काठमाडौँ ,भदौ १३ । भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढीका कारण धादिङको बैरेनी बजारका घरहरू क्षतिग्रस्त भएका छन्।
बाढी साम्य भएपछि पीडित स्थानीयहरू घरभित्र जमेको लेदो पन्छाउन र जोगिएका सामानहरू सुरक्षित रूपमा झिक्न व्यस्त देखिएका छन्।
बाढीले बस्तीमा ठूलो क्षति पुर्याएपछि स्थानीयहरू आफ्नो घर तथा पसल सफा गर्दै पुनर्स्थापनाको प्रयासमा जुटेका छन्। लेदो र हिलोले भरिएका घरहरूबाट बचेकुचेका जिन्सी सामानहरू निकालेर सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ।








