भोटेकोशी बाढी

७३५ वटा शव फेला,२५ प्रहरी सम्पर्कविहीन, उद्धारमा ७ हजार बढी प्रहरी

काठमाडौं,१४ भदौ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीपछि २५ जना प्रहरी कर्मचारी हालसम्म सम्पर्कविहीन रहेको नेपाल प्रहरीले जनाएको छ ।बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।नेपाल प्रहरीका अनुसार बाढी प्रभावित क्षेत्रमा सात हजार २९३ जना प्रहरी परिचालन गरिएको छ । उनीहरूले उद्धार, राहत तथा प्रभावित नागरिकको सुरक्षाका लागि विभिन्न स्थानमा खटिएर काम गरिरहेका छन् ।

 

बाढीबाट प्रभावित विभिन्न जिल्लामा हालसम्म ७३५ वटा शव फेला परेका छन् । फेला परेका शवमध्ये रसुवामा १३, नुवाकोटमा ५२, धादिङमा ५०, चितवनमा २५९, गोरखामा ५८, तनहुँमा ३७, नवलपरासी पूर्वमा १८४ र नवलपरासी पश्चिममा ८२ वटा रहेका छन् ।त्यस्तै, बाढीमा परेका २ हजार ७१५जना घाइतेहरुको उद्धार गरिएको छ । जिल्लागत विवरणअनुसार रसुवामा ६९२, नुवाकोटमा २ हजार २०, धादिङमा तीन जना रहेका छन् । काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा उपचाररत तथा डिस्चार्ज भएका घाइतेको संख्या १६० रहेको प्रहरीले जनाएको छ ।

 

बाढीपछि हराइरहेका तथा सम्पर्कविहीन व्यक्तिको खोजी र उद्धारलाई तीव्रता दिइएको प्रहरीले जनाएको छ । प्रभावित क्षेत्रमा परिचालित सुरक्षा टोलीले उद्धारसँगै बेपत्ताको खोजी र पीडितको व्यवस्थापनमा समेत काम गरिरहेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

हिमनदी भत्किँदा आएको बाढी, जोखिम अझै कायमै

२६ अगस्टमा लाङटाङ केरुङ क्षेत्रबाट हिउँ, चट्टान, माटो र गेग्रान खस्दै ल्हेन्दे खोलामा मिसिएपछि भोटेकोशी हुँदै त्रिशूलीमा विनाशकारी बाढी आएको प्रारम्भिक अध्ययनले देखाएको छ।  

‘सँगै घर जाउँला भनेको भाइ बाढीमा बेपत्ता भयो’— भावुक बन्दै प्रहरी दाजु सुरेन्द्र

काठमाडौं , १३ भदौ। रसुवाको स्याफ्रुबेँसी प्रहरी चौकीमा कार्यरत प्रहरी हरेन्द्र यादव बाढीमा परी बेपत्ता हुनु भएको छ। नवलपरासी, प्रतापपुर गाउँपालिका–८, डिबनी निवासी यादव बाढीपछि

शिक्षक मृत्यु, कुटपिट गरी हत्या गरिएको परिवारको आरोप

भोजपुर ,१४ भदौ । भोजपुरको केपिलासगढी गाउँपालिका–७ सुङ्देलस्थित सूर्य माध्यमिक विद्यालयका शिक्षक भानुभक्त राईको कुटपिटबाट मृत्यु भएको छ। धार्मिक तथा पर्यटकीयस्थल सालपा पोखरीमा ऋषितर्पणी पूर्णिमाको

भोटेकोशी–त्रिशूलीमा शव व्यवस्थापन र दुर्गन्ध गम्भीर चुनौती देखीएको छ : आङ्देम्बे

काठमाडौं,१३ भदौ । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले बाढी प्रभावित भोटेकोशी र त्रिशूली क्षेत्रमा फेला परेका शवको व्यवस्थापन तथा त्यसबाट फैलिएको दुर्गन्ध गम्भीर

७३५ वटा शव फेला,२५ प्रहरी सम्पर्कविहीन, उद्धारमा ७ हजार बढी प्रहरी

काठमाडौं,१४ भदौ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीपछि २५ जना प्रहरी कर्मचारी हालसम्म सम्पर्कविहीन रहेको नेपाल प्रहरीले जनाएको छ ।बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका

चीनबाट राहत सामग्री लिएर सैन्य कार्गो विमान काठमाडौंमा अवतरण

काठमाडौं , भदौ १४ । भोटेकोशी बाढीका कारण चपेटामा परेको नेपाललाई चीन सरकारले राहत सामग्री उपलब्ध गराएको छ । ५० टन आपत्कालीन राहत सामग्री लिएर आइतबार