सप्तकोशीमा पानीको बहाव बढ्यो

२७ वटा ढोका खोलेर सतर्कता अपनाउन आग्रह

इनरुवा,२२ भदौ । पूर्वी पहाडी जिल्लामा लगातार भएको वर्षाका कारणले सप्तकोसी नदीमा पानीको बहावमा वृद्धि भएको छ ।आइतबार राति ८ ,१५ बजे गरिएको मापन अनुसार कोशी ब्यारेज भएर दुई लाख २० हजार क्युसेक प्रतिसेकेन्ड पानीको बहाव भइरहेको सुनसरीका प्रहरी नायव उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिनु भयो ।

 

पानीको बहाव बढेपछि कोशी ब्यारेजको मूल ५२ वटा र ४ वटा नहरको गरेर ५६ वटा ढोका मध्यै २७ वटा ढोका खुल्ला गरिएको प्रहरी नायव उपरीक्षक खड्काले बताउनु  भयो  ।पानीको बहाव बढेसँगै कोशी ब्यारेजमा खतराको सङ्केत स्वरूप रातो बत्ती बालिएको र रातो झन्डा फहराइएको छ ।सप्तकोशीमा पानीको बहाव बढ्दै गएपछि कोशी नदी आसपासका बासिन्दालाई सतर्क रहन प्रहरीले आग्रह गरेको छ । नदीको पानीको सतह तथा बहावको अवस्थाबारे निरन्तर निगरानी भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । प्रहरीले कोशी नदी आसपासका जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सावधानी अपनाउनका लागि आग्रह गरिएको प्रहरीले कोशी नदी आसपासका जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सावधानी अपनाउनका लागि आग्रह गरिएको उहाँले बताँउनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

आजको मौसम: कहाँ कहाँ पर्दैछ पानी ?

काठमाडौ |९ असोज | हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीको बलियो न्यून चापीय क्षेत्र भारतको उत्तर आन्ध्र

प्रधानमन्त्री बालेनले विस्वलाई दिएको सन्देश कति ससक्त?

आकस्मिक प्रतिक्रियाबाट तयारीको संस्कृतितर्फ जानुपर्ने, उत्थानशीलतामा लगानी गर्ने, बीमा र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने, बलियो पूर्वाधार तथा संस्थाहरू निर्माण गर्ने, जीवाश्म इन्धनमा निर्भरता घटाउने र पूर्वसूचना तथा जीवनरक्षा प्रणाली बलियो बनाउनुपर्ने

गुटेरेससँग प्रधानमन्त्री शाहको भेट, भोटेकोशी विपद् र जलवायु संकटमा सहकार्यको प्रतिबद्धता

जलवायु परिवर्तनका कारण नेपालजस्ता हिमाली मुलुकले भोगिरहेका चुनौतीप्रति संयुक्त राष्ट्रसंघ नेपालसँग ऐक्यबद्ध