सबै स्थानीय तहमा भुमि बैंक सञ्चालनगर्ने सरकारको तयारी

काठमाडौं,७ साउन । देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन हुने भएको छ । उपयोगविहीन तथा बाँझो अवस्थामा रहेका निजी जग्गालाई उत्पादनमूलक क्षेत्रमा प्रयोग गर्ने उद्देश्यले भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भूमि बैंक सञ्चालनको प्रक्रिया अघि बढाएको हो ।

मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै भूमि उपयोग ऐन, २०७६ तथा भूमि उपयोग नियमावली, २०७९ ९तेस्रो संशोधन, २०८२० मा भएको व्यवस्थाअनुसार स्थानीय तहबाट प्रयोगमा नरहेका निजी जग्गालाई उत्पादनमूलक काममा लगाउन सकिने जनाएको छ ।

मन्त्रालयका अनुसार भूमि बैंक सञ्चालनका लागि ‘भूमि बैंक (स्थापना तथा सञ्चालन) कार्यविधि, २०८३’ स्वीकृत भइसकेको छ । उक्त कार्यविधिअनुसार प्रत्येक स्थानीय तहमा भूमि बैंक स्थापना गरी सञ्चालन गर्ने व्यवस्था गरिएको छ ।

कार्यविधि कार्यान्वयनका लागि मन्त्रालयले सबै स्थानीय तहमा आवश्यक परिपत्रसमेत पठाइसकेको जनाएको छ । अब स्थानीय तहले आफ्नो क्षेत्रभित्र रहेका बाँझो, प्रयोगविहीन तथा उत्पादनमा नआएका निजी जग्गाको विवरण संकलन गरी भूमि बैंकमार्फत उपयोगमा ल्याउने प्रक्रिया अघि बढाउनेछन् ।

भूमि बैंकमा जग्गा उपलब्ध गराउने जग्गाधनीले आफ्नो जग्गा निश्चित अवधिका लागि कृषि, पशुपालन, उद्यम, व्यावसायिक खेती वा अन्य उत्पादनमूलक प्रयोजनका लागि प्रयोग गर्न दिन सक्ने व्यवस्था गरिनेछ । यसबाट एकातर्फ बाँझो जमिनको उपयोग बढ्ने र अर्कोतर्फ कृषि उत्पादन तथा स्थानीय रोजगारी सिर्जनामा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

सरकारले पछिल्लो समय भूमि उपयोगलाई व्यवस्थित गर्ने, खेतीयोग्य जमिन संरक्षण गर्ने र उत्पादनशील क्षेत्रमा लगानी बढाउने उद्देश्यले भूमि बैंकको अवधारणा अघि सारेको हो । स्थानीय तहको सक्रियतासँगै देशभर छरिएर रहेका प्रयोगविहीन निजी जग्गालाई उत्पादन प्रणालीमा जोड्ने लक्ष्य राखिएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापाको मेचीनगरमा ५५७ किलो अवैध गाँजा बरामद

झापा,२० कार्तीक । झापाको मेचीनगरमा प्रहरीले ठूलो परिमाणमा अवैध गाँजा बरामद गरेको छ। मेचीनगर नगरपालिका–५ स्थित सिर्जना चोकको चिया बगानमा लुकाएर राखिएको अवस्थामा प्रहरीले शुक्रबार

एमाले उपाध्यक्ष बादल दमकमा, के भने सार्वजनिक कार्यक्रममा ?

दमक । २० कार्तिक । नेकपा एमालेको दमक नगर कमिटीको नवनिर्मित कार्यालय भवन उद्घाटन कार्यक्रममा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ सहित पार्टीका केन्द्रीय तथा प्रदेश

मोरङमा धर्म प्रचार गरेको आरोप, अमेरिका, ब्राजिल र क्यानडाका १० नागरिक नेपालबाट निष्कासित

मोरङ,२० कात्तिक । निष्कासित हुनेमा अमेरिकाका पाँच, ब्राजिलका दुई र क्यानडाका तीन जना नागरिक रहेका छन् ।   उनीहरूमध्ये एक जना नाबालकसमेत छन् । नाबालकलाई भने

दमक नेशनल स्कुलका विद्यार्थीले देखाए यस्ता प्रतिभा

दमक, २० कार्तिक । झापाको दमक–५ स्थित दमक नेशनल तथा दमक मन्टेश्वरी स्कुलले अभिभावक भेटघाट कार्यक्रमका अवसरमा विद्यार्थीभित्र लुकेका विभिन्न प्रतिभा प्रस्फुटन गराएको छ। कक्षा

गृहमन्त्रीको गृहजिल्लाममा ३० रुपैयाँ पर्ने नुन २०० रुपैयाँ

गोरखा ,२० कात्तिक । हिमालपारिको चुमनुब्री गाउँपालिकाका सामागाउँ, साम्दो, छेकम्पार, बिही र चुम्लिङलगायतका बस्तीमा नुनको मूल्य बजारभन्दा कैयौँ गुणा बढी छ। सरकारले विकट हिमाली क्षेत्रका

धर्म प्रचार गरेको आरोप, जनही ५० हजार सहित मोरङबाट १० विदेशी पक्राउ

मोरङ,२० कात्तिक । अध्यागमन विभागले धर्म प्रचार गरेको आरोपमा १० जना विदेशी नागरिकलाई नेपालबाट निष्कासन गरेको छ । विभागले उनीहरूलाई जनही ५० हजार रुपैयाँ जरिबाना

दानबहादुर कार्कीरिट कात्तिक ३० गते पेशी

काठमान्डौ,२० कात्तिक । प्रहरी महानिरीक्षकबाट हटाइएका दानबहादुर कार्कीको रिट शुक्रबार सर्वाेच्च अदालतमा दर्ता भएको छ । आफूलाई गैरकानुनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको दाबीसहित उनले हिजो