विदेशी सहायता अस्वीकार गरेको चर्चाबारे परराष्ट्रमन्त्रीको स्पष्टीकरण

काठमाडौँ , भदौ १३ । परराष्ट्रमन्त्री शिशिर खनालले बाढीमा हराइरहेकाहरूको खोजी तथा उद्धारका लागि सरकारले वैदेशिक सहायता अस्वीकार गरेको भन्ने चर्चाबारे जबाफ दिनुभएको छ ।शनिबार परराष्ट्र मन्त्रालयमा आयोजित प्रेस ब्रिफिङमा मन्त्री खनालले सरकारले त्यस्ता सहायता अस्वीकार नगरेको बरू विदेशी मुलुकबाट सहयोग प्राप्त भइहरेको बताउनुभएको छ ।उहाले भारत, चीन, जापान, अस्ट्रेलियालगायतका मुलुकले सहयोगका लागि टोली तथा आवश्यक सामग्री पठाइरहेको जानकारी दिनुभएको छ ।नेपालले अन्तर्राष्ट्रिय सहायता अस्वीकार गरेको भन्ने समाचारहरू गलत हुन्,ु उहाले भन्नुभयो ।

उहाले विपदले निम्त्याएको विनाशको स्तर निकै ठूलो रहेको र यसले नेपाललाई तत्कालका लागि उद्धार र राहतमा भन्दा दीर्घकालीन पुनर्निर्माण तथा पुनर्स्थापनामा अन्तर्राष्ट्रिय सहयोग आवश्यक पर्ने बताउनुभयो ।मन्त्री खनालले नेपालमा तत्काल खोज तथा उद्धारको नेतृत्व सुरक्षा निकायहरूले गरिरहेको बताउनुभयो ।तर, सुरक्षा निकायको क्षमता र स्रोतभन्दा बाहिरका विशेष प्रकृतिका उद्धारमा भने नेपालले विदेशी साझेदारसँग सहयोग मागिरहेको उहाको भनाइ छ ।हाम्रा सुरक्षा निकायहरूले अहिले स्थलमा खोज तथा उद्धारका काम व्यवस्थापन गरिरहेका छन्। तर सुरुङ उद्धार, भग्नावशेषमुनि जीवित मानिस पत्ता लगाउने प्रविधि, छिटो फरेन्सिक तथा डिएनए परीक्षण र शव राख्नका लागि शवगृह जस्ता क्षेत्रमा सहयोगका लागि हामीले हाम्रा मित्रराष्ट्र तथा साझेदारसँग विशेष रूपमा अनुरोध गरेका छौं,ु मन्त्री खनालले भन्नुभयो ।

उहाले भारत, चीन, जापान, अस्ट्रेलियालगायतका देशले सहयोगका लागि पहल गरिसकेको र केही सहयोग नेपाल आइसकेको बताउनुभयो ।उहाले बाढी तथा विपदबाट सडक, पुल, जलविद्युत् लगायतका पूर्वाधारमा भएको क्षति ठूलो रहेकाले पुनर्निर्माण र पुनर्स्थापनाका लागि अन्तर्राष्ट्रिय सहायता आवश्यक पर्ने बताउनुभयो ।पूर्वाधार, सडक, पुल र जलविद्युत्मा भएको विनाशको स्तर ठूलो छ। त्यसैले दीर्घकालीन पुनर्निर्माण र पुनर्स्थापनाका लागि हामीलाई निश्चित रूपमा अन्तर्राष्ट्रिय सहायता आवश्यक पर्नेछ। विस्तृत मूल्यांकन पूरा भएपछि आवश्यकताका आधारमा हामी ती विषयमा जानकारी गराउनेछौं,ु उहाले बताउनुभयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विदेशी सहायता अस्वीकार गरेको चर्चाबारे परराष्ट्रमन्त्रीको स्पष्टीकरण

काठमाडौँ , भदौ १३ । परराष्ट्रमन्त्री शिशिर खनालले बाढीमा हराइरहेकाहरूको खोजी तथा उद्धारका लागि सरकारले वैदेशिक सहायता अस्वीकार गरेको भन्ने चर्चाबारे जबाफ दिनुभएको छ ।शनिबार

लेदो पन्छाउँदै, सामान जोगाउँदै स्थानीय

काठमाडौँ ,भदौ १३ । भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढीका कारण धादिङको बैरेनी बजारका घरहरू क्षतिग्रस्त भएका छन्। बाढी साम्य भएपछि पीडित स्थानीयहरू घरभित्र जमेको

मेला जाँदै गरेको ट्र्याक्टर दुर्घटना, एकको मृत्यु, ३३ घाइते

झापा, भदौ १३ । खोटाङमा ठूलो संख्यामा ट्रयाक्टरमा चढेर मेला हेर्न जाँदै गर्दा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन्

विदेशी पत्रकारलाई बाढी रिपोर्टिङमा अनुमति झन्झट

काठमाडौं ,भदौ १३ । रसुवाको भोटेकोशीमा आएको विनशकारी बाढीको समाचार संकलन अर्थात रिपोर्टिङमा आएका विदेशी संचारमाध्यम र संचारकर्मीहरुलाई प्रदान गरिने प्रेस प्रतिनिधि अनुमति पत्र लिन

रसुवा बाढीमा हराएका पाँच युवा खोज्दै चितवन पुगे पाँच परिवार

चितवन,१३ भदौ । वीरगन्ज महानगरपालिका–२२, जगरनाथपुरको एकै टोलका ५ परिवार हिजो शुक्रबारदेखि भरतपुरमा छन्।एकै टोलका पाँच युवा रसुवा बाढीमा हराएपछि उनीहरू भेटिन्छन् कि भनेर उनीहरू

त्रिशूली–३ ‘ए’ सुरुङमा उद्धार तीव्र, ८२ जना खटिए

काठमाडौँ , भदौ १३ । रसुवास्थित त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको टनेलभित्र फसेका मानिसहरूको उद्धारका लागि सरकारले विगत दुई दिनदेखि प्रयास जारी राखेको छ। सोही