धनुषामा ’एक विद्यार्थी एक रुख’ अभियान सुरु

जनकपुर,५ साउन । धनुषाको क्षेत्र नं. ३ मा आजदेखि ‘एक विद्यार्थी एक रुख’ अभियान सुरु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका धनुषा क्षेत्र नं. ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सांसद मनिष झाको सचिवालयले उक्त अभियानको आजबाट सुरु गरेका छन् । पहिलो चरणमा आज ५ देखि ७ हजार बिरुवा धनुषा क्षेत्र नं. ३ मा रहेका विद्यार्थीहरुलाई दिईने रास्वा जनकपुरधामका नेता एव जितेन्द्र महासेठले जानकारी दिनु भयो ।

 

उहाँले विगतमा बोट विरुवा रोप्ने कार्य थुप्रै भएता पनि ती बोट विरुवाको संरक्षण हुन नसेकोले विद्यार्थीहरुलाई संरक्षणको जिम्मा दिने उद्देश्यले आजबाट यो अभियानको सुरुवात गरेको जानकारी दिनु भयो । नेता महासेठका अनुसार यसबाट वातावरण संरक्षण मात्र नभई विद्यार्थीहरुलाई आफ्नो जिम्मेवारी पनि बोध हुनेछ ।

 

धनुषा निर्वाचन क्षेत्र नं. ३ मा रहेका जम्मा २२ वटा सामुदायीक विद्यालयका विद्यार्थीहरुलाई आज विरुवा वितरण गर्ने कार्यक्रम रहेको नेता महासेठले जानकारी दिनु भयो । उहाँका अनुसार धनुषा क्षेत्र नं. ३ का प्रत्येक विद्यालयमा हरियाली प्रवद्र्धन गर्दै वातावरणमैत्री समाज निर्माण गर्ने उद्देश्यकका साथ यो अभियान सञ्चालन गरिएको होे ।

 

उक्त अभियाजनका निम्ति वन डिभिजन कार्यालयले निम, जामुन, तेज पत्ता लगायतका बोट विरुवाहरु उपलब्ध गराएको हो । अभियानको सुरुवात जनकपुरधामको एतिहासिक ज्ञानकुप विद्यायलका करीब १ हजार विद्यार्थीलाई विरुवा हस्तान्तरण गरेर गरिएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राजनीतिक विकृति नरोकिए विस्फोट हुन सक्छः थापा

काठमाडौं,५ साउन । नेपाली कांग्रेसका सभापति गगन थापाले राजनीतिमा बढ्दै गएको विकृतिका कारण समाजमा गहिरो असन्तुष्टि पैदा भएको भन्दै नेतृत्वले त्यसलाई समयमै बुझ्न नसके कुनै

कृषि उत्पादकत्व बढाउन सिँचाइ र कृषिलाई सँगै लैजान्छौँ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं,५ साउन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले सिँचाइ र कृषिलाई एकीकृत गर्दै कृषि उत्पादकत्व वृद्धि गर्ने तयारी भइरहेको बताउनु भएको छ। साथै,

शिक्षा मन्त्री पोखरेल र अमेरिकी कार्यवाहक राजदूत अर्बम बिच भेटवार्ता

काठमाडौं,५ साउन । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका कार्यवाहक राजदूत स्कट अर्बमले शिष्टाचार भेटवार्ता गर्नु भएको छ। सिंहदरबारस्थित मन्त्रालयमा

वैदेशिक रोजगार पूर्ण रूपमा ’डिजिटल’ बनाइने, काठमाडौं धाउनु पर्ने बाध्यता हट्दै

काठमाडौं,५ साउन । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले वैदेशिक रोजगार क्षेत्रलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्ने तयारी भइरहेको बताउनु भएको छ ।

शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत कर खारेज भएको प्रधानमन्त्री बालेनको घोषणा

काठमाडौँ,५ साउन । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क लागू नगर्ने निर्णय गरेको छ । प्रधानमन्त्री बालेन शाहले सरकारले शिक्षा समता शुल्क र

कीर्तिपुरमा रोकिराखेको कारमा आगलागी, एक पुरुषको शव फेला

काठमाडौं, ५ साउन । काठमाडौंको कीर्तिपुरमा कारमा आगलागी भएको छ। मंगलबार साढे ११ बजेतिर कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटमा रोकि राखेको बा ५ च ३०३८ नम्बको कारमा