काठमाडौं, ५ साउन । काठमाडौंको कीर्तिपुरमा कारमा आगलागी भएको छ। मंगलबार साढे ११ बजेतिर कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटमा रोकि राखेको बा ५ च ३०३८ नम्बको कारमा आगलागी भएको प्रहरीले जनाएको छ।गाडीमा लागेको आगो प्रहरीले निभाएको छ। त्यहाँबाट एकजना पुरुषको शव प्रहरीले निकालेको छ। शवको पहिचान हुन सकेको छैन।आगलागी भएको गाडी नबिल बैंकको नाममा रहेको प्रहरीले जानाएको छ। प्रहरीले घटनाको थप अनुसन्धान सुरु भएको छ ।

राजनीतिक विकृति नरोकिए विस्फोट हुन सक्छः थापा
काठमाडौं,५ साउन । नेपाली कांग्रेसका सभापति गगन थापाले राजनीतिमा बढ्दै गएको विकृतिका कारण समाजमा गहिरो असन्तुष्टि पैदा भएको भन्दै नेतृत्वले त्यसलाई समयमै बुझ्न नसके कुनै








