तीन महिनामा तीन लाख सदस्य थप्ने उज्यालो नेपाल पार्टीको लक्ष्य

काठमाडौं , २ साउन। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी तीन महिनाभित्र देशभर तीन लाख सदस्यता वितरण गर्ने लक्ष्यसहित संगठन विस्तार अभियानलाई तीव्र बनाउन कार्यकर्तालाई आग्रह गर्नु भएको छ । उज्यालो नेपाल पार्टी खाँडादेवी–काठमाडौं सम्पर्क मञ्चको प्रथम भेलालाई सम्बोधन गर्दै अध्यक्ष घिसिङले डिजिटल सदस्यता वितरणसँगै गाउँ–गाउँमा पुगेर जनतासँग प्रत्यक्ष संवाद गर्ने अभियान सञ्चालन गरिने बताउनु भएको छ ।

 

उहाँले भन्नु भयो, ‘देशभरी आगामी तीन महिनामा तीन लाख सदस्यता वितरण गर्ने भनेर डिजिटल सदस्यता वितरण र गाउँ–गाउँमा पुगेर जनतासँग संवादको एउटा बाटो पनि हुन्छ । सदस्यता वितरणले व्यापक रूपमा उज्यालो नेपाल पार्टीलाई जनतासम्म पुग्ने कार्यक्रममा धेरै सहयोग पुग्नेछ । आगामी तीन महिनाभित्र व्यापक रूपमा सदस्यता वितरण र संगठन निर्माणमा सबैजना लाग्नुहोला ।’ त्यसैगरी, अध्यक्ष घिसिङले वर्तमान राजनीतिक अवस्था र सरकारको भूमिकाप्रति चिन्ता व्यक्त गर्दै देश पुनः द्वन्द्वतर्फ उन्मुख हुन सक्ने आशंका रहेको बताउनु भयो । उहाँले सरकार र सबै राजनीतिक दलले गम्भीरता अपनाएर देशलाई द्वन्द्वबाट जोगाउन साझा प्रयास गर्नुपर्ने आवश्यकता औंल्याउनु भयो ।

 

उहाँले भन्नु भयो, ‘आज जुन हिसाबले देशमा सरकार र राजनीतिक पार्टीहरूले अहिलेको परिस्थितिमा विभिन्न किसिमको अवस्था सिर्जना गरेका छन् । यसरी करिब तीन–चार महिना पुग्न लाग्यो । तर चार महिनाकै अवधिमा यो देशमा एक किसिमको द्वन्द्व सिर्जना हुने अवस्थामा पुग्न लागेको हो कि भन्ने शंका लागेको छ । यसमा सरकार अत्यन्त गम्भीर भएर लाग्नुपर्नेछ । सम्बन्धित सबै पार्टीहरू पनि यो देशलाई द्वन्द्वबाट बाहिर ल्याउन लाग्नुपर्छ । लामो समयको द्वन्द्वबाट नेपाल धेरै समय राजनीतिक द्वन्द्वमा फसिरह्यो । फेरि झन् ठूलो द्वन्द्वमा जाने अवस्था सिर्जना हुन लागेको हो कि भन्ने हामीले महसुस गरेका छौं ।’

घिसिङले यस्तो अवस्था आउनुमा सरकारको सबैभन्दा ठूलो जिम्मेवारी रहेको दाबी गर्नु भयो । दुई तिहाइको बहुमतसहित जनताबाट विश्वास प्राप्त सरकारले आम नागरिकको इच्छा, आकांक्षा र मागलाई सम्बोधन गर्न जिम्मेवार ढंगले काम गर्नुपर्ने उनको भनाइ थियो । उहाँले विगत तीन–चार महिनाकै अवधिमा पाँच जना नेपाली नागरिकले आत्मदाह गर्नुपर्ने अवस्था सिर्जना भएको उल्लेख गर्दै त्यसले देशको वर्तमान परिस्थिति गम्भीर बनेको संकेत गरेको बताउनु भयो । उहाँले भन्नु भयो, ‘दुई तिहाईको सरकार जनताले सबैभन्दा ठूलो बहुमत दिएर पठाएको, जनताले विश्वास दिएर पठाएको सरकारले आम नागरिकको इच्छा, आकांक्षा र मागलाई सम्बोधन गर्नलाई जिम्मेवार भएर लाग्नुपर्छ । अहिले विगत तीन, चार महिनामै पाँच जना नेपाली नागरिकले आत्मदाह गर्नुपर्ने परस्थिती सिर्जना भयो ।’

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापाको मेचीनगरमा ५५७ किलो अवैध गाँजा बरामद

झापा,२० कार्तीक । झापाको मेचीनगरमा प्रहरीले ठूलो परिमाणमा अवैध गाँजा बरामद गरेको छ। मेचीनगर नगरपालिका–५ स्थित सिर्जना चोकको चिया बगानमा लुकाएर राखिएको अवस्थामा प्रहरीले शुक्रबार

एमाले उपाध्यक्ष बादल दमकमा, के भने सार्वजनिक कार्यक्रममा ?

दमक । २० कार्तिक । नेकपा एमालेको दमक नगर कमिटीको नवनिर्मित कार्यालय भवन उद्घाटन कार्यक्रममा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ सहित पार्टीका केन्द्रीय तथा प्रदेश

मोरङमा धर्म प्रचार गरेको आरोप, अमेरिका, ब्राजिल र क्यानडाका १० नागरिक नेपालबाट निष्कासित

मोरङ,२० कात्तिक । निष्कासित हुनेमा अमेरिकाका पाँच, ब्राजिलका दुई र क्यानडाका तीन जना नागरिक रहेका छन् ।   उनीहरूमध्ये एक जना नाबालकसमेत छन् । नाबालकलाई भने

दमक नेशनल स्कुलका विद्यार्थीले देखाए यस्ता प्रतिभा

दमक, २० कार्तिक । झापाको दमक–५ स्थित दमक नेशनल तथा दमक मन्टेश्वरी स्कुलले अभिभावक भेटघाट कार्यक्रमका अवसरमा विद्यार्थीभित्र लुकेका विभिन्न प्रतिभा प्रस्फुटन गराएको छ। कक्षा

गृहमन्त्रीको गृहजिल्लाममा ३० रुपैयाँ पर्ने नुन २०० रुपैयाँ

गोरखा ,२० कात्तिक । हिमालपारिको चुमनुब्री गाउँपालिकाका सामागाउँ, साम्दो, छेकम्पार, बिही र चुम्लिङलगायतका बस्तीमा नुनको मूल्य बजारभन्दा कैयौँ गुणा बढी छ। सरकारले विकट हिमाली क्षेत्रका

धर्म प्रचार गरेको आरोप, जनही ५० हजार सहित मोरङबाट १० विदेशी पक्राउ

मोरङ,२० कात्तिक । अध्यागमन विभागले धर्म प्रचार गरेको आरोपमा १० जना विदेशी नागरिकलाई नेपालबाट निष्कासन गरेको छ । विभागले उनीहरूलाई जनही ५० हजार रुपैयाँ जरिबाना

दानबहादुर कार्कीरिट कात्तिक ३० गते पेशी

काठमान्डौ,२० कात्तिक । प्रहरी महानिरीक्षकबाट हटाइएका दानबहादुर कार्कीको रिट शुक्रबार सर्वाेच्च अदालतमा दर्ता भएको छ । आफूलाई गैरकानुनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको दाबीसहित उनले हिजो