने

दमक नेशनल स्कुलका विद्यार्थीले देखाए यस्ता प्रतिभा

दमक, २० कार्तिक । झापाको दमक–५ स्थित दमक नेशनल तथा दमक मन्टेश्वरी स्कुलले अभिभावक भेटघाट कार्यक्रमका अवसरमा विद्यार्थीभित्र लुकेका विभिन्न प्रतिभा प्रस्फुटन गराएको छ। कक्षा

गृहमन्त्रीको गृहजिल्लाममा ३० रुपैयाँ पर्ने नुन २०० रुपैयाँ

गोरखा ,२० कात्तिक । हिमालपारिको चुमनुब्री गाउँपालिकाका सामागाउँ, साम्दो, छेकम्पार, बिही र चुम्लिङलगायतका बस्तीमा नुनको मूल्य बजारभन्दा कैयौँ गुणा बढी छ। सरकारले विकट हिमाली क्षेत्रका

धर्म प्रचार गरेको आरोप, जनही ५० हजार सहित मोरङबाट १० विदेशी पक्राउ

मोरङ,२० कात्तिक । अध्यागमन विभागले धर्म प्रचार गरेको आरोपमा १० जना विदेशी नागरिकलाई नेपालबाट निष्कासन गरेको छ । विभागले उनीहरूलाई जनही ५० हजार रुपैयाँ जरिबाना

दानबहादुर कार्कीरिट कात्तिक ३० गते पेशी

काठमान्डौ,२० कात्तिक । प्रहरी महानिरीक्षकबाट हटाइएका दानबहादुर कार्कीको रिट शुक्रबार सर्वाेच्च अदालतमा दर्ता भएको छ । आफूलाई गैरकानुनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको दाबीसहित उनले हिजो