कालिका लघुवित्तको १२ हजार कित्ता बढी संस्थापक सेयर बिक्रीमा

काठमाडौं , असोज ४। कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले १२ हजार १८४ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले संस्थापक सेयरधनीको नाममा रहेको उक्त सेयर बिक्री गर्न लागेको हो ।संस्थाले यसअघि विद्यमान संस्थापक सेयरधनीका लागि ३५ दिने सूचना जारी गर्दै सेयर खरिदका लागि आवेदन माग गरेको थियो । तोकिएको अवधिमा विद्यमान संस्थापक सेयरधनीबाट कुनै पनि लिखित आवेदन नपरेपछि संस्थाले उक्त सेयर अन्य व्यक्ति तथा कम्पनीले समेत खरिद गर्न सक्ने गरी बिक्रीमा राखेको हो ।

अब संस्थापक सेयर खरिद गर्न इच्छुक व्यक्ति तथा कम्पनीले आवेदन दिन सक्नेछन् । सेयर खरिदका लागि इच्छुक लगानीकर्ताले पोखरास्थित संस्थाको केन्द्रीय कार्यालयमा आवश्यक कागजातसहित लिखित आवेदन पेश गर्नुपर्नेछ ।आवेदन सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र संस्थाको केन्द्रीय कार्यालयमा बुझाइसक्नुपर्नेछ । संस्थाले तोकेको प्रक्रियाअनुसार प्राप्त आवेदनका आधारमा संस्थापक सेयर बिक्री गरिनेछ ।संस्थापक सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आवेदनसँगै आवश्यक विवरण तथा कागजात पेश गर्नुपर्नेछ । यसअघि संस्थापक सेयरधनीलाई प्राथमिकता दिँदै बिक्री प्रक्रिया अघि बढाइए पनि आवेदन नपरेपछि सर्वसाधारण व्यक्ति तथा कम्पनीका लागि बिक्री खुला गरिएको हो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

भारतमा बन्धक बनाइएका तीन नेपालीको उद्धार

काठमाडौं । भारतको हरियाणा राज्य, कमलस्थित बजरंग बली राइस मिलमा बन्धक बनाइएका तीन जना नेपाली मजदूरको उद्धार गरिएको छ । भारतस्थित नेपाली दूताबासको समन्वय, ‘किन

पत्रकार किशोर श्रेष्ठलाई साइबर ब्यूरो बोलाइयो

काठमाडौं,३१ असोज । पत्रकार किशोर श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्यूरोले बोलाएको छ । कलाकार हिमेश पन्तले श्रेष्ठविरुद्ध जाहेरी दिएपछि साइबर ब्यूरोबोलाइएको हो । रास्वपा नेता

चाडपर्वभन्दा काम र पर्यटकको सेवा प्राथमिकतामा

काठमाडौं ,३१ असोज। हिन्दुहरुको महान पर्व दशैँलाई परिवारसँग समय बिताउने, मिठो खाने, नयाँ लुगा लगाउने आफन्त भेट्ने र रमाइलो गर्ने अवसरका रुपमा पनि लिइन्छ ।

फूलपातीमा दक्षिणकाली मन्दिरमा भक्तजनको घुइँचो

काठमाडौँ,३१ असोज । नेपालीहरूको महान् चाड बडादशैंको फूलपातीका अवसरमा आज दक्षिणकाली मन्दिरमा दर्शन तथा पूजाआजा गर्न आउने भक्तजनहरूको भीड लागेको छ। बिहानैदेखि मन्दिरमा भक्तजनहरूको उल्लेख्य

दशैँ अवधिभर देशभरको मौसम मुख्यतया सफा रहने

काठमाडौं,३१ असोज । यस वर्षको दशैँ अवधिमा देशभरको मौसम मुख्यतया सफा रहने देखिएको छ । नेपालबाट मनसुन बहिर्गमन भइसकेकाले पश्चिमी वायुको आंशिक प्रभाव मात्र रहने

भुटनदेवी मन्दिरमा सलामी सहित भित्र्याइयो फूलपाती

मकवानपुर ,३१ असोज । हेटौँडा उपमहानगरपालिका–१० स्थित भुटनदेवी मन्दिरमा सांस्कृतिक बाजागाजा र सलामीसहित फूलपाती भित्र्याइएको छ ।नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीय