काठमाडौँ , भदौ १३ । भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीका कारण धादिङको गल्छी गाउँपालिका–६ बैरेनी बजारस्थित बागेश्वरी मावि क्षतिग्रस्त छ।विद्यालयको प्रांगण र कक्षाकोठामा लेदोले भरिएको छ।
भदौ १० गते बिहान विद्यार्थी विद्यालय आइसकेका थिए। तर, बाढीको खबरपछि त्यहाँ भागाभाग मच्चिएको थियो। यसपछि विद्यार्थीले कक्षामै झोला छोडेर भागेका थिए। ती झोलाहरू अझै कक्षाकोठामै छन्। यहाँ अध्ययनरत विद्यार्थी भने सुरक्षित रहेको स्थानीयहरूले छन्।









