रसुवाको बाढीपछि बर्दियाका दुई मजदुर चार दिनदेखि बेपत्ता

काठमाडौँ , १३ भदौ। शनिबार दिउँसो १२ बजेर ४१ मिनेट गएको थियो । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल अगाडी शान्तिकुमारी थारुले अस्पतालको शव गृह अगाडीको गेटमा सूचना टाँस्दै हुनुन्थ्यो। सूचनामा लेखिएको छ सम्पर्क नम्बर ९७४८७२७१२४, ९८६९६४७९६५,९८१६५४२०४५, सीरिम थारु बर्दिया, रसुवाबाट हराएको ।’

 

शान्तिकुमारीले यथाशीघ्र खोजी कार्यमा सहयोग गरिदिन सबैमा आग्रह गर्नु भयो । शान्तिकुमारी परिवारका सदस्य खोजीका लागि काठमाडौँ आइपुग्नु भएको हो। उहाँले अहिलेसम्म वीर अस्पताल, ट्रमा सेन्टर तथा शवदाह गृहसम्म पुगेर खोजी गरिसकनु भएको छ। यस्तै, प्रहरी कार्यालय, बारबर्दिया नगरपालिकामा पनि विस्तृत विवरण टिपाइसकनु भएको छ ।रसुवागढी भन्सार नजिकै काम गर्न जानु भएको बर्दियाको ३० वर्षीय सीरिम थारु र ३१ वर्षीय सन्तोष थारु बाढीपछि सम्पर्कविहीन हुनु भएको हो । उहाँहरू चार दिनदेखि बेपत्ता हुनु भएको हो ।

 

बेपत्ता परिवारका सदस्य शान्तिकुमारीका अनुसार उहाँहरू निजी घर निर्माणको कामका लागि लेबरको रूपमा रसुवा पुग्नु् भएको थियो। घटना घटेको दिन बिहान ६ बजेसम्म परिवारसँग अनलाइनमार्फत कुराकानी भएको र ७ बजेदेखि काममा खटिने जानकारी गराउनु भएको थियो । त्यसपछि आएको भीषण बाढीयता उहाँहरूसँग कुनै सम्पर्क हुन सकेको छैन ।

 

बेपत्ता परिवारले उद्धार कार्यलाई अझ तीव्र बनाउन सरकारसँग आग्रह गर्नु भएको छ। शान्तिकुमारी थारुले भन्नु भयो, ‘सरकारले हालसम्म गरेको उद्धार राम्रो छ, तर अझै धेरै मानिसहरू बेपत्ता भएकाले हामी आत्तिएका छौँ । बाँकी रहेका सबैको छिटोभन्दा छिटो खोजी गरी सत्य तथ्य सार्वजनिक गरिदिन अनुरोध गर्दछौँ । ’

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

टिमुरेमा ६ वर्षीया बालिकाको ६० घण्टापछि जीवितै उद्धार

काठमाडौँ , भदौ १३ । रसुवाको टिमुरे क्षेत्रबाट ६ वर्षीया बालिकाको जीवितै उद्धार भएको छ।बुधबार बिहान ९ नबज्दै तिब्बत क्षेत्रबाट आएको बाढीले रसुवागढी हुँदै टिमुरे

रसुवाको बाढीपछि धनगढीकी २४ वर्षीया पुष्पा शाही सम्पर्कविहीन

धनगढी,१३ भदौ । रसुवाको बेत्रावती क्षेत्रमा आएको भीषण बाढीपछि धनगढी उपमहानगरपालिका–५ की २४ वर्षीया पुष्पा शाही सम्पर्कविहीन हुनुन्छ । शाही एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडको

लेदोले विद्यालय पुरियो, कक्षाकोठामै थन्किए विद्यार्थीका झोला

काठमाडौँ , भदौ १३ । भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीका कारण धादिङको गल्छी गाउँपालिका–६ बैरेनी बजारस्थित बागेश्वरी मावि क्षतिग्रस्त छ।विद्यालयको प्रांगण र कक्षाकोठामा लेदोले भरिएको

रसुवाको बाढीपछि बर्दियाका दुई मजदुर चार दिनदेखि बेपत्ता

काठमाडौँ , १३ भदौ। शनिबार दिउँसो १२ बजेर ४१ मिनेट गएको थियो । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल अगाडी शान्तिकुमारी थारुले अस्पतालको शव गृह अगाडीको गेटमा

मुख्यमन्त्री थापा : रसुवाका बाढी प्रभावितको आवागमन सहज बनाउन वैकल्पिक मार्ग खोल्दैछौँ

काठमाडौं, भदौ १३ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले रसुवाका बाढी प्रभावित क्षेत्रका नागरिकको यात्रा सहज बनाउन प्रदेश सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभएको छ।मुख्यमन्त्री थापाले

पहिचानविहीन शवबीच आफन्त खोज्दै परिवार, आशा मर्दै

काठमाडौँ ,१३ भदौ। त्रिवि शिक्षण अस्पतालमा शवदाह गृह अगाडि आफन्तहरूको घुइँचो छ । अस्पतालको अद्यावधिक विवरण अनुसार अहिलेसम्म २६ जनाको शव आइपुगेको छ । जसमध्ये