सरकारको नेतृत्व कांग्रेसले पाए सहकार्य निरन्तर रहन सक्छ’ : सचेतक पालुङ्वा

दमक, ३२ असार। नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलकी पुर्व सचेतक तथा भौतिक पूर्वाधार विकास राज्यमन्त्री शोभा चेम्जोङ पालुङ्वाले कोशी प्रदेश सरकारको नेतृत्व कांग्रेसले पाए एमालेसँगको सत्ता सहकार्यलाई निरन्तरता दिन सकिने बताउनुभएको छ।

उज्यालो खबरसँगको टेलिफोन संवादमा उहाँले वर्तमान राजनीतिक परिस्थितिमा सरकार परिवर्तनको अवस्था सिर्जना भए पनि कांग्रेसले मुख्यमन्त्रीसहित सरकारको नेतृत्व गर्ने अवस्थामा एमालेसँगकै सहकार्य कायम राख्न सकिने धारणा व्यक्त गर्नुभयो।

उहाँले भन्नुभयो, “अबको सरकारको नेतृत्व कांग्रेसले त्यस्तो अवस्था बने एमालेसँगको सहकार्यलाई निरन्तरता दिन हामी तयार हुन सक्छौं।”
यसअघि नेपाली कांग्रेसको प्रदेशस्तरीय संयन्त्र बैठकले कोशी प्रदेशमा एमालेसँगको सत्ता सहकार्य प्रभावकारी नरहेको निष्कर्ष निकालेको थियो। तर सचेतक पालुङ्वाले सरकारको स्थायित्व र जनअपेक्षा पूरा गर्न वर्तमान गठबन्धन तत्काल भत्काउनु उपयुक्त नहुने धारणा राख्नुभयो।

उहाँका अनुसार कांग्रेस र एमालेबीचको सहकार्य राजनीतिक स्थायित्वका लागि भएको हो। अहिले नै अर्को दलसँग नयाँ समीकरण बनाउने वा कांग्रेस प्रतिपक्षमा फर्किने निर्णयले जनतामा सकारात्मकभन्दा नकारात्मक सन्देश जाने उहाँको भनाइ छ।

“नयाँ बजेट कार्यान्वयनको चरणमा छ। जनताले विकास र सेवा प्रवाहको अपेक्षा गरेका बेला सरकारबाट बाहिरिने वा नयाँ सत्ता समीकरण खोज्ने काम जनभावनाअनुकूल हुँदैन। सकेसम्म अहिलेको सहकार्यलाई निरन्तरता दिनुपर्छ भन्ने हाम्रो चाहना हो,” पालुङ्वाले भन्नुभयो।

पालुङ्वाको अभिव्यक्तिले कांग्रेसभित्र सत्ता नेतृत्व परिवर्तनको माग बलियो रहे पनि एमालेसँगको गठबन्धन पूर्ण रूपमा अन्त्य गर्ने पक्षमा भने सबै नेताहरू नरहेको संकेत गरेको छ।

यसअघि कांग्रेस -एमालेको सहकार्यमा समेत आलोपालो सरकारको नेतृत्व गर्ने भन्ने सहमति भएको थियो ।

पार्टीको केन्द्रसग समेत छलफल गरेर यो जटिलताको निकास निकालिने समेत उहाले बताउनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

देशभर ६१ प्रतिशत धान रोपाइँ सम्पन्न, गत वर्षभन्दा सुस्त

काठमाडौं,३२ असार । चालु आर्थिक वर्ष २०८३ अन्तर्गत असार ३२ गतेसम्म देशभर धान रोपाइँ ६१.६२ प्रतिशत सम्पन्न भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका

कवाडी गाडी रोकिएपछि व्यवसायीको आत्मदाह प्रयास

काठमाडौं,३२ असार । कवाडी सामान बोकेको गाडी कानुन विपरित रोकिएपछि एकजना व्यवसायीले ‘आत्मदाह’ प्रयास गरेका छन् । बिहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी जिल्ला र

दीर्घकालीन समस्या समाधान हुने गरी विद्यालय शिक्षा विधेयक छिट्टै ल्याइन्छ : शिक्षामन्त्री पोखरेल

चितवन, ३२ असार । सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले दीर्घकालीन समस्या समाधान हुने गरी विद्यालय शिक्षा विधेयक छिट्टै ल्याइने जानकारी दिनु

६ बुँदे मागसहित मिटरब्याज पीडित र गृहमन्त्री बीच तेस्रो चरणको छलफल

रौतहट,३२ असार । मिटरब्याज र ठगीविरुद्ध लामो समयदेखि आन्दोलनरत किसान–मजदुर तथा पीडितहरू र गृहमन्त्री सुधन गुरुङबीच आज (बिहीबार) तेस्रो चरणको वार्ता हुँदैछ । बाराको निजगढस्थित

अनुपस्थित २३ स्वास्थ्य कर्मचारीलाई मन्त्रालयको १५ दिने स्पष्टीकरण पत्र

काठमाडौं,३२ असार । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बिदा स्वीकृत नगराई लगातार ६० दिन सम्म आफ्नो कार्यालयमा अनुपस्थित रहेको कर्मचारीहरूलाई स्पष्टीकरण माग गरेको छ ।

सरकारको नेतृत्व कांग्रेसले पाए सहकार्य निरन्तर रहन सक्छ’ : सचेतक पालुङ्वा

दमक, ३२ असार। नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलकी पुर्व सचेतक तथा भौतिक पूर्वाधार विकास राज्यमन्त्री शोभा चेम्जोङ पालुङ्वाले कोशी प्रदेश सरकारको नेतृत्व कांग्रेसले पाए