भोटेकोशी बाढी

रसुवामा कार्यरत भोजपुरका ४ जना सम्पर्कविहीन

भोजपुर,१३ भदौ । भोटेकोशी बाढीपछि भोजपुरका चार जना सम्पर्कविहीन भएका छन् । रोजगारीका सिलसिलामा रसुवा पुगेका उनीहरू बाढीपछि परिवार तथा आफन्तको सम्पर्कमा नआएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।जिल्ला प्रहरी कार्यालयका प्रमुख ज्ञानबहादुर खड्काका अनुसार रसुवाको मैलुङस्थित सैनिक पोष्टमा कार्यरत टेम्केमैयुङ गाउँपालिका–९ का ३१ वर्षीय प्रभाकर दङ्गाल, दुसन हाइड्रोपावर कम्पनीमा कार्यरत भोजपुर नगरपालिका–७ का ५९ वर्षीय गोविन्द राई, सोही हाइड्रोपावरमा कार्यरत षडानन्द नगरपालिका–९ किमालुङका ४७ वर्षीय निमा लाक्पा शेर्पा र तुनवी कन्स्ट्रक्सन रसुवामा कार्यरत पौवादुङमा गाउँपालिका–५ सानोदुम्माका ६६ वर्षीय गोपी राई सम्पर्कविहीन हुनु भएको छ ।

भोटेकोशी बाढीपछि विभिन्न क्षेत्रमा कार्यरत उहाँहरू हालसम्म परिवार तथा आफन्तको सम्पर्कमा नआएको प्रहरीले जनाएको छ । सम्पर्कविहीन उहाँहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकको आरके फेसनमा किन आए ‘कुल बोइ’ पासरबम ठकुरी ?

दमक, १४ भदौ। चर्चित कलाकार पारसबम ठकुरी दमकमा रहेको आरके फेसन स्टोरमा देखिएपछि उहाँका प्रशंसकको भीड लागेको छ।आरके फेसन स्टोरको १५औँ वार्षिकोत्सवको अवसरमा खड्का दमक

विपद्मा सरकारसँगै छौँ, तर कमजोरीमा खबरदारी गर्छौँ : गगन थापा

काठमाडौं , भदौ १४ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भोटेकोशी बाढीपछि उत्पन्न विपद् व्यवस्थापनमा सरकारलाई पूर्ण रूपमा साथ दिने बताएका छन् । साथै, प्रमुख

शिक्षक मृत्यु, कुटपिट गरी हत्या गरिएको परिवारको आरोप

भोजपुर,१४ भदौ। भोजपुरको केपिलासगढी गाउँपालिका–७ सुङ्देलस्थित सूर्य माध्यमिक विद्यालयका शिक्षक भानुभक्त राईको कुटपिटबाट मृत्यु भएको छ। धार्मिक तथा पर्यटकीयस्थल सालपा पोखरीमा ऋषितर्पणी पूर्णिमाको अवसरमा लागेको

रसुवामा कार्यरत भोजपुरका ४ जना सम्पर्कविहीन

भोजपुर,१३ भदौ । भोटेकोशी बाढीपछि भोजपुरका चार जना सम्पर्कविहीन भएका छन् । रोजगारीका सिलसिलामा रसुवा पुगेका उनीहरू बाढीपछि परिवार तथा आफन्तको सम्पर्कमा नआएको जिल्ला प्रहरी

बाढीपीडितका लागि राहत बोकेर नुवाकोट पुगे मिराज ढुंगानासहितको टोली

काठमाडौं , भदौ १४ । जेनजी अभियन्ता मिराज ढुंगानालगायतको टोली नुवाकोटको बाढी प्रभावित क्षेत्रमा राहत लिएर पुगेको छ ।नुवाकोट दरबारमा उद्धार गरी ल्याइएका बाढीपीडितहरूको क्याम्पमा

भेनमा लुकाएर ल्याइएको ५ लाखको हुक्का फ्लेवर बरामद

झापा, भदौ १४ । अवैध सामानको ओसारपसार नियन्त्रणमा लगातार खटिदै आएको सशस्त्र प्रहरीले आज बिहान भेनसहित ५ लाखको अवैध सामान बरामद गरेको छ ।बिहान ७.१०