रसुवाको बाढीपछि धनगढीकी २४ वर्षीया पुष्पा शाही सम्पर्कविहीन

धनगढी,१३ भदौ । रसुवाको बेत्रावती क्षेत्रमा आएको भीषण बाढीपछि धनगढी उपमहानगरपालिका–५ की २४ वर्षीया पुष्पा शाही सम्पर्कविहीन हुनुन्छ । शाही एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडको बेत्रावती शाखा, रसुवामा फिल्ड अफिसरका रूपमा कार्यरत हुनुन्थ्यो।परिवारका अनुसार बाढी आएको दिन बिहानदेखि शाहीसँग सम्पर्क हुन सकेको छैन । उहाँको मोबाइलको अन्तिम लोकेसन नुवाकोटको विदुर नगरपालिका, जितेटार क्षेत्रमा देखिएको थियो । परिवारका अनुसार बाढी आउने दिन बिहान ११ बजेर २९ मिनेटमा उक्त स्थानमा मोबाइलको लोकेसन देखिएपछि मोबाइल बन्द भएको थियो ।

 

शाहीका भिनाजु दिपक बहादुर सिंहका अनुसार त्यसपछि उहाँको अवस्थाबारे कुनै जानकारी प्राप्त भएको छैन । सिंहले उनी जीवित छिन्, घाइते छिन् वा बाढीमा परेकी छन् भन्नेबारे समेत अहिलेसम्म यकिन हुन नसकेको बताउनु भयो । ‘अहिलेसम्म कुनै खबर आएको छैन,ु सिंहले भन्नु भयो ।उहाँका अनुसार शाही कार्यरत लघुवित्तको शाखा कार्यालय र उहाँ बस्दै आएको घरसमेत बाढीका कारण पूर्ण रूपमा क्षतिग्रस्त भएको जानकारी आएको छ । शाही कार्यालयबाट करिब १०० मिटर माथि रहेको एउटा घरमा भाडाको कोठा लिएर बस्दै आँउनु भएको थियो।

 

बाढी आउनुअघि शाही कार्यालयमै रहेको जानकारी परिवारले पाएको छ । उक्त शाखामा तीन जना कर्मचारी शाखा प्रमुख शारदा पाण्डे, फिल्ड अफिसर पुष्पा शाही र कार्यालय सहयोगी सुष्मा अधिकारी हुनुन्थ्यो ।परिवारका अनुसार बाढी आउन लागेको जानकारी पाएपछि कार्यालय सहयोगी सुष्मा अधिकारी आफ्नो बच्चासहित सुरक्षित स्थानमा पुगेको तर पुष्पा भने खाना खाएर निस्किउँला भनेर बस्नु भएको थियो। शाखा प्रमुख शारदा पाण्डे र पुष्पा शाहीको अवस्था भने पत्ता लाग्न नसकेको बताइएको छ ।परिवारका अनुसार पुष्पा शाही करिब एक वर्षदेखि एनएमबी लघुवित्तमा कार्यरत हुनुन्थ्यो। उहाँ जागिरसँगै ब्याचलर तहको अध्ययनसमेत गरिरहनु भएको थियो । बाढी आउनुभन्दा अघिल्लो साँझ उनले आमा, बुवा, दिदी, दाइ र भाइहरूसँग फोनमा कुराकानी गर्नु भएको थियो । त्यसपछि भने परिवारसँग उहाँको सम्पर्क हुन सकेको छैन ।

 

पुष्पाका भिनाजु सिंहका अनुसार परिवारका लागि उहाँको आम्दानी नै महत्त्वपूर्ण आर्थिक स्रोत थियो । परिवारका अनुसार पुष्पा मिलनसार स्वभावकी हुनुन्थ्यो । जागिर गरेर आफ्नै खुट्टामा उभिने र आर्थिक रूपमा स्वावलम्बी भएपछि मात्रै विवाहबारे सोच्ने उहाँको योजना थियो ।उहाँको खोजी तथा उद्धारका लागि परिवारले सुरक्षाकर्मी र सम्बन्धित निकायसँग आग्रह गरेको छ ।पुष्पाको खोजीका लागि लघुवित्त संस्थासँग पनि परिवारले समन्वय गरिरहेको छ । संस्थाको पोखरास्थित केन्द्रीय कार्यालयका अधिकारीसँग सम्पर्क गरी खोजी कार्यमा कर्मचारी परिचालन गरिएको जानकारी परिवारले पाएको छ ।

 

यसैबिच, पुष्पाका दाइ रोशन शाहीलाई परिवारले धनगढीबाट काठमाडौँ पठाएको छ । सडकमार्गबाट घटनास्थलतर्फ जान कठिन भएपछि उहाँलाई विमानमार्फत काठमाडौँ पठाइएको हो । काठमाडौँ पुगेपछि नुवाकोटतर्फ गएर खोजी कार्यमा सहभागी हुने तयारी गरिएको परिवारले जनाएको छ ।बाढी प्रभावित क्षेत्रबाट विभिन्न स्थानमा शव ल्याइरहेको खबर आएपछि परिवारमा थप चिन्ता बढेको छ । पहिचान हुन बाँकी शवहरूमा समेत पुष्पाको खोजी गर्न परिवारले सम्बन्धित निकाय र संस्थासँग आग्रह गरेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

टिमुरेमा ६ वर्षीया बालिकाको ६० घण्टापछि जीवितै उद्धार

काठमाडौँ , भदौ १३ । रसुवाको टिमुरे क्षेत्रबाट ६ वर्षीया बालिकाको जीवितै उद्धार भएको छ।बुधबार बिहान ९ नबज्दै तिब्बत क्षेत्रबाट आएको बाढीले रसुवागढी हुँदै टिमुरे

रसुवाको बाढीपछि धनगढीकी २४ वर्षीया पुष्पा शाही सम्पर्कविहीन

धनगढी,१३ भदौ । रसुवाको बेत्रावती क्षेत्रमा आएको भीषण बाढीपछि धनगढी उपमहानगरपालिका–५ की २४ वर्षीया पुष्पा शाही सम्पर्कविहीन हुनुन्छ । शाही एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडको

लेदोले विद्यालय पुरियो, कक्षाकोठामै थन्किए विद्यार्थीका झोला

काठमाडौँ , भदौ १३ । भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीका कारण धादिङको गल्छी गाउँपालिका–६ बैरेनी बजारस्थित बागेश्वरी मावि क्षतिग्रस्त छ।विद्यालयको प्रांगण र कक्षाकोठामा लेदोले भरिएको

रसुवाको बाढीपछि बर्दियाका दुई मजदुर चार दिनदेखि बेपत्ता

काठमाडौँ , १३ भदौ। शनिबार दिउँसो १२ बजेर ४१ मिनेट गएको थियो । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल अगाडी शान्तिकुमारी थारुले अस्पतालको शव गृह अगाडीको गेटमा

मुख्यमन्त्री थापा : रसुवाका बाढी प्रभावितको आवागमन सहज बनाउन वैकल्पिक मार्ग खोल्दैछौँ

काठमाडौं, भदौ १३ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले रसुवाका बाढी प्रभावित क्षेत्रका नागरिकको यात्रा सहज बनाउन प्रदेश सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभएको छ।मुख्यमन्त्री थापाले

पहिचानविहीन शवबीच आफन्त खोज्दै परिवार, आशा मर्दै

काठमाडौँ ,१३ भदौ। त्रिवि शिक्षण अस्पतालमा शवदाह गृह अगाडि आफन्तहरूको घुइँचो छ । अस्पतालको अद्यावधिक विवरण अनुसार अहिलेसम्म २६ जनाको शव आइपुगेको छ । जसमध्ये