इलम,१ साउन । इलाम कारागारमा संयुक्त छापाका क्रममा ७ नम्बर कोठाबाट ४८ लाख रुपैयाँभन्दा बढी नगद र २४ हजार भारतीय रुपैयाँ बरामद भएको छ।
यो रकम कारागारका नाइके, चौकीदार र एक कैदीसँग फेला परेको हो। उनीहरूको दाबी छ– यो पैसा कैदीबन्दीहरूले सुरक्षित राख्न दिएका हुन्।
तर प्रश्न उठेको छ—जेलभित्र यति ठूलो रकम कसरी जम्मा भयो? यसको वास्तविक मालिक को हो? र यसले कुन कारोबारको संकेत गर्छ?
प्रशासनले रकमको स्रोतबारे गहिरो अनुसन्धान सुरु गरेको छ। वैधानिक स्रोत पुष्टि भए रकम फिर्ता गरिनेछ, तर अवैध कारोबारसँग सम्बन्ध देखिए कडा कानुनी कारबाही हुने चेतावनी दिइएको छ।
जेल सुधार गृह हो कि अवैध आर्थिक कारोबारको अड्डा?
अब अनुसन्धानले मात्र यसको वास्तविक सत्य बाहिर ल्याउनेछ।









