जनताले फेरि विकल्प खोजिरहेका छन् : जयन्ती राई

काठमाडौं,८ साउन । संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति सभापति जयन्ती देवी राईले देश वर्तमान समयमा गम्भीर संकटमा रहेको भन्दै जनअधिकार कमजोर बन्दै गएको टिप्पणी गर्नु भएको छ ।

४८औँ पुष्पलाल स्मृति दिवसको सन्दर्भमा आयोजित ‘वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलहरूको भूमिका’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उहाँले देशको राजनीतिक अवस्थाबारे चिन्ता व्यक्त गर्दै जनताले निरन्तर विकल्प खोजिरहेको बताउनु भयो ।

उहाँले भन्नु भयो, ‘साच्चिकै संकटमा छ यो देश । आज जनअधिकारहरू गुम्दैछन् । त्यसकारण हामीले सोच्नैपर्छ। आज हरेक जनताले विकल्प खोजेका छन् ।’

राईले नेपालको राजनीतिक इतिहास स्मरण गर्दै २००७ सालमा जनताले अधिकारको पक्षमा भूमिका निर्वाह गर्ने शक्तिका रूपमा नेपाली कांग्रेसलाई रोजेको उल्लेख गर्नु भयो । त्यसपछि २०४६÷४७ सालतिर पञ्चायती व्यवस्था अन्त्य र जनअधिकार सुरक्षाका लागि संघर्ष गरेका कारण जनताले कम्युनिष्ट शक्तिलाई रोजेको उहाँको भनाइ थियो ।

उहाँले २०६२÷६३ को जनआन्दोलनपछि पनि जनताले कम्युनिष्ट शक्तिमाथि विश्वास गरेको उल्लेख गर्दै, जहाँ कमरेड प्रचण्डले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारीलाई रोजेको बताउनु भयो ।

उहाँले भन्नु भयो, ‘२००७ सालमा पनि उनीहरुले विकल्प खोजे । त्यतिबेला जसले भूमिका निर्वाह गरेका थिए जनताको अधिकारको निम्ती नेपाली कांग्रेसलाई रोजे । त्यसपछि ४६, ४७ सालपछि पनि कम्युनिष्टलाई नै रोजे । त्यतिखेर पञ्चायत ढाल्नका निम्ती, जनअधिकार सुरक्षाको निम्ती कम्युनिष्टहरुले लडाई गरेका थिए । त्यसपछि ६२,६३ को जनआन्दोलनपछि फेरि उनीहरुले कम्युनिष्टलाई नै रोजे । जहाँ कमरेड प्रचण्डले नेतृत्व गर्नुभएको नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारीलाई रोजे ।’

राईले अहिले पनि जनताले विकल्पको खोजी गरिरहेको दाबी गर्दै पुराना र नयाँ दुवै राजनीतिक शक्तिप्रति असन्तुष्टि बढ्दै गएको टिप्पणी गर्नु भयो ।

उहाँले भन्नु भयो, ‘आज पुरानो पार्टी र नयाँ पार्टीको एजेण्डाको नाममा नयाँ पार्टीलाई रोजे, तर त्यो पनि टिक्नेवाला छैन । पुरानो पार्टीले ३५ वर्ष त चलाए, तर नयाँ पार्टी १०० दिनमै बहुत दुःखपूर्ण भएको छ ।’

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापाको मेचीनगरमा ५५७ किलो अवैध गाँजा बरामद

झापा,२० कार्तीक । झापाको मेचीनगरमा प्रहरीले ठूलो परिमाणमा अवैध गाँजा बरामद गरेको छ। मेचीनगर नगरपालिका–५ स्थित सिर्जना चोकको चिया बगानमा लुकाएर राखिएको अवस्थामा प्रहरीले शुक्रबार

एमाले उपाध्यक्ष बादल दमकमा, के भने सार्वजनिक कार्यक्रममा ?

दमक । २० कार्तिक । नेकपा एमालेको दमक नगर कमिटीको नवनिर्मित कार्यालय भवन उद्घाटन कार्यक्रममा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ सहित पार्टीका केन्द्रीय तथा प्रदेश

मोरङमा धर्म प्रचार गरेको आरोप, अमेरिका, ब्राजिल र क्यानडाका १० नागरिक नेपालबाट निष्कासित

मोरङ,२० कात्तिक । निष्कासित हुनेमा अमेरिकाका पाँच, ब्राजिलका दुई र क्यानडाका तीन जना नागरिक रहेका छन् ।   उनीहरूमध्ये एक जना नाबालकसमेत छन् । नाबालकलाई भने

दमक नेशनल स्कुलका विद्यार्थीले देखाए यस्ता प्रतिभा

दमक, २० कार्तिक । झापाको दमक–५ स्थित दमक नेशनल तथा दमक मन्टेश्वरी स्कुलले अभिभावक भेटघाट कार्यक्रमका अवसरमा विद्यार्थीभित्र लुकेका विभिन्न प्रतिभा प्रस्फुटन गराएको छ। कक्षा

गृहमन्त्रीको गृहजिल्लाममा ३० रुपैयाँ पर्ने नुन २०० रुपैयाँ

गोरखा ,२० कात्तिक । हिमालपारिको चुमनुब्री गाउँपालिकाका सामागाउँ, साम्दो, छेकम्पार, बिही र चुम्लिङलगायतका बस्तीमा नुनको मूल्य बजारभन्दा कैयौँ गुणा बढी छ। सरकारले विकट हिमाली क्षेत्रका

धर्म प्रचार गरेको आरोप, जनही ५० हजार सहित मोरङबाट १० विदेशी पक्राउ

मोरङ,२० कात्तिक । अध्यागमन विभागले धर्म प्रचार गरेको आरोपमा १० जना विदेशी नागरिकलाई नेपालबाट निष्कासन गरेको छ । विभागले उनीहरूलाई जनही ५० हजार रुपैयाँ जरिबाना

दानबहादुर कार्कीरिट कात्तिक ३० गते पेशी

काठमान्डौ,२० कात्तिक । प्रहरी महानिरीक्षकबाट हटाइएका दानबहादुर कार्कीको रिट शुक्रबार सर्वाेच्च अदालतमा दर्ता भएको छ । आफूलाई गैरकानुनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको दाबीसहित उनले हिजो