भोटेकोसी बाढीपीडित विद्यार्थी र विद्यालयलाई Grace International Group को २५ लाख सहयोग

काठमाडौं,१४ भदौ । भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित विद्यार्थी तथा विद्यालयका लागि Grace International Group ले २५ लाख रुपैयाँ सहयोग गरेको छ।बाढीका कारण रसुवालगायत विभिन्न जिल्लामा ठूलो जनधनको क्षति भएको छ भने प्रभावित परिवारसँगै विद्यार्थी र शैक्षिक संस्थाहरूले समेत कठिन परिस्थितिको सामना गरिरहेका छन्।

यही अवस्थालाई मध्यनजर गर्दै प्रभावित विद्यार्थीको शैक्षिक भविष्य सुरक्षित राख्न, पठनपाठनलाई निरन्तरता दिन तथा क्षतिग्रस्त विद्यालयको पुनर्निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले Grace International Group ले २५ लाख रुपैयाँ सहयोग उपलब्ध गराएको हो।

Grace International Group का सह–संस्थापक एन्ड्रयू पौडेलले शिक्षामन्त्रीसँग भेट गरी उक्त सहयोग रकम हस्तान्तरण गर्नु भएको हो।संस्थाले विपद्का कारण प्रभावित विद्यार्थीको शिक्षा तथा शैक्षिक संस्थाको पुनःस्थापनाका लागि आवश्यकताअनुसार आगामी दिनमा समेत सहयोग र सहकार्यलाई निरन्तरता दिने जनाएको छ।शिक्षा क्षेत्रमा लामो समयदेखि सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न गतिविधि गर्दै आएको Grace International Group ले विपद्को कठिन घडीमा प्रभावित विद्यार्थी, विद्यालय तथा समुदायप्रति ऐक्यबद्धता जनाउँदै तत्काल सहयोग उपलब्ध गराएको हो।

Grace International Group ले विपद्का बेला सहयोग गर्नु मानवीय जिम्मेवारीसमेत भएको उल्लेख गर्दै प्रभावित विद्यार्थीको शिक्षा नरोकिने र उनीहरूको भविष्य सुरक्षित रहने वातावरण निर्माणका लागि आगामी दिनमा पनि प्रतिबद्ध रहने जनाएको छ।Grace International Group का सह–संस्थापक एन्ड्रयू पौडेल शिक्षा क्षेत्रमा सक्रिय रहेको कम्पनीको आधिकारिक विवरणमा उल्लेख छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाढी–पहिरोका कारण देशभरका मुख्य सडक खण्ड ठप्प

काठमाडौं , १५ भदौ। अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशका मुख्य राजमार्ग तथा सडक खण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन् । नेपाल

९०३ जनाको मृत्यु, ४ हजार २४७ अझै बेपत्ता, १० हजारभन्दा बढीको उद्धार

काठमाडौं ,१५ भदौ। रसुवाको भोटेकोशीमा आएको बाढीपछि जारी खोज, उद्धार तथा राहतसम्बन्धी पछिल्लो विवरणअनुसार हालसम्म ९०३ जनाको शव फेला परेको छ भने ४ हजार २४७

बाढी प्रभावित रसुवा र नुवाकोटमा २० थान स्याटेलाइट फोन उपलब्ध

काठमाडौं , १४ भदौ। रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार प्राधिकरणले २० थान स्याटेलाइट फोन उपलब्ध गराएको छ । प्राधिकरणले

११ जलविद्युत् आयोजनाका ९७७ जना सम्पर्कविहीन, सुरुङमा फसेकाहरूको उद्धार तीव्र

काठमाडौं,१४ भदौ । जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको अझै उद्धार हुन नसकेपछि सकुशलको सम्भावना क्षीण हुँदै गएको छ । रसुवाको भोटेकोसी नदीमा भदौ १० गते आएको

बाढीबाट परिवार जोगाए, घर र २३ लाखको ऋणको बोझ बोकेर बसे सन्तमान

बेत्रावती , १४ भदौ।  भदौ १० गते बिहान ८ बजे बेत्रावतीका सन्तमान लामा आफ्ना छोरा र छोरीलाई विद्यालय पुर्‍याउन गए।दुई सन्तानलाई विद्यालय पुर्‍याउनु उनको दैनिकी

१९ हजार सुरक्षाकर्मी फिल्डमा खटिँदा पनि उद्धारमा ४ मुख्य चुनौती

काठमाडौं ,१४ भदौ। भोटेकोसी नदीमा आएको भीषण बाढीमा परेकाको उद्धार कार्य तीनवटै सुरक्षा निकायले तीव्रताका साथ जारी नै राखेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण