हराएको वा बिग्रेको सिमको अनलाइनबाटै आवेदन दिन सकिने

काठमाडौं ,१ असार। नेपाल टेलिकमले हराएको वा बिग्रेको सिमकार्डको सट्टा नयाँ सिम लिनका लागि अनलाइनबाटै आवेदन दिन सकिने नयाँ सेवा सञ्चालनमा ल्याएको छ।

टेलिकमले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै साउन १ गतेदेखि यो सेवा सुरु गरिएको जनाएको हो।

अब नेपाल टेलिकमको फिजिकल वा ई–सिम हराएमा अथवा बिग्रिएमा सेवाग्राहीले मा लगइन गरी विकल्पमार्फत आवश्यक विवरण भरेर नयाँ सिमका लागि आवेदन दिन सक्नेछन्।

प्रेस विज्ञप्तिअनुसार आवेदन प्रक्रिया पूरा गरेपछि ग्राहक स्वयं वा प्रतिनिधिमार्फत सम्बन्धित काउन्टरबाट नयाँ सिम प्राप्त गर्न सकिनेछ। नयाँ सिम लिन ५० शुल्क काउन्टरमै तिर्नुपर्ने व्यवस्था गरिएको छ।

यदि ग्राहक स्वयं उपस्थित हुन नसके प्रतिनिधिको नाम आवेदन फाराममै उल्लेख गर्नुपर्नेछ। साथै प्रतिनिधिले आफ्नो परिचय खुल्ने कागजात पनि अनिवार्य रूपमा पेश गर्नुपर्ने टेलिकमले जनाएको छ। ग्राहकको गोपनीयता र सुरक्षालाई ध्यानमा राखेर यस्तो व्यवस्था गरिएको कम्पनीको भनाइ छ।

नेपाल टेलिकमका अनुसार उक्त पोर्टलमार्फत हराएको वा बिग्रेको सिमको सट्टा नयाँ सिम लिनुका साथै नयाँ प्रिपेड ई–सिम लिन, फिजिकल सिमलाई ई–सिममा परिवर्तन गर्न, नयाँ फिजिकल सिम लिन तथा ग्राहक विवरण (केवाईसी) अद्यावधिक गर्नसमेत सकिने सुविधा उपलब्ध छ।

नेपाल टेलिकमले यस सेवाले सिम प्रतिस्थापन प्रक्रियालाई थप सहज, छिटो र व्यवस्थित बनाउने विश्वास व्यक्त गरेको छ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।

सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं,१ साउन । विगत ९ दिनदेखि जारी मिटरब्याज विरुद्धको आन्दोलन अन्ततः स्थगित भएको छ । मिटरब्याज पीडित पक्ष र सरकारबीच आज ९ बुँदे सहमति भएसँगै

हराएको वा बिग्रेको सिमको अनलाइनबाटै आवेदन दिन सकिने

काठमाडौं ,१ असार। नेपाल टेलिकमले हराएको वा बिग्रेको सिमकार्डको सट्टा नयाँ सिम लिनका लागि अनलाइनबाटै आवेदन दिन सकिने नयाँ सेवा सञ्चालनमा ल्याएको छ। टेलिकमले शुक्रबार

राष्ट्र बैंक ऐन संशोधन विधेयकमा खुला छलफल गर्न सरकार तयारः अर्थमन्त्री

काठमाडौँ,१ साउन । प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको शुक्रबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न ल्याइएको विधेयकमाथि दफावार छलफल गरिएको छ ।