कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउनुपर्छ : माधव नेपाल

काठमाडौं,९ साउन । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनलाई पुनः एकताबद्ध गर्दै नयाँ ऊर्जा र दृढ संकल्पका साथ अघि बढ्नुपर्ने बताउनु भएको छ। शनिबार नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको १३औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले संस्थापक नेताहरूको योगदानलाई नयाँ पुस्तासम्म पु¥याउन इतिहासको संरक्षण अपरिहार्य रहेको बताउनु भयो।

 

उहाँले पुष्पलाल स्मृति प्रतिष्ठान परिसरमा रहेको पुष्पलालको सालिक तोडफोड गरिनुका साथै दुर्लभ दस्तावेज र हस्तलिखित सामग्री जलाइएको घटनाप्रति दुःख व्यक्त गर्दै यस वर्ष फोटोमा माल्यार्पण गरेर स्मृति दिवस मनाउनुपरेको बताउनु भयो। नेपालले नरबहादुर कर्माचार्यले पुष्पलाल श्रेष्ठको नेतृत्वमा २००६ सालमा नेपाल कम्युनिष्ट पार्टी स्थापना गर्न खेलेको भूमिका ऐतिहासिक रहेको उल्लेख गर्दै संस्थापक नेताहरूको सही इतिहास अभिलेखीकरण गर्नुपर्ने आवश्यकता औँल्याउनु भयो।उहाँले इतिहास लेख्ने र संरक्षण गर्ने संस्कृतिको अभाव रहेको उल्लेख गर्दै महत्त्वपूर्ण राजनीतिक घटनाका साक्षी रहेका नेताहरूले आफ्ना अनुभव लिखित रूपमा छाड्नुपर्ने बताउनु भयो।

 

उहाँले भन्नु भयो, ‘यो स्मृतिमा रहेका कुराहरू नोट भएनन् भने त्यत्तिकै हराएर जान्छन्। व्यक्तिहरू बितेपछि घटनाक्रम पनि सँगै हराउने रहेछन्। त्यसैले इतिहासमा महत्त्वपूर्ण भूमिका खेलेका नेताहरूले आफ्ना अनुभव लेखेर छाड्नुपर्छ।’नेपालले आफूले तुलसी गिरी, मनमोहन अधिकारी, तुलसीलाल अमात्य लगायत नेताहरूलाई आफ्ना अनुभव अभिलेख गर्न पटक–पटक आग्रह गरेको स्मरण गर्दै धेरै ऐतिहासिक सामग्री समयमै सुरक्षित गर्न नसक्दा हराएको बताउनु भयो।उहाँले रौतहट जिल्लाको ऐतिहासिक महत्त्वबारे पनि चर्चा गर्दै त्यहाँ भएका राजनीतिक, किसान आन्दोलन तथा कम्युनिष्ट आन्दोलनसँग सम्बन्धित घटनाहरू व्यवस्थित रूपमा अभिलेख गर्नुपर्ने बताउनु भयो।

 

कम्युनिष्ट आन्दोलन अहिले चुनौतीपूर्ण अवस्थामा रहेको उल्लेख गर्दै उनले आन्दोलनलाई पुनर्जीवित गर्न एकता, आत्मसमीक्षा र नयाँ उत्साह आवश्यक रहेको धारणा राख्नु भयो।उहाँले भन्नु भयो, ‘आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ। घोडाबाट लडेपछि शरीरमा लागेको धुलो टकटकाएर फेरि नयाँ ऊर्जाका साथ अगाडि बढ्नुपर्ने आवश्यकता छ।’कार्यक्रममा उहाँले नेपाल कम्युनिष्ट आन्दोलनका संस्थापक नेता नरबहादुर कर्माचार्यप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै उहाँको योगदान नयाँ पुस्ताका लागि प्रेरणाको स्रोत रहेको बताउनु भयो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापाको मेचीनगरमा ५५७ किलो अवैध गाँजा बरामद

झापा,२० कार्तीक । झापाको मेचीनगरमा प्रहरीले ठूलो परिमाणमा अवैध गाँजा बरामद गरेको छ। मेचीनगर नगरपालिका–५ स्थित सिर्जना चोकको चिया बगानमा लुकाएर राखिएको अवस्थामा प्रहरीले शुक्रबार

एमाले उपाध्यक्ष बादल दमकमा, के भने सार्वजनिक कार्यक्रममा ?

दमक । २० कार्तिक । नेकपा एमालेको दमक नगर कमिटीको नवनिर्मित कार्यालय भवन उद्घाटन कार्यक्रममा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ सहित पार्टीका केन्द्रीय तथा प्रदेश

मोरङमा धर्म प्रचार गरेको आरोप, अमेरिका, ब्राजिल र क्यानडाका १० नागरिक नेपालबाट निष्कासित

मोरङ,२० कात्तिक । निष्कासित हुनेमा अमेरिकाका पाँच, ब्राजिलका दुई र क्यानडाका तीन जना नागरिक रहेका छन् ।   उनीहरूमध्ये एक जना नाबालकसमेत छन् । नाबालकलाई भने

दमक नेशनल स्कुलका विद्यार्थीले देखाए यस्ता प्रतिभा

दमक, २० कार्तिक । झापाको दमक–५ स्थित दमक नेशनल तथा दमक मन्टेश्वरी स्कुलले अभिभावक भेटघाट कार्यक्रमका अवसरमा विद्यार्थीभित्र लुकेका विभिन्न प्रतिभा प्रस्फुटन गराएको छ। कक्षा

गृहमन्त्रीको गृहजिल्लाममा ३० रुपैयाँ पर्ने नुन २०० रुपैयाँ

गोरखा ,२० कात्तिक । हिमालपारिको चुमनुब्री गाउँपालिकाका सामागाउँ, साम्दो, छेकम्पार, बिही र चुम्लिङलगायतका बस्तीमा नुनको मूल्य बजारभन्दा कैयौँ गुणा बढी छ। सरकारले विकट हिमाली क्षेत्रका

धर्म प्रचार गरेको आरोप, जनही ५० हजार सहित मोरङबाट १० विदेशी पक्राउ

मोरङ,२० कात्तिक । अध्यागमन विभागले धर्म प्रचार गरेको आरोपमा १० जना विदेशी नागरिकलाई नेपालबाट निष्कासन गरेको छ । विभागले उनीहरूलाई जनही ५० हजार रुपैयाँ जरिबाना

दानबहादुर कार्कीरिट कात्तिक ३० गते पेशी

काठमान्डौ,२० कात्तिक । प्रहरी महानिरीक्षकबाट हटाइएका दानबहादुर कार्कीको रिट शुक्रबार सर्वाेच्च अदालतमा दर्ता भएको छ । आफूलाई गैरकानुनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको दाबीसहित उनले हिजो