साउने संक्रान्ति

पशुपतिनाथमा भक्तजनको घुइँचो

काठमाडौं,१ साउन । साउने संक्रान्तिको अवसरमा आज बिहानैदेखि आराध्यदेव पशुपतिनाथ मन्दिर परिसरमा दर्शनार्थी भक्तजनहरूको उल्लेख्य भीड लागेको छ। शुक्रबार साउन महिनाको पहिलो दिन भगवान शिवको पूजा–आराधना गर्न र मन्दिर दर्शनका लागि काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानबाट श्रद्धालुहरू पशुपतिनाथ पुगेका छन्।

 

साउन महिना भगवान शिवको प्रिय महिना मानिने भएकाले मन्दिरमा भक्तजनको चाप बढेको हो। श्रद्धालुहरूको सुविधा र सुरक्षालाई मध्यनजर गर्दै पशुपति क्षेत्र विकास कोषले मन्दिर परिसरमा आवश्यक व्यवस्था मिलाएको छ। सौरमासअनुसार साउन १ गतेलाई साउने (कर्कट) संक्रान्तिका रूपमा मनाउने परम्परा छ। यस दिन स्नान र दान गर्नाले पुण्य प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ। विशेष गरी महिलाहरूले हरियो चुरा, पोते र पहिरनमा सजिएर भगवान शिवको पूजा–आराधना गरी सुख, शान्ति र अटल सौभाग्यको कामना गर्ने गर्दछन्।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मिटरब्याज पीडित र सरकारबीच आजै लिखित सम्झौताको तयारी, सिंहदरबारमा निर्णायक वार्ता जारी

काठमाडौँ, १ साउन । आन्दोलनरत मिटरब्याज पीडित पक्ष र सरकारी वार्ता टोलीबीच आजै औपचारिक सम्झौता पत्रमा हस्ताक्षर गर्ने तयारी तीव्र पारिएको छ। यसअघि दुवै पक्षबीच

देशका तीन राजमार्ग अझै पूर्णरुपमा अवरुद्ध

काठमाडौं,१ साउन । लगातारको वर्षापछि आएको पहिरो र प्रतिकूल मौसमका कारण देशका विभिन्न राजमार्ग प्रभावित भएका छन्। नेपाल प्रहरीले शुक्रबार बिहान करिब ७ बजेसम्मको विवरण

कोशीले कति खर्च गर्यो अघिल्लो बजेट ?

विराटनगर,१ साउन । नयाँ आर्थिक वर्ष २०८३–८४ सुरु भएसँगै कोशी प्रदेश सरकारले अघिल्लो आर्थिक वर्षमा ७० प्रतिशतभन्दा बढी बजेट खर्च गर्न सफल भएको जनाएको छ

पशुपतिनाथमा भक्तजनको घुइँचो

काठमाडौं,१ साउन । साउने संक्रान्तिको अवसरमा आज बिहानैदेखि आराध्यदेव पशुपतिनाथ मन्दिर परिसरमा दर्शनार्थी भक्तजनहरूको उल्लेख्य भीड लागेको छ। शुक्रबार साउन महिनाको पहिलो दिन भगवान शिवको

थारू समुदायमा ५२३ थर, साझा मानक भाषा निर्माण अन्तिम चरणमा

काठमाडौं ,३२ असार । थारू आयोगले मुक्त कमैया–कमलरीलाई कानुनी रूपमा मुक्त घोषणा गरिए पनि उनीहरूको पुनःस्थापना, सुरक्षित बासस्थान, शिक्षा, रोजगारी तथा जीवनयापनको सुनिश्चितता हुन नसक्दा

देशभर ६१ प्रतिशत धान रोपाइँ सम्पन्न, गत वर्षभन्दा सुस्त

काठमाडौं,३२ असार । चालु आर्थिक वर्ष २०८३ अन्तर्गत असार ३२ गतेसम्म देशभर धान रोपाइँ ६१.६२ प्रतिशत सम्पन्न भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका