वैदेशिक रोजगारीमा नेपालीको आकर्षण घट्यो, श्रम स्वीकृतिमा ५/६ प्रतिशतले कमी

काठमाडौं,४ असार । आर्थिक वर्ष २०८२÷८३ मा वैदेशिक रोजगारीका लागि विदेश जाने नेपालीको संख्या घटेको छ । वैदेशिक रोजगार विभागका अनुसार नयाँ श्रम स्वीकृति र पुनः श्रम स्वीकृति (बिदामा आएर फर्कने) गरी गत आर्थिक वर्षमा कुल ७ लाख ९२ हजार १८७ श्रम स्वीकृति जारी भएको छ ।

यो अघिल्लो आर्थिक वर्ष २०८१÷८२ को ८ लाख ३९ हजार २६६ को तुलनामा ४७ हजार ७९ अर्थात् ५।६ प्रतिशतले कम हो । नेपालको अर्थतन्त्र विप्रेषणमा ठूलो मात्रामा निर्भर रहँदै आएको अवस्थामा वैदेशिक रोजगारीमा जानेको संख्या घट्नु अर्थतन्त्रका लागि चासोको विषय बनेको छ ।

विभागका अनुसार समीक्षा अवधिमा अमेरिका–इरान युद्धका कारण खाडी मुलुकतर्फको हवाई उडान प्रभावित हुँदा नेपाली कामदारको प्रस्थानमा समेत असर परेको थियो ।

गत आर्थिक वर्षमा जारी गरिएका श्रम स्वीकृतिमध्ये ६ लाख ९७ हजार ९६ पुरुष र ९५ हजार ९१ महिलाका लागि थिए। कुल श्रम स्वीकृतिमध्ये ८८ प्रतिशत पुरुष र १२ प्रतिशत महिला रहेको तथ्यांकले नेपालको वैदेशिक रोजगारी अझै पनि मुख्यतः पुरुषकेन्द्रित रहेको देखाउँछ ।

विभागको तथ्यांकअनुसार इजाजतप्राप्त वैदेशिक रोजगार व्यवसायी (म्यानपावर कम्पनी) मार्फत विदेश जाने नेपालीको संख्या उल्लेखनीय रूपमा घटेको छ । गत आर्थिक वर्षमा म्यानपावर कम्पनीमार्फत २ लाख ६८ हजार ९९० जना विदेश गएका छन् । अघिल्लो वर्ष यस्तो संख्या ३ लाख ५९ हजार ६७५ थियो ।

यस्तै, व्यक्तिगत रूपमा नयाँ श्रम स्वीकृति लिएर विदेश जानेको संख्या १ लाख २८ हजार ५२० पुगेको छ । यसमध्ये ९८ हजार ८४१ पुरुष र २९ हजार ६७९ महिला छन् । व्यक्तिगत रूपमा विदेश जाने समूहमा महिलाको हिस्सा २३।९ प्रतिशत रहेको छ, जुन म्यानपावर कम्पनीमार्फत जाने महिलाको अनुपातभन्दा दोब्बरभन्दा बढी हो ।

सरकार–सरकार (जीटूजी) प्रणालीअन्तर्गत गत आर्थिक वर्षमा ८ हजार १९७ जना नेपाली कामदार विदेश गएका छन् । यसमध्ये ६ हजार ९४५ पुरुष र १ हजार २५२ महिला रहेका छन् ।

वैदेशिक रोजगारीका लागि संयुक्त अरब इमिरेट्स (यूएई) नेपाली कामदारको सबैभन्दा ठूलो गन्तव्य बनेको छ । गत आर्थिक वर्षमा १ लाख ८३ हजार ५८० जनाले यूएईका लागि श्रम स्वीकृति लिएका छन्, जुन कुल स्वीकृतिको २३।१७ प्रतिशत हो ।

त्यसपछि मलेसियामा १ लाख ३२ हजार ६४६ (१६।७४ प्रतिशत), कतारमा १ लाख ३२ हजार ५१ (१६।६७ प्रतिशत), साउदी अरेबियामा १ लाख २४ हजार ५८३ (१५।७३ प्रतिशत) र कुवेतमा ४३ हजार ३६० (५।४७ प्रतिशत) नेपाली कामदारले श्रम स्वीकृति लिएका छन् । यी पाँच देशमा मात्रै ६ लाख १६ हजार २२० नेपाली पुगेका छन्, जुन कुल श्रम स्वीकृतिको ७७।७९ प्रतिशत हो ।

युरोपतर्फ रोमानिया नेपाली कामदारका लागि सबैभन्दा ठूलो गन्तव्य बनेको छ । गत आर्थिक वर्षमा ३३ हजार ९२० जनाले रोमानियाका लागि श्रम स्वीकृति लिएका छन् । त्यसपछि जापान (२२ हजार २६६), ओमान (११ हजार ६३३), साइप्रस (११ हजार ६९) र बहराइन (९ हजार ३३६) नेपाली कामदारका प्रमुख गन्तव्य बनेका छन् ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापाको मेचीनगरमा ५५७ किलो अवैध गाँजा बरामद

झापा,२० कार्तीक । झापाको मेचीनगरमा प्रहरीले ठूलो परिमाणमा अवैध गाँजा बरामद गरेको छ। मेचीनगर नगरपालिका–५ स्थित सिर्जना चोकको चिया बगानमा लुकाएर राखिएको अवस्थामा प्रहरीले शुक्रबार

एमाले उपाध्यक्ष बादल दमकमा, के भने सार्वजनिक कार्यक्रममा ?

दमक । २० कार्तिक । नेकपा एमालेको दमक नगर कमिटीको नवनिर्मित कार्यालय भवन उद्घाटन कार्यक्रममा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ सहित पार्टीका केन्द्रीय तथा प्रदेश

मोरङमा धर्म प्रचार गरेको आरोप, अमेरिका, ब्राजिल र क्यानडाका १० नागरिक नेपालबाट निष्कासित

मोरङ,२० कात्तिक । निष्कासित हुनेमा अमेरिकाका पाँच, ब्राजिलका दुई र क्यानडाका तीन जना नागरिक रहेका छन् ।   उनीहरूमध्ये एक जना नाबालकसमेत छन् । नाबालकलाई भने

दमक नेशनल स्कुलका विद्यार्थीले देखाए यस्ता प्रतिभा

दमक, २० कार्तिक । झापाको दमक–५ स्थित दमक नेशनल तथा दमक मन्टेश्वरी स्कुलले अभिभावक भेटघाट कार्यक्रमका अवसरमा विद्यार्थीभित्र लुकेका विभिन्न प्रतिभा प्रस्फुटन गराएको छ। कक्षा

गृहमन्त्रीको गृहजिल्लाममा ३० रुपैयाँ पर्ने नुन २०० रुपैयाँ

गोरखा ,२० कात्तिक । हिमालपारिको चुमनुब्री गाउँपालिकाका सामागाउँ, साम्दो, छेकम्पार, बिही र चुम्लिङलगायतका बस्तीमा नुनको मूल्य बजारभन्दा कैयौँ गुणा बढी छ। सरकारले विकट हिमाली क्षेत्रका

धर्म प्रचार गरेको आरोप, जनही ५० हजार सहित मोरङबाट १० विदेशी पक्राउ

मोरङ,२० कात्तिक । अध्यागमन विभागले धर्म प्रचार गरेको आरोपमा १० जना विदेशी नागरिकलाई नेपालबाट निष्कासन गरेको छ । विभागले उनीहरूलाई जनही ५० हजार रुपैयाँ जरिबाना

दानबहादुर कार्कीरिट कात्तिक ३० गते पेशी

काठमान्डौ,२० कात्तिक । प्रहरी महानिरीक्षकबाट हटाइएका दानबहादुर कार्कीको रिट शुक्रबार सर्वाेच्च अदालतमा दर्ता भएको छ । आफूलाई गैरकानुनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको दाबीसहित उनले हिजो