बाढी–पहिरोको विपत्तिमा नेपाली एकजुट बनौँ, पीडितको साथमा उभिऔँ

काठमाडौं,१४ भदौ । नेपाल अहिले कठिन समयबाट गुज्रि रहेको छ । बाढी, पहिरो र प्राकृतिक विपत्तिले देशका विभिन्न भूभागमा ठूलो जनधनको क्षति पु¥याएको छ । कतै घर बगेका छन्, कतै परिवारका सदस्य हराइरहेका छन्, कतै आफ्नै आँखा अगाडि वर्षौँको मेहनतले बनाएको संसार पानीको भेलसँगै बगेको छ । विपत्तिको यो घडीमा पीडितका लागि हरेक क्षण भारी बनेको छ । यस्तो अवस्थामा हामीले आफूलाई मात्र होइन, आफ्नो समाज र आफ्नो देशलाई सम्झनुपर्ने समय आएको छ । संकटका बेला राज्यको प्रयाससँगै नागरिकको साथ र सहयोग पनि उत्तिकै आवश्यक हुन्छ ।

 

हामी मध्ये धेरै जना सायद दुई दिन अघिसम्म आफ्नै संसारमा रमाइ रहेका थियौँ । सामाजिक सञ्जालमा हाँसो थियो, मनोरञ्जन थियो, उत्सव थियो । जीवन आफ्नै गतिमा चलिरहेको थियो । तर एकाएक आएको बाढीले त्यो रंगमञ्चको पर्दा झारिदियो । हिजो सम्म रमाइलो लागिरहेको संसार आज कसैका लागि अँध्यारो बनेको छ । कसैको घर छैन, कसैको परिवार छैन, कसैसँग फर्केर जाने ठाउँ छैन । हामीलाई लाग्थ्यो जीवन यस्तै चलिरहन्छ, तर प्रकृतिले एकै झट्कामा सम्झाइदियो—हामी कति असहाय छौँ ।

आज पनि कतिपय आमाबुबा आफ्ना छोराछोरीको बाटो कुरि रहेका छन् । कतिपय छोराछोरी आफ्ना अभिभावक फर्किने आशामा छन् । कतै आफन्तले शव बुझ्न पाएका छैनन्, कतै बेपत्ता प्रियजनको खोजी अझै जारी छ । कसैको हातमा आफ्नो घरको चाबी छ, तर घर छैन । कसैको आँखामा भविष्यको सपना छ, तर त्यो सपना थिचिएको छ भग्नावशेषमुनि । बाढीले माटो, ढुंगा र घर मात्र बगाएको छैन । यसले मानिसका वर्षौँका सपना, सम्झना र सम्बन्ध माथि पनि प्रहार गरेको छ ।

 

तर यही अँध्यारो बीच मानवताको उज्यालो पनि देखिएको छ । सुरक्षाकर्मीहरू आफ्नो ज्यानको पर्वाह नगरी उद्धारमा खटिएका छन् । स्थानीय नागरिकहरू आफ्ना दुःख बिर्सेर अरूको जीवन बचाउन दौडिएका छन् । चिकित्सक, स्वास्थ्यकर्मी, स्वयंसेवक, सञ्चारकर्मी र विभिन्न संघसंस्था राहत र उद्धारमा जुटेका छन् । छिमेकी देश तथा विदेशी सहयोगीहरूले समेत आवश्यक अनुमति र समन्वयमार्फत उद्धार तथा राहतमा हात बढाएका छन् । विपत्तिले सीमा, भाषा र पहिचानभन्दा माथि उठेर मानिस हुनुको अर्थ सम्झाइ रहेको छ ।

 

यो समय कसैलाई दोष दिनेभन्दा पनि हातेमालो गर्ने समय हो । हामी सबैले आफ्नो क्षेत्रबाट सक्ने सहयोग गर्न सक्छौँ । कसैले राहत सामग्री दिन सक्छ, कसैले आर्थिक सहयोग गर्न सक्छ, कसैले स्वयंसेवक बनेर समय दिन सक्छ, कसैले सही सूचना फैलाएर सहयोग गर्न सक्छ । तर सबैभन्दा ठूलो कुरा पीडितको पीडालाई आफ्नो पीडा सम्झिनु हो । आज उनीहरूको घर बगेको छ, भोलि यस्तो विपत्ति हाम्रो ढोकासम्म पनि आइपुग्न सक्छ । त्यसैले संकटमा परेका नेपालीलाई एक्लो छोड्ने होइन, उनीहरूको साथमा उभिने जिम्मेवारी हामी सबैको हो ।

 

हामी साँच्चै कस्तो समाज हौँ भन्ने परीक्षा यस्तै कठिन समयमा हुन्छ । सुखमा साथ दिने मानिस धेरै हुन्छन्, तर दुःखमा हात समाउने मानिस नै आफ्नो हुन् छ। अहिले हजारौँ परिवारलाई हाम्रो एउटा सानो सहयोग पनि ठूलो आशा बन्न सक्छ । एउटा कम्बल, एक बोरा खाद्यान्न, एउटा औषधि, केही रुपैयाँ वा केही घण्टाको श्रम—पीडितका लागि त्यो जीवनसँग जोडिएको सहारा बन्न सक्छ । त्यसैले आफ्नो क्षमता र परिस्थितिअनुसार सहयोग गरौँ । राहतका नाममा हुने गलत सूचना र अफवाहबाट जोगिँदै विश्वसनीय माध्यमबाट मात्रै सहयोग गरौँ ।

 

दुई दिनको रंगमञ्चमा हामी सबै आ–आफ्नो भूमिकामा थियौँ । कसैले हाँस्यौँ, कसैले रमायौँ, कसैले आफ्नो संसारमा व्यस्त भयौँ । तर पर्दा झरेपछि वास्तविक जीवन देखियो कतै चित्कार, कतै आँसु, कतै प्रतीक्षा र कतै मौनता । अब प्रश्न एउटै छ यो पीडामा हामी दर्शक बनेर बस्ने कि एउटाको आँसु पुछ्ने हात बन्ने रु देश संकटमा छ । आज पीडितलाई हाम्रो साथ चाहिएको छ । किनकि यो देश सरकारको होइन, हामी सबैको हो । र जब देश रोइरहेको हुन्छ, साँचो नेपाली त्यतिबेला आफ्ना आँसु लुकाएर भए पनि अर्को नेपालीको हात समाउन अघि बढ्छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाढी–पहिरोको विपत्तिमा नेपाली एकजुट बनौँ, पीडितको साथमा उभिऔँ

काठमाडौं,१४ भदौ । नेपाल अहिले कठिन समयबाट गुज्रि रहेको छ । बाढी, पहिरो र प्राकृतिक विपत्तिले देशका विभिन्न भूभागमा ठूलो जनधनको क्षति पु¥याएको छ ।

टिमुरेमा ६ वर्षीया बालिकाको ६० घण्टापछि जीवितै उद्धार

काठमाडौँ , भदौ १३ । रसुवाको टिमुरे क्षेत्रबाट ६ वर्षीया बालिकाको जीवितै उद्धार भएको छ।बुधबार बिहान ९ नबज्दै तिब्बत क्षेत्रबाट आएको बाढीले रसुवागढी हुँदै टिमुरे

रसुवाको बाढीपछि धनगढीकी २४ वर्षीया पुष्पा शाही सम्पर्कविहीन

धनगढी,१३ भदौ । रसुवाको बेत्रावती क्षेत्रमा आएको भीषण बाढीपछि धनगढी उपमहानगरपालिका–५ की २४ वर्षीया पुष्पा शाही सम्पर्कविहीन हुनुन्छ । शाही एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडको

लेदोले विद्यालय पुरियो, कक्षाकोठामै थन्किए विद्यार्थीका झोला

काठमाडौँ , भदौ १३ । भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीका कारण धादिङको गल्छी गाउँपालिका–६ बैरेनी बजारस्थित बागेश्वरी मावि क्षतिग्रस्त छ।विद्यालयको प्रांगण र कक्षाकोठामा लेदोले भरिएको

रसुवाको बाढीपछि बर्दियाका दुई मजदुर चार दिनदेखि बेपत्ता

काठमाडौँ , १३ भदौ। शनिबार दिउँसो १२ बजेर ४१ मिनेट गएको थियो । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल अगाडी शान्तिकुमारी थारुले अस्पतालको शव गृह अगाडीको गेटमा

मुख्यमन्त्री थापा : रसुवाका बाढी प्रभावितको आवागमन सहज बनाउन वैकल्पिक मार्ग खोल्दैछौँ

काठमाडौं, भदौ १३ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले रसुवाका बाढी प्रभावित क्षेत्रका नागरिकको यात्रा सहज बनाउन प्रदेश सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभएको छ।मुख्यमन्त्री थापाले