मेला जाँदै गरेको ट्र्याक्टर दुर्घटना, एकको मृत्यु, ३३ घाइते

झापा, भदौ १३ । खोटाङमा ठूलो संख्यामा ट्रयाक्टरमा चढेर मेला हेर्न जाँदै गर्दा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन् ।दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका २ छेपेखोलास्थित मध्यपहाडी लोकमार्गमा भुलभुलेबाट दिक्तेलतर्फ आउँदै गरेको ना।५ त ४५५५ नम्बरको ट्रयाक्टर आफैँ अनियन्त्रित भई दुर्घटना भएको हो । मृत्यु हुनेमा खोटाङ दिक्तेल रुपाकोट मझुवागढी न।पा। ५ बस्ने बर्ष १४ का दिवस परियार रहेका छन । गम्भीर अबस्थामा रहेका उनलाई उपचारको लागि लैजाने क्रममा बाटैमा मृत्यु भएको हो । घाइतेमध्ये १९ जनालाई थप उपचारका लागि काठमाडौंस्थित केएमसी अस्पताल पठाइएको छ भने १४ जना घाइते सामान्य उपचारपश्चात् डिस्चार्ज भएका छन् ।

थप उपचारका लागि काठमाडौं पठाइएका घाइतेहरुको नामावली–
१) खोटाङ दिक्तेल रुपाकोट मझुवागढी न।पा।– ५ लफ्याङ बस्ने बर्ष–४५ का सबिन तिरुवा, शरीरको बिभिन्न भागमा चोट, अबस्था गम्भीर ।
२) सोही ठाउँ बस्ने बर्ष–९ का योनिस बि।क।, शरीरको बिभिन्न भागमा चोट, अबस्था गम्भीर ।
३) बर्ष–३५ की बिमला बि।क।, शरीरको बिभिन्न भागमा चोट, अबस्था गम्भीर ।
४) बर्ष –३० का लिला श्रेष्ठ, शरीरको बिभिन्न भागमा चोट, अबस्था मध्यम ।
५) बर्ष – ५७ की लुलादेबी बि।क।, शरीरको बिभिन्न भागमा चोट, अबस्था मध्यम ।
६) बर्ष–५० का राजन बि।क।, शरीरको बिभिन्न भागमा चोट, अबस्था मध्यम ।
७) बर्ष–५१ का रामबहादुर बि।क।, शरीरको बिभिन्न भागमा चोट, अबस्था मध्यम ।
८) बर्ष–३४ का सिताराम बि।क।, शरीरको बिभिन्न भागमा चोट, अबस्था मध्यम ।
९)बर्ष–१८ का मन्दिप तिरुवा, शरीरको बिभिन्न भागमा चोट, अबस्था मध्यम।
१०)बर्ष – २३ का नबिन परियार, शरीरको बिभिन्न भागमा चोट, अबस्था मध्यम ।
११) बर्ष–१२ का न्युकेश तिरुवा ,शरीरको बिभिन्न भागमा चोट, अबस्था मध्यम।
१२) बर्ष–३५ का बुडिराम बि।क।, शरीरको बिभिन्न भागमा चोट, अबस्था मध्यम।
१३) बर्ष–२१ की मनिका परियार, शरीरको बिभिन्न भागमा चोट, अबस्था मध्यम ।
१४) बर्ष–४० की बिना परियार, शरीरको बिभिन्न भागमा चोट, अबस्था मध्यम।
१५) बर्ष–१४ की दिपसना परियार, शरीरको बिभिन्न भागमा चोट, अबस्था मध्यम ।
१६) बर्ष–१८ की निशा परियार, शरीरको बिभिन्न भागमा चोट, अबस्था मध्यम।
१७) बर्ष–१७ की चन्द्रकला बि।क।, शरीरको बिभिन्न भागमा चोट, अबस्था मध्यम।
१८) बर्ष–१७ का प्रबिन बि।क।, शरीरको बिभिन्न भागमा चोट, अबस्था मध्यम।
१९) बर्ष–१६ का युकेश तिरुवा, शरीरको बिभिन्न भागमा चोट, अबस्था मध्यम

दुर्घटनामा संलग्न ट्रयाक्टर घटनास्थलमै रहेको र उठाउने पहल भइरहेको छ । ट्रयाक्टर चालक ओखलढुङ्गा, सिद्धिचरण नगरपालिका–७ बस्ने २३ वर्षीय रिनिमा शेर्पा जिल्ला प्रहरी कार्यालय, खोटाङको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जलविद्युत आयोजनाका सुरुङमा फसेकाको उद्धारमा विदेशी टोली परिचालन

काठमाडौं ,१४ भदौ। भोटेकोशी–त्रिशूलीको विनाशकारी बाढीबाट प्रभावित जलविद्युत आयोजनाका सुरुङमा फसेका श्रमिक तथा कर्मचारीको उद्धारका लागि विदेशी उद्धार टोली पनि परिचालन गरिएको छ। नेपाली सेना,

उद्धारमा किन भइरहेको छ ढिलाइ? विपद् प्राधिकरण प्रमुखले दिए यस्तो जवाफ

काठमाडौँ , भदौ १४ । भोटेकोशीमा आएको बाढीको कारण ठुलो मानवीय र भौतिक क्षति भएको छ ।बुधवार रसुवा भोटेकोशीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा

लाङटाङ केरूङभोटेकोशी बाढी : उद्धारमा ढिलाइ, ७३५ जनाको मृत्यु, २ हजार ४३६ अझै बेपत्ता

काठमाडौं ,१४ भदौ। भोटेकोशीमा आएको भीषण बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। बुधबार रसुवाको भोटेकोशीमा आएको बाढीबाट रसुवासहित नुवाकोट, धादिङ र गोरखा जिल्ला

भोटेकोशी बाढीपछि कोही भेटिए, कोही अझै बेपत्ता

विराटनगर , भदौ १४ । रसुवाको भोटेकोशी किनारमा आएको भीषण बाढी र पहिरोपछि बेपत्ता भएकाहरूको परिवार यतिबेला गहिरो चिन्ता र आशाका बिच बाँचिरहेका छन् ।

प्रहरीको दुई सहित ९ जनाको पहिचान(नामावलीसहित)

रसुवा ,१४ भदौ । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेका २५९ जनाको शव चितवनमा भेटिएको छ । नारायणी नदीको किनारबाट सुरक्षाकर्मीहरूले २५९ वटा शव सङ्कलन गरेका

दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्न एनआरएनए पूर्वउपाध्यक्ष साहको अपिल

काठमाडौँ , भदौ १४ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्व उपाध्यक्ष सुनील साहले गत २६ अगस्टमा रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितका लागि