यसरी मनाइयो भँगेरीमा पुष्पलाल श्रेष्ठको ४८ औँ स्मृति दिवस

रामेछाप ,७ साउन। नेपाली कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८ औँ स्मृति दिवस बिहीबार उहाँको जन्मथलो रामेछापको भँगेरीमा पुष्पलालप्रति श्रद्धा व्यक्त गर्दै मनाइएको छ ।

नेकपा एमाले रामेछापको आयोजनामा भएको कार्यक्रममा भँगेरीमा रहेको शहीद गंगालाल र नेकपाका संस्थापक महासचिव पुष्पलालको सालिकामा पुष्पगुच्छा चढाएर स्मृति दिवस मनाइएको एमाले रामेछापका सचिव प्रकाशकुमार कार्कीले जानकारी दिनुभयो ।

कार्यक्रम नेकपा एमाले रामेछापका कार्यवाहक अध्यक्ष होतराज ढकालको अध्यक्षता तथा नेकपा एमाले केन्द्रीय सदस्य एवं रामेछाप जिल्ला इञ्चार्ज माधव ढुङ्गेलको प्रमुख आतिथ्यतामा भएको थियो ।

कार्यक्रममा बोल्दै ढुङ्गेलले पुष्पलाल दूरदर्शी नेता भएको बताउनु भयो । उहाँले नेपालमा लोकतन्त्र स्थापनाको लागि कम्युनिष्ट र कांग्रेस मिल्नुपर्छ भन्ने पुष्पलालको दृष्टिकोणकै कारण नेपालमा बहुदल र गणतन्त्र प्राप्त भएको स्मरण गराउनु भयो । बाम–लोकतान्त्रिक गठबन्धन हुनुपर्छ भन्दा पुष्पलाललाई गद्दार भनिएको भए पनि कालान्तरमा उहाँको दृष्टिकोण सत्य साबित भएको उहाँले बताउनु भयो ।

ढुङ्गेलले आज फेरी नेपालमा बामशक्ति एक ठाउँमा उभिनु पर्ने बेला आएको बताउँदै वामपन्थीको लोकप्रियताकै कारण अहिले बामपन्थी माथि सामाजिक सञ्जालमार्फत आक्रमण भएको बताउनु भयो ।

अहिले फेरि पनि एमालले वामपन्थी र लोकतान्त्रिक शक्तिहरू तथा संविधान निर्माता शक्तिहरू एक भएर जानु पर्छ भन्ने मान्यता राखेको स्पष्ट पार्नुभयो । ‘को को देशी विदेशी शक्तिको जाल भित्र पर्छन्, जाल भित्र पस्नेहरु यो मान्यतामा आउँदैनन्, को को जालमा पर्छन् हेर्दै जाउँला, तर नेकपा एमाले सबैलाई मिलाएर जानुपर्छ भन्ने मान्यतामा छ, नेकपा एमाले सबैलाई मिलाएर लैजानु पर्छ भन्ने अडानमा रहेको छ’, ढुंगेलले भने ।

एमाले कहाँ कहाँ रूपान्तरण भएर जानुपर्छ त्यहाँ रूपान्तरण हुन एमाले तयार रहेको उहाँले बताउनु भयो । देशको रक्षा गर्ने, विकास र समृद्धिको यात्रालाई अगाडि बढाउने कुरामा एमाले जस्तोसुकै त्याग गर्न तयार रहेको उहाँले स्पष्ट पार्नु भयो ।

कार्यक्रममा एमालेका प्रदेश कमिटीका नेताहरू, जनप्रतिनिधि, जिल्ला कमिटीका नेताहरू, जनसंगठनका नेताहरू, नगर, गाउँ र वडा कमिटीका नेताहरू लगायतको सहभागिता थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाबुले भोट हालेर गए, तर हाम्रो नागरिकता नै बनेन

दमक, ८ साउन । झापाको गौरीगञ्ज गाउँपालिका–३ मा बस्ने धुतुरो मुखिया ३२ वर्षको हुनुभयो । तर, उहाँको जीवनको एउटा ठूलो सपना अझै अधुरै छ। त्यो

‘सीमा सुरक्षा कडा बनाउन नियमित छड्के अनुगमन गर्दैछु’: गृहमन्त्री

काठमाडौं,८ साउन । संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा गृहमन्त्री सुधन गुरुङले दक्षिणी सीमा क्षेत्रको सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन आफूले सिमावर्ती नाकामा नियमित रूपमा

वामपन्थी आन्दोलन र सुरक्षा निकायका कमजोरी बारे प्रचण्डको प्रश्न

काठमाडौं,८ साउन । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालै देखिएको राजनीतिक घटनाक्रमले नेपालको राजनीतिक नेतृत्व, सुरक्षा संयन्त्र तथा वामपन्थी आन्दोलनका कमजोरीबारे

न्यायपालिकामा हस्तक्षेप नगर्न नेपाल सरकारलाई अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाहरूको चेतावनी

काठमाडौं,८ साउन । अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाहरूले नेपाल सरकारलाई सर्वोच्च अदालतमा हुने नियुक्ति तथा अदालतको संरचनामा हस्तक्षेप नगर्न चेतावनी दिएका छन्। उनीहरूले यसलाई न्यायपालिकाको स्वतन्त्रतामाथिको गम्भीर

आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनको छलफल सुरु

काठमाडौं,८ साउन। नेपालमा इन–भिट्रो फर्टिलाइजेसन (आईभीएफ) सेवालाई सुरक्षित, गुणस्तरीय र व्यवस्थित बनाउन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आवश्यक कानुनी तथा नीतिगत छलफल गरेको छ। स्वास्थ्य

दमक बजारका सडक मर्मत गरिदिन मेयर थापाको तारन्तार पत्र, तर देखिएन उपलब्धि

दमक, ८ साउन । दमक नगरपालिकाभित्र निर्माणाधीन सडक तथा ढल व्यवस्थापन आयोजनाहरू लामो समयदेखि अलपत्र परेपछि दमक नगरपालिकाका नगरप्रमुख रामकुमार थापाले सम्बन्धित निकायलाई पटक–पटक पत्राचार