काठमाडौं,७ साउन। वरिष्ठ चिकित्सक तथा चिकित्सा शिक्षा सुधार अभियन्ता डा।गोविन्द केसी धनगढीमा सत्याग्रह बस्ने हुनुभएको छ ।
आज (बिहीबार) दिउँसो ३ बजेबाट धनगढीस्थित कृष्ण मन्दिरको धर्मशालाबाट डा। केसीले सत्याग्रह सुरु गर्ने घोषणा गर्नु भएको हो ।
चिकित्सा शिक्षा सुधारको माग गर्दै पटक–पटक सत्याग्रह बस्दै केसीले सात बुँदे माग राख्दै सत्याग्रह बस्ने घोषण गर्नु भएको छ ।
उहाँले स्वास्थ्य तथा स्वास्थ्य क्षेत्रलाई सरकारबाटै निजीकरण गर्ने प्रयास भएकाले त्यसलाई रोक्न सत्याग्रह बस्न लागेको बताउनु भयो ।








