मुख्यमन्त्री थापा : रसुवाका बाढी प्रभावितको आवागमन सहज बनाउन वैकल्पिक मार्ग खोल्दैछौँ

काठमाडौं, भदौ १३ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले रसुवाका बाढी प्रभावित क्षेत्रका नागरिकको यात्रा सहज बनाउन प्रदेश सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभएको छ।मुख्यमन्त्री थापाले प्राकृतिक विपत्तिका कारण अवरुद्ध भएका सडक तथा यातायात मार्गलाई सञ्चालनमा ल्याउन प्रदेश सरकारले वैकल्पिक मार्गहरूको पहिचान गरी तत्काल खुलाउने कार्यलाई तीव्रता दिएको जानकारी दिनुभयो। उहाँले विपद्का कारण उत्पन्न कठिनाइ समाधान गर्न सरकार सक्रिय रूपमा खटिएको उल्लेख गर्दै नागरिकको आवागमन सहज बनाउनेतर्फ विशेष ध्यान दिइएको बताउनुभयो। “बाटो अवरुद्ध भए विकल्प खोज्छौँ, कठिनाइ आए समाधानको बाटो खोल्छौँ,” मुख्यमन्त्री थापाले भन्नुभयाे ।

उहाँले बाढी प्रभावित क्षेत्रका नागरिकको सुरक्षा, सहज आवागमन, उद्धार तथा राहत व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेर प्रदेश सरकार निरन्तर फिल्डमै खटिरहेको बताउनुभयो। प्रभावित नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराउन सम्बन्धित निकायसँग समन्वय गरेर काम भइरहेको उहाँको भनाइ छ।रसुवालगायत बाढी प्रभावित क्षेत्रमा यातायात अवरुद्ध हुँदा अलपत्र परेका नागरिकलाई गन्तव्यसम्म पुग्न सहज बनाउने उद्देश्यले प्रदेश सरकारले वैकल्पिक मार्ग सञ्चालन तथा आवश्यक व्यवस्थापनलाई तीव्रता दिएको जनाएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

टिमुरेमा ६ वर्षीया बालिकाको ६० घण्टापछि जीवितै उद्धार

काठमाडौँ , भदौ १३ । रसुवाको टिमुरे क्षेत्रबाट ६ वर्षीया बालिकाको जीवितै उद्धार भएको छ।बुधबार बिहान ९ नबज्दै तिब्बत क्षेत्रबाट आएको बाढीले रसुवागढी हुँदै टिमुरे

रसुवाको बाढीपछि धनगढीकी २४ वर्षीया पुष्पा शाही सम्पर्कविहीन

धनगढी,१३ भदौ । रसुवाको बेत्रावती क्षेत्रमा आएको भीषण बाढीपछि धनगढी उपमहानगरपालिका–५ की २४ वर्षीया पुष्पा शाही सम्पर्कविहीन हुनुन्छ । शाही एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडको

लेदोले विद्यालय पुरियो, कक्षाकोठामै थन्किए विद्यार्थीका झोला

काठमाडौँ , भदौ १३ । भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीका कारण धादिङको गल्छी गाउँपालिका–६ बैरेनी बजारस्थित बागेश्वरी मावि क्षतिग्रस्त छ।विद्यालयको प्रांगण र कक्षाकोठामा लेदोले भरिएको

रसुवाको बाढीपछि बर्दियाका दुई मजदुर चार दिनदेखि बेपत्ता

काठमाडौँ , १३ भदौ। शनिबार दिउँसो १२ बजेर ४१ मिनेट गएको थियो । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल अगाडी शान्तिकुमारी थारुले अस्पतालको शव गृह अगाडीको गेटमा

मुख्यमन्त्री थापा : रसुवाका बाढी प्रभावितको आवागमन सहज बनाउन वैकल्पिक मार्ग खोल्दैछौँ

काठमाडौं, भदौ १३ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले रसुवाका बाढी प्रभावित क्षेत्रका नागरिकको यात्रा सहज बनाउन प्रदेश सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभएको छ।मुख्यमन्त्री थापाले

पहिचानविहीन शवबीच आफन्त खोज्दै परिवार, आशा मर्दै

काठमाडौँ ,१३ भदौ। त्रिवि शिक्षण अस्पतालमा शवदाह गृह अगाडि आफन्तहरूको घुइँचो छ । अस्पतालको अद्यावधिक विवरण अनुसार अहिलेसम्म २६ जनाको शव आइपुगेको छ । जसमध्ये