संक्रमणकालीन न्याय टुंग्याउन सरकारलाई द्वन्द्वपीडितको दबाब

काठमाडौं,७ साउन । आम द्वन्द्वपीडित समुदायले संक्रमणकालीन न्याय प्रक्रियामा पीडितको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न माग गर्दै बिहीबार काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ । प्रदर्शनमा सहभागीहरूले पीडितको सहभागिताबिनाको कुनै पनि न्यायिक निर्णय स्वीकार्य नहुने बताएका छन् ।

प्रदर्शनका क्रममा वरिष्ठ अधिवक्ता एकराज भण्डारीले शान्ति प्रक्रियाका तीनमध्ये संविधान निर्माण र सेना समायोजनका काम सम्पन्न भए पनि गम्भीर मानवअधिकार उल्लङ्घनका घटनालाई सम्बोधन गर्ने संक्रमणकालीन न्यायको कार्य अझै अधुरै रहेको बताउनु भयो । विस्तृत शान्ति सम्झौतामा गरिएको प्रतिबद्धता विगतका सरकारहरूले पूरा गर्न नसकेको उल्लेख गर्दै उहाँले अहिलेको सरकारले उक्त दायित्व पूरा गर्नुपर्नेमा जोड दिनु भयो ।

उहाँले भन्नु भयो, ‘शान्ति प्रक्रियाका तीन वटा कुरा हुन् । संविधान निर्माणको कुरा सम्पन्न भएको छ र त्यसैगरी सेना समायोजन भएको छ, त्यो पनि । अब यो तेस्रो र अत्यन्त महत्त्वपूर्ण युद्ध, सशस्त्र युद्ध कार्यक्रम, जनयुद्धमा गम्भीर मानव अधिकार उल्लङ्घनका घटनाहरूलाई सम्बोधन गर्ने जुन कमिटमेन्ट गरिएको थियो, विस्तृत शान्ति सम्झौतामा, त्यो विगतका सरकारहरूले गरेनन् ।’

उहाँले विगतका सरकारहरूमा द्वन्द्वका दुवै पक्षका राजनीतिक दल सहभागी भए पनि संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्याउन नसकेको टिप्पणी गर्नु भयो । अहिलेको सरकारले पनि आफ्नो संवैधानिक र कानुनी दायित्वबाट पन्छिन नहुने उहाँको भनाइ थियो ।

भण्डारीले संविधान, कानुन र सर्वोच्च अदालतको आदेशअनुसार सरकारले संक्रमणकालीन न्यायको प्रक्रिया अघि बढाउनुपर्ने बताउनु भयो । विगतका अनुभवका कारण कुनै पनि सरकारप्रति पूर्ण विश्वास गर्ने अवस्था नरहेको उल्लेख गर्दै उहाँले सरकारले काम गरेर देखाएपछि मात्र विश्वास गर्ने धारणा व्यक्त गर्नु ।

द्वन्द्वपीडितका आवाज सुनुवाइ नभएकाले आफूहरू सडक आन्दोलनमा उत्रिन बाध्य भएको उहाँको भनाइ थियो । उहाँले सरकारले द्वन्द्वका क्रममा ज्यान गुमाएकाहरू, बेपत्ता पारिएका व्यक्तिहरू, घाइते तथा अपाङ्गता भएका व्यक्तिहरूको योगदानको संस्थागत सम्मान गर्नुपर्ने र उनीहरूका परिवारको अभिभावकत्व लिनुपर्ने माग गर्नु भयो । साथै, पीडकको पहिचान गरी कानुनी कारबाहीको दायरामा ल्याउनुपर्नेमा उहाँको जोड थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

संक्रमणकालीन न्याय टुंग्याउन सरकारलाई द्वन्द्वपीडितको दबाब

काठमाडौं,७ साउन । आम द्वन्द्वपीडित समुदायले संक्रमणकालीन न्याय प्रक्रियामा पीडितको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न माग गर्दै बिहीबार काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ ।

रवि चीन जाँदै ? कूटनीतिक दौड कि नयाँ राजनीतिक सन्देश ?

कठमान्डौं, ७ साउन । नेपालको राजनीतिमा फेरि एउटा नयाँ दृश्य देखिँदैछ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चीन भ्रमणको तयारीमा छन्। अगस्टको दोस्रो

ऐन मिचेर नेपाल स्काउटमा राजनीतिक पहुँचको खेलः थापा कसरी बने प्रमुख आयुक्त?

काठमाण्डौँ,७ साउन। नियम, अनुशासन र निष्पक्षताको पाठ सिकाउने नेपाल स्काउट यतिबेला आफ्नै ऐन–कानुनको धज्जी उडाएर विवादको घेरामा परेको छ। नेपाल स्काउट ऐन २०५० को दफा

सबै स्थानीय तहमा भुमि बैंक सञ्चालनगर्ने सरकारको तयारी

काठमाडौं,७ साउन । देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन हुने भएको छ । उपयोगविहीन तथा बाँझो अवस्थामा रहेका निजी जग्गालाई उत्पादनमूलक क्षेत्रमा प्रयोग गर्ने उद्देश्यले

मेचीनगरका दुई दिसाजन्य लेदो प्रशोधन केन्द्र सात वर्षदेखि अलपत्र

झापा,७ साउन । एसियाली विकास बैंक र बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसनको आर्थिक सहयोग तथा खानेपानी मन्त्रालय र स्थानीय तहको संयुक्त लगानीमा मेचीनगर–१४ दुहागढी र

प्रधानमन्त्री बालेन शाहमाथि नीति बदलिएको आरोप

काठमान्डौं,७ साउन । जसले विदेशी कूटनीतिज्ञसँग ’वान–अन–वान’ भेट नगर्ने भन्दै राष्ट्रवादको नारा दिएका थिए, अहिले उनै प्रधानमन्त्री बालेन शाहमाथि नीति बदलिएको आरोप लागेको छ।“ प्रधानमन्त्रीका