हामी दह्रो, मजबुत विशाल वृक्ष हौँ : ओली

काठमाडौं,१ असार। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले समाजमा झूटलाई सत्यका रूपमा पत्याउने प्रवृत्ति बढ्दै गएको टिप्पणी गर्नु भयो।

शुक्रबार नयाँ वेबसाइट र मोबाइल एप सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले एमालेविरुद्ध योजनाबद्ध रूपमा झूटो प्रचार र दुष्प्रचार भइरहेको दाबी गर्नु भयो। आफूहरूले गरेका कामको श्रेय अरूले लिने र झूटो कथा निर्माण गरेर जनतालाई भ्रमित बनाउने प्रवृत्ति बढेको उहांको भनाइ थियो।

उहाँले भन्नु भयो,‘झुटो कहानी रचना गर्ने, हामीले नै गरेका कामहरूको चर्चा नहुने, अरूकै नाममा आउने, जादु गरेजस्तो एकैछिनमा यस्तो काम भयो भन्ने हल्ला गर्ने र त्यसलाई मानिसले पत्याउने प्रवृत्ति समाजमा मौलाएको छ ।कालोलाई सेतो, सेतोलाई कालो, राम्रोलाई नराम्रो र नराम्रोलाई राम्रो देखाउने शैली अहिले गोएबल्सभन्दा पनि महागोएबल्स शैली बनेको छ।’

ओलीले यस्तो दुष्प्रचारको सबैभन्दा बढी निशाना एमाले बनेको दाबी गर्दै पार्टीका नेता–कार्यकर्तालाई सचेत हुन आग्रह गर्नुभयो।

उहाँले एमाले नयाँ शैली र कार्यपद्धतिका साथ अघि बढ्ने बताउँदै केही धक्का लागेको भए पनि पार्टी समाप्त नभएको स्पष्ट पार्नुभयो।

‘हामी नयाँ शैली र परिपाटीले अघि बढ्छौँ। हामीले धक्का खाएका छौँ, सिद्धिएका होइनौँ,’ उहाँले भन्नु भयो।

अध्यक्ष ओलीले एमालेलाई एक्ल्याउने प्रयास अझै जारी रहेको दाबी गर्दै एमाले आफ्नै बलमा स्थापित भएको स्वतन्त्र राजनीतिक शक्ति भएको बताउनु भयो।

‘हामी यस्तो लहरो होइनौँ, जसले अर्कोलाई नसमाती उठ्न सक्दैन। हामी दह्रो, मजबुत विशाल वृक्ष हौँ। हामी अरूको बलमा नभई आफ्नै बलमा उम्रँदै, हुर्कंदै अनेक चुनौतीको सामना गर्दै यहाँसम्म आइपुगेका छौँ,’ उहाँले भन्नु भयो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

६० दिनभित्र सांसदको सम्पत्ति विवरण बुझाउन निर्देशन

काठमाडौं,१ साउन । जनप्रतिनिधिको सम्पत्तिमाथि निगरानी बढाउँदै संघीय संसद्का सांसदहरूलाई आफ्नो तथा परिवारको नाममा रहेको सम्पत्तिको अद्यावधिक विवरण बुझाउन निर्देशन दिइएको छ। भ्रष्टाचार निवारण ऐन,

सूर्य कर्कट राशिमा प्रवेश, यस्तो छ धार्मिक तथा शास्त्रीय महत्त्व

काठमाडौं,१ साउन । हिन्दु धर्मावलम्वीहरुले साउने संक्रान्ति पर्व मनाइरहेका छन् । यस दिन सूर्य कर्कट राशिमा प्रवेश गर्ने दिन भएकाले कर्कट संक्रान्ति पनि भनिन्छ ।

युवा ऐन संशोधन गर्न सुझाव

काठमाण्डौँ,१ साउन । युवा श्रम तथा रोजगार मन्त्री माननीय रामजी यादव ज्यूको अध्यक्षतामा युवा ऐनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा छलफल भएको छ। छलफलमा

प्रमुख जिल्ला अधिकारीसहितको टोलीद्वारा कोशी ब्यारेजको स्थलगत अनुगमन

धरान,१ साउन। सप्तकोशी नदीमा जलप्रवाह बढ्दै गएपछि सुनसरी प्रशासनले विपद् प्रतिकार्य तयारीलाई तीव्र बनाएको छ । यस क्रममा प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेसहित सुरक्षा निकायका

हामी दह्रो, मजबुत विशाल वृक्ष हौँ : ओली

काठमाडौं,१ असार। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले समाजमा झूटलाई सत्यका रूपमा पत्याउने प्रवृत्ति बढ्दै गएको टिप्पणी गर्नु भयो। शुक्रबार नयाँ वेबसाइट र मोबाइल

स्वदेशी जुत्ता–चप्पल उद्योगलाई सरकारले नीतिगत सहजीकरण गर्नेः प्रधानमन्त्री शाह

काठमाण्डौँ,१ साउन ।प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशी जुत्ता–चप्पल उद्योगको प्रवद्र्धन, आयात प्रतिस्थापन, रोजगारी सिर्जना तथा निर्यात प्रवद्र्धनका लागि सरकारले आवश्यक नीतिगत तथा संस्थागत सहजीकरण गर्ने प्रतिबद्धता